• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जेलबाट छुट्दा फूलमाला लगाउने प्रवृतिले भ्रष्टाचारीको मनोवल बढ्योः ढुंगाना


  •   शनिबार, फागुन १७, २०७६ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला समन्वय समितिका अध्यक्ष राजेन्द्र ढुंगानाले भ्रष्टाचारीलाई जेलबाट छुट्दा राजनीतिक दलहरुले फूलमालाले स्वागत गर्ने प्रवृतिका कारण उनीहरुको मनोबल बढेको बताउनुभएको छ ।

    Advertisement

    राजमोले सञ्चालन गरिरहेको विशेष संगठनात्मक अभियान अन्तर्गत बागलुङको टोली नं ४ ले काठेखोला गाउँपालिका–३ धम्जामाआयोजना गरेको वडा स्तरीय प्रशिक्षण भेला कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य ढुंगानाले सत्तासिन दलहरुको गलत नीति तथा सम्झौतापरस्त प्रवृतिका कारण भ्रष्टाचार झन् बढ्दै गइरहेको बताउनुभयो ।

    संघीयताका कारण मुलुक असफल राष्ट्र बन्दै गएको ढुंगानाले बताउनुभयो । संविधान संशोधनको प्रसंगमा बोल्दै उहाँले कुनै एक व्यक्तिलाई सत्तामा लैजानका लागि संविधान संशोधन गर्न सक्ने सरकारले राष्ट्रघाती सन्धी सम्झौतालाई संशोधन गर्ने हिम्मत किन गर्न सकेन? भनि प्रश्न पनि गर्नुभयो । सरकार विदेशी शक्ति केन्द्रको ईसारामा चलेको ठोकुवा गर्दै राष्ट्रियता र जनजिविकाको पक्षमा राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको अभियानलाई सफल पार्न ढुंगानाले आह्वान गर्नु भयो ।

    १० टोलीद्वारन जिल्लाव्यापी अभियान जारी
    राष्ट्रिय जनमोर्चा बागलुङले १० टोली निर्माण गरेर फागुन महिना भरि सञ्चालन गरेको बिशेष संगठनात्मक अभियान जिल्लाव्यापी जारी छ । सोही क्रममा धम्जा, हुग्दीसिर, अर्जेवा, हरिचौर, दर्लिङ, घोसा र खाडुमा कार्यक्रम गरेको छ ।

    टोली नं ४ ले धम्जामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा अध्यक्ष ढुंगानाले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको हो ।

    यस्तै, अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य तिलक थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार तथा काठेखोला गाउँपालिकाका उपाध्यक्ष अर्जुन खत्री, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा काठेखोला गाउँ समितिका अध्यक्ष लक्ष्मण पुन लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा धम्जा ५ का पूर्व वडा अध्यक्ष उजिर बहादुर छन्त्याल, वडा समितिका सदस्य लाल बहादुर थापा, वडा समिति उपाध्यक्ष कर्ण बहादुर खत्री लगायतका आतित्थ्यता रहेको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा काठेखोला गाउँ समितिका उपाध्यक्ष तथा काठेखोला वडा नं ३ का सदस्य पुर्ण बहादुर थापाको अध्यक्षता, अखिल छैठौं बागलुङका सदस्य निर्मल कुमार बि।क।को सञ्चालन र वडा समितिका सदस्य याम बहादुर थापाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । वडामा ३ टोली बनाएर सदस्यता बितरण गरेको छ ।

    टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिरमा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, राष्ट्रिय जनमोर्चा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका अमृत केसी, जातीय समता समाजका अम्मर बहादुर नेपाली लगायतले मन्तव्य राख्नु भएको थियो ।

    टोली नं. २ ले जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवामा घरदैलो गर्दै पर्चा तथा सदस्यता बितरण गरेको छ । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष केबि थापा, राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दिल बहादुर दर्जी, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, राष्ट्रिय जनमोर्चा जैमिनीका सदस्य होम बहादुर पुन, लगायतका टोलीले अभियान अगाडि बढाएको छ ।

    टोली नं ५ ले गलकोट नगरपालिका वडा नं ५ को हरिचौरमा प्रशिक्षण भेला पर्चा तथा सदस्यता बितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार टंक केसी, जिल्ला सदस्य पदम श्रेष्ठ, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकाल, वडा समितिका सल्लाहकार दिल बहादुर बस्नेत लगायतले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रम वडा समितिका अध्यक्ष अमर बहादुर खत्रीको अध्यक्षता, वडा सचिव तम बहादुर कार्कीको सञ्चालन र अखिल नेपाल शिक्षक संघका सुनमाया ढकालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । वडा नं ५ मा ५ टोली बनाएर सदस्यता बितरण अभियान सञ्चालन गरेको छ ।

    टोली नं ७ ले बडिगाड गाउँपालिका वडा नं. १० को निगलपानीमा प्रशिक्षण भेला तथा सदस्यता बितरण गरेको छ। कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बडिगाड वडा नं १ का अध्यक्ष बोम बहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बडिगाडका सदस्य मेयर सिं छन्त्याल, राष्ट्रिय जनमोर्चा बडिगाड १०का सदस्य धन बहादुर पुन, राष्ट्रिय जनमोर्चा बडिगाड १०का सदस्य दुजमान थापा लगायतले मन्तव्य राख्नु भएको थियो ।

    वडा समितिका अध्यक्ष रेशु थापाको अध्यक्षता, अखिल नेपाल महिला संघ बागलुङका सदस्य कोपिला थापाको सञ्चालन र राष्ट्रिय जनमोर्चा बडिगाडका सचिव ईश्वरमान बिकको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    साथै टोली नं. ८ ले ढोरपाटन नगरपालिका वडा नं। ३ को घोसामा प्रशिक्षण भेला तथा सदस्यता बितरण सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गानाथ खरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रम वडा समितिका अध्यक्ष हिरा बहादुर खत्रीको अध्यक्षता, जातिय समता समाज बागलुङका अध्यक्ष नर बहादुर सुनारको सञ्चालन र राष्ट्रिय जनमोर्चा वडा समितिका सदस्य खिम बहादुर सुनारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

    टोली नं. ९ ले निसीखोला गाउँपालिका वडा नं. २ खाडुमा वडा स्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चा निसीखोला गाउँ समितिका सल्लाहकार प्रगती बुढा, उपाध्यक्ष थमन घर्ती, पालिका सचिव मिलन हमाल लगायतले मन्तव्य राख्नु भएको थियो । वडामा ३ टोलीले सदस्यता बितरण गरेको छ ।
    यो पनि पढ्नुहोस्ः

    बागलुङमा यसरी चल्दैछ संगठनात्मक अभियान

    जनताको चेतनामा परिवर्तन नभएसम्म जीवनस्तर सुधार हुँदैनः सांसद शाही

    ‘जनतालाई करको भारी, ढुकुटीमा भ्रष्टाचारीको बिगबिगी’

    बागलुङमा सदस्यता वितरणसँगै संगठन निर्माण र प्रशिक्षण तिब्र

     

     

    शनिबार, फागुन १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.