• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

सुनसरी घटनाको सन्दर्भमा

"सम्पादकीय "

  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • आइतबार राति सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाको ३ नम्बर वडा कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायमाझ विवाद भयो । करिब एक महिनाअघि मुस्लिम समुदायको मोहर्रम पर्व मनाउन स्थानीय प्रशासनले स्थल उपलब्ध गराएकोमा त्यहाँ धार्मिक पताका राखिएको थियो । पर्व सकिए पनि उक्त पताका नहटाइएपछि प्रशासनले सचेत गरायो । तबसम्म हिन्दु समुदायको बोलबमको पताका लगाउने समय आइसकेको थियो । आइतबार राति करिब ९ बजेतिर बोलबम पक्षले डिजे बजाउन थालेको भनेर विवाद भयो । ठिक यही बेला बिजुली जान्छ । करिब दुई घण्टापछि बिजुली नआउँदासम्म कप्तानगञ्ज अस्तव्यस्त भइसकेको थियो । यसबिच त्यहाँ दुई समूहमाझ झडप भयो । दुवै पक्ष निःशस्त्र थिए । विवाद बढ्दै गएपछि प्रहरी आयो । प्रहरीले हवाई फायर खोलेको दाबी गरेको छ तर गोलीबाट १० जनालाई कम्मरमुनि गोली लागेको छ । त्यसमध्ये २४ वर्षीय युवक ओमप्रकाश मेहताको मृत्यु भइसकेको छ । घटनामा नौ जना सर्वसाधारण, दश जना प्रहरी र पाँच जना सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।

    Advertisement

    घटनाले सुनसरीको सामाजिक सद्भाव बिथोलिन पुग्यो । ठाउँठाउँमा तोडफोड, आगजनी, झड्प हुन थाले । घटनाको दुष्प्रभाव सुनसरीमा मात्र सीमित रहेन, मोरङको विराटनगर, सिराहाको लहान, सप्तरीको राजविराजसम्म फैलियो । फलस्वरूप सुनसरीसहित विभिन्न स्थानमा कफ्र्यु लगाइयो । यो स्थितिबाट प्रशासन पनि प्रभावित भयो । गृहमन्त्रालयले सुनसरीको सामान्य प्रशासन र सुरक्षा संयन्त्रका उच्चपदस्थलाई सरुवा गर्‍यो । त्यससँगै गृहमन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइयो । सो समितिलाई सुनसरी घटनाको छानबिन गरी रिपोर्ट बुझाउनका लागि एक हप्ताको समय दिइएको छ ।

    नेपालको इतिहासमा साम्प्रदायिक सद्भाव खासै खलबलिने गरेको छैन । पक्कै पनि यसको अर्थ यहाँ सामाजिक समस्या छैन भन्ने होइन । विभिन्न समस्याका बाबजुद आफ्‌ना समस्यालाई हिंसात्मक रूप नदिनु नेपाली समाजको विशिष्टता हो तर पछिल्लो समयमा खासगरी तराई मधेसमा हिन्दुमुस्लिम सद्भावमा समस्या देखा पर्न थालेको छ । गत कालमा मध्यपूर्वका तराईका जिल्लामा यस खालका समस्या देखिएका छन् । यस्ता समस्यामा दक्षिणबाट घुसपैठको प्रयास पनि भएका छन् । त्यसका बाबजुद नेपाली समाजले अहिलेसम्म यस्ता खालका असामाजिक प्रवृत्तिलाई प्रश्रय दिने गरेको छैन । प्रशस्त सामाजिक विविधता र कैयौँ जटिल समस्याका बाबजुद नेपाली समाजले यस खालको सामाजिक सहिष्णुता वा सद्भाव कायमै राखेको छ । यस्तो सामाजिक पुँजीलाई सुरक्षित राख्नु हामी सबैको दायित्व हो ।

    सुनसरी घटनाको प्रभाव अन्य जिल्लामा फैलिनु चिन्ताको विषय हो । यसबाट सिङ्गो देशको सामु सुरक्षा चुनौती उत्पन्न हुनेछ र सामाजिक सद्भाव पनि बिथोलिनेछ । यसप्रति प्रशासनको ध्यान जानुपर्दछ । उक्त घटनामा बिजुली जानुलाई पनि शङ्काको नजरले हेरिएको छ । पक्कै पनि छानबिन समितिले यसबारे आफ्‌नो धारणा सार्वजनिक गर्ने नै छ । त्यस्तै प्रहरीले अहिलेसम्म हवाई फायर खोलेको बताएको छ, जबकि दश जनालाई गोली लागेको छ र त्यस क्रममा एक जनाको मृत्युसमेत भएको छ । हवाई फायरबाट मानिसको ज्यान कसरी जान सक्छ ? यी विषय अनुत्तरित छन् । प्रशासनले यसको गम्भीर र निष्पक्ष छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्दछ ।

    सुनसरी घटनाबारे सरकार र स्थानीय प्रशासन गम्भीर बन्नुपर्दछ । नेपालको संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ । त्यस आधारमा धार्मिक सद्भाव कायम गर्नु प्रशासनको कर्तव्य हो । यस्ता घटनामा सम्बन्धित क्षेत्रको प्रशासनले उच्च सतर्कतासँगै बलप्रयोगको सट्टा समस्याको संयमित समाधानमा ध्यान दिनुपर्दछ । पछिल्लो समयमा सामाजिक सद्भाव बिथोल्ने योजनाबद्ध प्रयास भइरहेको तथ्यतर्फ ध्यान दिँदै सरकार र प्रशासनले यस्ता विषयप्रति आफूलाई गम्भीर बनाउनुपर्दछ ।

    युगदर्शन साप्ताहिक, वर्ष १७, अङ्क ४२, २०८३ साउन १३ गते प्रकाशित

    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजेन्द्र महतो नेतृत्वको पार्टीमा फुट
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला, उपत्यका बाहिर ईभीलाई प्राथमिकता
    सर्वदलीय बैठकले एक साताभित्र विशेष समिति बनाउने
    बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड
    नेपाली राजनीति र नियति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.