• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रधानमन्त्रीको भारत भ्रमणबारे मसाल : भारतलाई कुरेर चीनको निम्तो टार्नु असामान्य


  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले प्रधानमनत्री पुष्पकमल दाहालले यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणलाई ‘असामान्य’ रुपमा लिएको छ । प्रधानमनत्रीले चीन भ्रमणको निम्तो टारेर भारतलाई कुरेको घटनालाई सामान्य रुपमा लिन नहुने मसालको ठहर छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले सोमबार जारी गर्नुभएको वक्तव्यमा नेपालको प्रधानमन्त्री भएपछि पहिले भारतको नै भ्रमण गर्नुपर्ने परम्परा गलत भएको बताउनुभएको छ ।

    ‘नेपालको प्रधानमन्त्री भएपछि पहिले भारतको नै भ्रमण गर्नुपर्ने परम्परालाई हामीले गलत मान्दछौँ र त्यो नेपालको स्वाभिमान र आत्मसम्मानका विरुद्धको कुरा हा’ वक्तव्यमा भनिएको छ, ‘चीनले पहिले नै नेपालका प्रधानमन्त्रीलाई चीनमा भ्रमण गर्नका लागि निमन्त्रणा दिएको थियो । तर भारतको भ्रमणलाई कुरेर चीनको भ्रमण टाल्ने नीति अपनाइयो । त्यस प्रकारको व्यवहारलाई सामान्य अर्थमा लिन सकिन्न ।’

    मसालले नेपालका भारतसित कैयौँ गम्भीर समस्याहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको यात्राको दौरानमा सम्बन्धित सबै प्रश्नहरूलाई गम्भीरतापूर्वक उठाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    वक्तव्यमा भनिएको छ, ‘भारतले नेपालको कालापानी भूभागमा कब्जा गरेको छ। सुस्ता सहित नेपालका कैयौँ सीमाहरूमा अतिक्रमण गरेको छ। नेपालको व्यापार र पारवहनसम्बन्धी विषयहरूमा हस्तक्षेप गर्ने गरेको छ। नेपालका जलस्रोतहरूमा एकाधिकार कायम गर्ने नीति अपनाएको छ । त्यसले नेपालसित गरेका १९५० सहित कैयौँ असमान सन्धिहरूलाई खारेज गर्न अस्वीकार गर्दै आएको नेपाल र भारत दुवै देशहरूद्वारा सम्मिलित रूपमा बनेको प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई भारतीय प्रधानमन्त्रीले अहिलेसम्म बुझ्न अस्वीकार गरेका छन् । नेपालको राजनीतिमा भारतले लगातार हस्तक्षेप गर्ने गरेको छ । त्यसले तराईलाई नेपालबाट अलग गर्न योजनाबद्ध प्रकारले षडयन्त्र गर्दै आएको छ । त्यसले नेपालको संविधानलाई अहिलेसम्म स्वागत गरेको छैन । त्यसले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध वा परराष्ट्र नीतिलाई भारतीय स्वार्थअन्तर्गत नियन्त्रित गर्ने प्रयत्न गर्दै आएको छ ।’

    यस्तै वक्तव्यमा भारतले अहिलेसम्म अपनाउँदै आएका त्यस प्रकारका नीतिहरूबाट प्रधानमन्त्री प्रचण्डको भारत यात्रा पछि पनि भारतसित जोडिएका नेपालका समस्याहरूको ठोस समाधान ननिस्कने बताएको छ । त्यो अवस्थामा भारतले कब्जा गरेको भूभागबारे अन्तर्राष्ट्रियकरण तथा नेपालमा व्यापक जनचेतना र जनआन्दोलन उठाएर नै भारतले नेपालप्रति अपनाएका गलत नीतिहरूलाई रोक्न सकिने भन्दै हाम्रो त्यही प्रयत्न हुनुपर्ने मसालको जोड छ ।

    रेशम चौधरीको रिहाइ संविधान र न्यायपालिकामाथिको उपहास : मसाल

    मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.