भिमसेन वन, बागलुङ ।
राष्ट्रिय जनमोर्चा, बागलुङले सञ्चालन गरेको विशेष संगठनात्मक अभियान जिल्लाव्यापी रुपमा जारी छ । १० टोली निर्माण गरेर फागुन महिना भरि सञ्चालन भइरहेको अभियान अन्तर्गत जिल्लाको हुग्दीशिर, बाटाकाचौर, अर्जेवा, दर्लिङ र घोसामा विभिन्न कार्यक्रम गरिएको छ ।
अभियानका क्रममा टोली नं १ ले बरेङ गाउँपालिका वडा नं २, हुग्दीसिर र बाटाकाचौरमा वडा स्तरीय प्रशिक्षण भेला, पर्चा तथा सदस्यता बितरण कार्यक्रम सम्पन्न गरेको छ । अभियानमा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा, बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवरले देशको मुख्य समस्या राजनीतिमा रहेको विषय उल्लेख गर्दै समृद्ध राष्ट्र निर्माणमा पहिले राजनितिक पार्टीको नीति सही हुन पर्ने बताउनु भयो । अव देशको सही राजनीतिक नेतृत्व राष्ट्रिय जनमोर्चाले गर्ने दावी गर्दै जनतालाई आफ्नो पार्टीमा लाग्न आव्हान गर्नु भयो ।
कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष तथा राष्ट्रिय जनमोर्चा, बागलुङका सचिवालय सदस्य कृष्ण प्रसाद शर्मा, बरेङ गाउँपालिका उपाध्यक्ष तथा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य दिल कुमारी पुन, राष्ट्रिय जनमोर्चा, जिल्ला सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अमृत केसी, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार टिकाराम शर्मा, जनप्रतिनिधी पृथ्वी बहादुर पुन लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता विष्णु बहादुर पुन, सञ्चालन शेर बहादुर पुन र स्वागत दिपा सुनारले गर्नु भएको थियो ।
हुग्दीसिरको साविक वडा नं. १ मा भएको भेलाले विष्णु विकको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन गरेको छ । जसको उपाध्यक्ष गंगाराम विक, सचिव सुनिता विक, कोषाध्यक्ष उजेली सुनार र सदस्यहरु हरिकला दर्जी, कर्ण बहादुर दर्जी, मनु विक, लाल बहादुर दर्जी, धनमाया विक रहनु भएको छ ।
टोली नं २ ले जैमिनी नगरपालिका वडा नं ६ अर्जेवामा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेको छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष केबि थापा, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होम बहादुर पुन, लगायतका टोलीले अभियान अगाडि बढाएको छ ।
टोली नं. ७ ले बडिगाड गाउँपालिका वडा नं १० को दर्लिङ र वडा नं ९ को खहरेमा जनभेटघाट तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बडिगाड वडा नं १ का अध्यक्ष बोम बहादुर थापा, राष्ट्रिय जनमोर्चा, बडिगाड गाउँ समितिका सचिव इश्वरमान विकको विशेष उपस्थिति रहेको थियो ।
साथै टोली नं ८ ले ढोरपाटन नगरपालिका वडा नं ३ को घोसामा प्रशिक्षण भेला, जनभेटघाट तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल, जातीय समता समाज, बागलुङका अध्यक्ष नर बहादुर सुनार, राष्ट्रिय जनमोर्चा वडा समितिका अध्यक्ष हिरा बहादुर खत्रीको विशेष उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस्ः
जेलबाट छुट्दा फूलमाला लगाउने प्रवृतिले भ्रष्टाचारीको मनोवल बढ्योः ढुंगाना
बागलुङमा यसरी चल्दैछ संगठनात्मक अभियान
जनताको चेतनामा परिवर्तन नभएसम्म जीवनस्तर सुधार हुँदैनः सांसद शाही
‘जनतालाई करको भारी, ढुकुटीमा भ्रष्टाचारीको बिगबिगी’
बागलुङमा सदस्यता वितरणसँगै संगठन निर्माण र प्रशिक्षण तिब्र