शङ्करप्रसाद पोख्रेल, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय जनमोर्चाको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
२०८० साउन २९ गते सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समसामयिक विषय र तत्कालीन राजनीतिको बारेमा कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले तथा माक्र्सवाद–लेनिनवाद र सङ्गठनात्मक पद्धतिको बारेमा अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेलले प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य रुकबहादुर पराजुली, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्त, राजमो तिलोत्तमाका सल्लाहकार शिवराम घिमिरे र अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला सचिव नगेन्द्रराज श्रीनेतलगायतको आतिथ्य रहेको थियो ।
राजमो तिलोत्तमा नगर समितिका अध्यक्ष हर्कबहादुर टन्डनको अध्यक्षता तथा राजमो सचिव कविराज गिरीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा जिल्ला कोषाध्यक्ष मिनु थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।