आमाको कोख र काखको माया
कहाँ पाउन सकिन्छ ?
सन्तानको माया आमाबाट
थाहा पाउन सकिन्छ,
आमा तिमी महान छौ
सृष्टिको देउता हौ ।
Advertisement
सृष्टि दियौ, जीवन दियौ
आधा प्राण त्यागी जन्म दियौ
आमा तिमी महान छौ
आमा तिमी महान हौ ।
चिसो हुँदा तातो बनायौ
आफू भोकै हुँदा पनि
मलाई खुवायौ ।
घाम हुँदा छायाँ दियौ
पीडा सबै आफैँ लिई
सुख मलाई दियौ,
आमा मेरो देउता हौ
संसारमा एउटा छौ ।
औँला समाई हिँड्न सिकायौ
जन्म दिई आमा तिमिले
संसार चिनायौ,
जति पीडा हुँदा पनि
मलाई हँसायौ ।
मेरो सानो मुस्कान भित्र
तिमी रमायौ,
आमा तिमी प्रकाश हौ
कालो रातको जुन हौ ।
नवीन बस्याल, प्यूठान
(हाल जापान)

