• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

समाजवादको प्रयोगमा हाम्रो असफलता


  •   शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    रुस, चिनसहितका देशहरूमा समाजवादको असफलताबारे सबैलाई थाहा छ । त्यो असफलताको कारण के हो ? त्यसबारे विभिन्न कोणबाट व्याख्या वा विश्लेषण हुने गरेका छन् । त्यो एउटा विश्वव्यापी विषय हो तर यसबारे कमैको ध्यान गएको पाइन्छ कि समाजवादका हामा प्रयोगहरू पनि बारम्बार असफल हुने गरेका छन् । आकार र प्रकारका दृष्टिकोणले ती दुवैका बिचमा अर्थात् विश्वव्यापी समाजवाद व्यवस्था र हाम्रो समाजवादको प्रयोग आकाशपातालको भिन्नता भए पनि गहिराइमा गएर विश्लेषण गर्ने हो भने ती दुवै प्रकारका प्रयोगहरूको मूलमा एउटै प्रवृत्तिले काम गरेको पाइन्छ । त्यो कारण के हो ? यो लेखमा त्यसबारे केही प्रकाश हाल्ने प्रयत्न गरिने छ ।

    Advertisement

    विश्व समाजवादी व्यवस्थामा पतनको मूलभूत कारण यो हो कि समाजिक सम्पत्तिलाई व्यक्तिगत सम्पत्ति बनाउने प्रयत्न गरियो । सोभियत सङ्घको उदाहरण हाम्रा अगाडि छ ।

    सामाजिक स्वामित्वमा भएका उद्योग र कृषिसहित सबै सामाजिक सम्पत्तिलाई व्यक्तिगत गराउने कार्य व्यापक रूपमा गरियो । प्रारम्भमा सानातिना भ्रष्टाचारको रूपमा त्यस प्रकारका प्रवृत्ति देखा पर्दै गए । पछि वैधानिक रूपले नै सामाजिक स्वामित्वमा भएका उत्पादनका साधनलाई व्यक्तिगत स्वामित्वमा लैजाने काम गरियो । त्यही क्रममा सोभियत सङ्घमा समाजवादको पतन भयो र पुँजीवादको पुनस्र्थापना भयो ।

    सोभियत सङ्घको जस्तो स्थिति उत्पन्न हुन नदिनका लागि चीनमा माओको नेतृत्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गरियो तर त्यसले पनि साम्यवादको पतन र पुँजीवादको पुनस्र्थापनालाई रोक्न सकेन । रुस, चीन वा जुन देशमा पनि समाजवादको पतन भयो, त्यहाँ मुसो वा धमिराले जस्तै व्यक्तिवादी प्रकृतिले सामाजिक सम्पत्तिलाई काट्दै गएपछि नै समाजवादको पतन हुन्छ ।

    हाम्रो समाजवादको प्रयोगमा पनि सामाजिक सम्पत्ति र व्यक्तिगत स्वार्थको बिचमा हुने अन्तरविरोधले गम्भीर रूपमा काम गरेको हुन्छ । समाजवादी देशहरूमा सामाजिक सम्पत्ति मुसो वा धमिराले काटे जस्तो हाम्रा समाजवादी प्रयोगमा पनि त्यही प्रकारको प्रकृतिले एक वा अर्काे प्रकारले काम गरेको हुन्छ । हामीले जुन कुरालाई हाम्रो समाजवादको प्रयोग भनेर व्याख्या गरिरहेका छौँ, त्यसलाई समाजावादको नै संज्ञा दिनु कहाँसम्म उचित हुने छ ? त्यो कुरा निश्चित रूपले भन्न मुस्किल पर्दछ । त्यही पनि सार रूपमा हामीले जुन कुरालाई समाजवादको प्रयोग भनिरहेका छौँ, प्रकारान्तरले त्यसको अर्थ समाजवाद नै हुन्छ किनभने त्यसको मूल सामाजिक सम्पत्ति र व्यक्तिगत स्वार्थका बिचको अन्तरसङ्घर्षले नै काम गरेको हुन्छ ।

    हामीले केही उदाहरणद्वारा त्यो कुरामाथि प्रकाश हाल्ने प्रयत्न गर्ने छौँ ।

    हाम्रो पार्टीले पार्टीको आर्थिक उपार्जनका लागि गत कालमाकैयौँ योजना बनाएर काम गरेको थियो । त्यस सिलसिलामा पार्टीले बाख्रापालन, भैँसीका पाडिपालन, पुस्तक पसल सञ्चालन, प्रेस सञ्चालन, दालमोठ उद्योगको सञ्चालन, सहकारीको सञ्चालन, पुस्तक/पत्रिका प्रकाशन आदि कैयौँ कार्यक्रम बनाएर काम गरेका थियौँ तर बिनाअपवाद हाम्रा ती सबै योजना असफल भए ।

    यहाँ उल्लेखनीय छ कि हाम्रा आर्थिक योजनाहरू पार्टीको तर्फबाट सञ्चालन हुँदासम्म असफल हुन्थे तर हामी ती आर्थिक कार्यक्रमलाई सञ्चालन गर्न असफल भएपछि व्यक्तिलाई दिएपछि सफल हुन्थे । त्यस प्रकारको दर्जनौँ उदाहरण छन् । यहाँ यो पनि उल्लेखनीय छ कि जुन व्यक्तिले पार्टीको तर्फबाट कुनै आर्थिक कारोबार सञ्चालन गर्दा त्यो आर्थिक कार्य घाटामा जान्थ्यो तर उही व्यक्तिद्वारा त्यही कारोबारलाई व्यक्तिगत जिम्मामा सञ्चालन गर्दा नाफामा जान्थ्यो । यो अत्यन्त गम्भीर प्रश्न हो ।

    खालि हामीले सञ्चालन गरेका आर्थिक कार्य मात्र होइन, सरकारद्वारा सञ्चालित सार्वजनिक उद्योगबारे पनि त्यही कुरा सत्य हो । नेपालमा सरकारद्वारा सञ्चालित सबै उद्योग घाटामा गए । त्यही प्रकारले शिक्षण र स्वास्थ्यका क्षेत्रमा पनि त्यस्तै नै हुँदै आएको छ । सरकारी अस्पताल वा शिक्षण संस्थाको तुलनामा निजी स्वामित्वमा सञ्चालित शिक्षण संस्था वा स्वास्थ्य संस्थाहरू बढी सफल भएका देखिन्छन् । त्यसका लागि सरकारलाई दोष दिएर मात्र पुग्दैन, स्वयम् पार्टीद्वारा सञ्चालित विभिन्न आर्थिक कारोबारको असफलताले पनि हाम्रो कार्यप्रणाली सरकारको भन्दा राम्रो नभएको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसका पछाडि मूल रूपमा समाजको स्वभावभन्दा व्यक्तिगत लाभलाई माथि राख्ने सोचाइले नै काम गरेको कुरा प्रष्ट छ ।

    हाम्रो पार्टीबाहेक देशका अन्य कतिपय कम्युनिस्ट वा वामपन्थी शक्तिहरूको कार्यप्रणालीमाथि पनि विचार गर्‍यौँ भने पार्टीका सिद्धान्त, आदर्श वा पार्टीको लाभ हुने कार्यहरूको तुलनामा व्यक्तिगत लाभ वा स्वार्थलाई कति माथि राख्ने गरिन्छ ? त्यो कुरा दिनको उज्यालो झैँ छर्लङ्ग हुने छ ।

    कम्युनिस्ट नामबाट सत्तामा पुगेका वा जनप्रतिनिधि भएका कैयौँ व्यक्तिले भ्रष्टाचार गरेका भ्रष्टाचार र ठुलो पैमानामा सम्पत्ति जम्मा गरेका कैयौँ उदाहरण सार्वजनिक हुने गरेका छन् । माओवादीको सशस्त्र द्वन्द्वको कालमा सार्वजनिक सम्पत्ति कब्जा गरेपछि ठुलो पैमानामा व्यक्तिहरूले सम्पत्ति आर्जन गरेका थुप्रै उदाहरण पाइन्छन् ।

    हाम्रो पार्टीमा नै पार्टीको सम्पत्ति, जग्गा, अखवार आदिमा व्यक्तिगत कब्जा जमाउनका लागि पार्टीबाट फुटेर गएका कैयौँ उहाहरण पनि हाम्राअगाडि छन् । निश्चय नै त्यस प्रकारका उदाहरणको बिचमा इमानदारीपूर्वक पार्टीको आर्थिक सम्पत्तिको रक्षा गर्ने उदाहरणको पनि कमी छैन ।

    माथि उल्लेख गरिएका केही उदाहरणबाट विश्वव्यापी समाजवादी व्यवस्थाको पतन र हाम्रो समाजवादको प्रयोगमा पनि मूल रूपमा एउटै प्रवृतिले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यो मूल प्रवृति हो : सामाजिक हितभन्दा व्यक्तिगत स्वार्थलाई माथि राख्ने प्रवृत्ति ।

    आम जनतामा त्यस प्रकारका कमजोरी देखा पर्नुलाई सामान्य कुरा नै मान्न सकिन्छ तर समाजसेवाको उद्देश्य लिएर काम गरिरहेका मानिसमा त्यस प्रकारका कमजोरी देखा पर्नुलाई सामान्य रूपमा लिनु सही हुने छैन । प्रतिकृयावादी वा बुर्जुवा पार्टीमा त्यस प्रकारको प्रकृतिलाई सामान्य रूपमा नै लिइन्छ । त्यति मात्र होइन, कसैले सामाजिक हितमाथि बढीभन्दा बढी कुठाराघात गरेर व्यक्तिगत सम्पत्ति आर्जन गर्दछ भने पनि त्यो उसका लागि गौरवको कुरा र सामाजिक प्रतिष्ठाको विषय पनि बन्दछ तर कुनै पनि कम्युनिस्टका लागि त्यो नैतिक पतनको नै विषय बन्न जान्छ ।

    यो वास्तविकतालाई पनि अस्वीकार गर्न सकिन्न कि अहिले विश्वस्तरमा नै कम्युनिस्ट आदर्शको धेरै नै पतन भएको अवस्थामा त्यस प्रकारका प्रवृत्ति पनि सामान्य जस्तै बन्दै गइरहेका छन् । सोभियत सङ्घमा सामूहिक फार्म र उद्योगधन्दामाथि कब्जा गरेर ठुलो पैमानामा व्यक्तिगत सम्पत्ति आर्जन गर्ने व्यक्तिहरू सरकारका उच्च पदमा पुगेका छन् र समाजमा उनीहरूलाई ठुलो प्रतिष्ठा पनि मिल्ने गरेको छ । त्यो स्थिति वास्तवमा कम्युनिस्ट आदर्शमा भएको ह्रासको नै परिणाम हो । त्यसले गर्दाखेरि नै आज विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर हुन पुगेको छ । त्यो स्थितिमा सैद्धान्तिक वा सांस्कृतिक रूपान्तरण नल्याइकन कम्युनिस्ट आन्दोलनमा उत्थान सम्भव छैन ।

    आज विश्वव्यापी रूपमा कम्युनिस्ट आन्दोलनका आदर्शमा जुन ह्रास आएको छ, त्यसबाट हाम्रो पार्टी पनि अछुत छैन । हाम्रो पार्टीले सञ्चालन गरेका केयौँ आर्थिक कार्यक्रम असफल हुनु, पार्टी अनुशासन र सक्रियतामा कमी आउनु, आर्थिक लाभका लागि पार्टीको सम्पत्तिमा कब्जा जमाउनु वा त्यसको लागि पार्टी छोडेर जानु आदि जस्ता प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा परेका कुप्रभावका नै परिणाम हुन् । उच्च माक्र्सवादी–लेनिनवादी सैद्धान्तिक र सांस्कृतिक रूपान्तरणको आधारमा नै यो स्थितिमाथि नियन्त्रण वा सुधार गर्न सकिन्छ र गर्नु पनि पर्दछ ।

    माक्र्सले लेखेका छन् : कम्युनिस्टहरू भविष्यको साम्यवादी समाजको नागरिक हुन् र हुनुपर्दछ ।

    अहिले हामी वर्तमान समाजमा बसेका हुन्छौँ र त्यसैले हामी अहिलेको समाजका नागरिक हुन्छौँ तर भौतिक रूपले त्यो कुरा सत्य भए पनि सैद्धान्तिक रूपले भावी साम्यवादी समाजका नागरिक नै हुनुपर्दछ । त्यसो भएमा नै हामी सच्चा कम्युनिस्ट हुन सक्दछौँ तर व्यवहारमा त्यस्तो कम हुने गर्दछ । वर्तमान समाजको हामीमाथि पर्ने असरका कारणले हामी भावी साम्यवादी समाजको भन्दा वर्तमान समाजका नागरिक नै बढी बन्न पुग्दछौँ । त्यसको विस्तृत व्याख्या गर्नपट्टि नलागिकन त्यसबारे संक्षिप्तमा यति मात्र भन्नु पर्याप्त हुने छ : त्यो कारणले गर्दा नै विश्व समाजवादी व्यवस्थाको पतन भयो र हाम्रा समाजवादको प्रयोगका कैयौँ कार्यक्रम असफल हुने गरेका छन् ।

    त्यो अवस्थामा परिवर्तन ल्याउनका लागि हामीले माक्र्सले भने झैँ भावी साम्यवादी समाजका नागरिक बन्ने प्रयत्न गर्नुपर्दछ । त्यो कार्य उक्त सैद्धान्तिक र सांस्कृतिक रूपान्तरणबाट नै सम्भव हुने छ ।

    शुक्रबार, भदौ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    राज्यसत्ता
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.