• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

आशावादी हुन गुटेरेसको आग्रह

महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भरतपुरमा क्यान्सरका बिरामीलाई पालो कुर्ननपर्ने बनाइने


  •   बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
  • भरतपुर । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीलाई पालो कुर्ननपर्ने बनाइने दाबी गरिएको छ ।

    Advertisement

    अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा आउने बिरामीलाई पालो कुर्नुपर्ने समस्याको अन्त्य हुने गरी काम गर्ने बताउनुभएको हो ।

    सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अस्पतालमा विभिन्न सेवा लिँदा महिनौँ पालो कुर्नुपर्ने गुनासोको अन्त्य हुने बताउनुभयो ।

    रेडियो थेरापी (सेकाइ) गराउनुपर्दा पाँच महिनासम्म पालो कुर्नुपरेको गुनासो आउने गरेका छन् ।

    पौडेलले भन्नुभयो– ‘अहिले दुई हप्ताभन्दा बढी रेडियोथेरापीमा पालो छैन । कतैबाट गलत सूचना गएर पाँच महिना लाग्छ भन्ने छ भने मलाई भेट्नु होस् म यसलाई न्यूनीकरण गर्ने छु ।’

    अहिले कुर्नुपरेको पालोको समय अन्त्य गरेर आजको आजै सेवा दिने गरी काम गर्ने बताउनुभयो ।

    अस्पतालमा सिटी, एमआरआइलगायतको सेवामा केही जनशक्ति अभावका कारण ढिलाइ हुने गरेको भन्दै उहाँले छिट्टै जनशक्तिको व्यवस्थापन गरेर पालो कुर्नुनपर्ने बनाइने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘आएकै दिन सिटिस्क्यान गरेर भोलि पल्ट रिपोर्ट दिने बनाउनका लागि अगाडि बढेको छु ।’

    बिरामी अस्पतालमा छिर्दै गर्दा गेटैबाट सुधार गर्नुपर्छ भनेर बडापत्र, बिरामीलाई सूचना दिन सूचनापाटी, बिरामीका गुनासा सुन्न छओटा सुझावपेटिका व्यवस्था गरिसकेको उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘सुझावपेटिकामा अघिल्लो दिन परेका गुनासा भोलिपल्ट नै खोलेर हेर्ने र त्यहाँ के गुनासा छन् ? तत्काल समाधान गर्ने बाटोतर्फ हामी अघि बढेका छौँ ।’

    विगत चार महिनामा अस्पतालमा नेतृत्व खाली रहँदै गर्दा विधिवत् रूपमा दैनिक क्रियाकलापमा केही अप्ठेरो परेको भन्दै उहाँले नेतृत्व चयन भएसँगै औषधि, उपकरणलगायतका बोलपत्र आह्वान गरेर काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

    क्यान्सर अस्पताललाई सुधार गर्नकै लागि आफू नेतृत्वमा आएको भन्दै उहाँले भन्नुभयो– ‘सुरुमा म क्यान्सर अस्पताललाई अपडेट गर्छु, स्वास्थ्यसेवाका पाटालाई विशेष ग्राह्यता दिएर भएका न्यूनतम गुणस्तर पूर्ण भइसकेपछि अस्पताललाई स्तरोन्नति गर्नेतर्फ म लाग्ने छु ।’

    क्यान्सर अस्पताल र क्यान्सरको राष्ट्रिय रेफरल सेन्टर भएर पनि बोनम्यारो ट्रान्सप्लान्ट (प्रत्यारोपण) को सेवा यहाँ नभएको भन्दै कार्यकारी निर्देशक डा पौडेलले भन्नुभयो– ‘हामीले डेढदुई वर्षभित्र यो अस्पतालमा बोनम्यारो प्रत्यारोपण हुने गरी काम गर्छाैं ।’
    पेटस्क्यान मेसिन खरिदको प्रक्रिया यसै वर्ष हुने उहाँको भनाइ छ ।

    उहाँले थप्नुभयो– ‘यहाँ आएका बिरामीको उपचार सहज, सुलभ हुनुपर्छ, अस्पतालभित्रै हुनुपर्छ भन्ने नै मेरो उद्देश्य हो ।’

    आफू निजी अस्पतालमा काम नगर्ने भएकाले अधिकांश समय अस्पतालको विकासमा जुट्ने उहाँले बताउनुभयो ।

    चार महिनापछि अस्पतालले कार्यकारी निर्देशक पाएको हो । लामो समय कार्यकारी पद खाली हुँदा अस्पतालका सेवा प्रभावित भएका थिए । (रासस)

    बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी
    आशावादी हुन गुटेरेसको आग्रह
    महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक
    विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
    ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति
    सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    • २.
      इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

    • ३.
      आशावादी हुन गुटेरेसको आग्रह

    • ४.
      महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक

    • ५.
      विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख

    • ६.
      ट्रम्प–सी भेटका लागि अमेरिका जाँदै चिनियाँ राष्ट्रपति

    • ७.
      सभामुख अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेट

    • ८.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.