• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

टिम्रारुखे माइला बाप्रतिको मेरो वचन पूरा भयो

"सङ्क्षिप्त संस्मरण शृङ्खला–१५ "

  •   बुधबार, जेठ १०, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    टिम्रारुखे माइला बाको नाम डोरबहादुर थियो । उहाँको घर कौछेको हाम्रो घरभन्दा केही तल थियो । त्यो घरसित मेरो धेरै नै घनिष्टता र आवतजावत पनि थियो ।

    Advertisement

    माइला बाका एउटा भान्जा पनि हुनुहुन्थ्यो । उहाँको नाम तोजबहादुर माझी थियो । उहाँसित मेरो धेरै घनिष्टता थियो । उहाँले र मैले केराको मादल बनाएर खेल्ने गर्दथ्यौँ । उहाँको घर अर्घाखाँचीमा पर्दछ ।

    बाल्यकालदेखि उहाँसित मेरो लामो समयसम्म भेट भएन । करिब ७० वर्षपछि मैले उहाँलाई पत्ता लगाएँ र उहाँसित भेट पनि भयो । अहिले पनि अर्घाखाँची गएको बेलामा मैले उहाँलाई खोजेर भेट्ने गर्दछु ।

    पिताजी खिमविक्रमका साथमा हिँड्ने मानिसहरूमध्ये दुई जनालाई मैले अहिले पनि सम्झन्छु । उनीहरूमध्ये एक जना टिम्रारुखे माइलाबा हुनुहुन्थ्यो भने अर्को कुर्लेखोलाका माइला दाइ, जसको नाम दुर्गाबहादुर थियो । पिताजीको कतै लडाइँ पर्‍यो भने उहाँहरू दुवै जना सबैभन्दा अगाडि हुने गर्नुहुन्थ्यो ।

    हाम्रो सबैभन्दा जेठी एउटी दिदी हुनुहुन्थ्यो । उहाँको अर्घाखाँचीको झन्द्रेकमा विवाह भएको थियो । त्यो गाउँका केही फटाहहरूले हाम्रो ठुली दिदीको खेत जबर्जस्ती कब्जा गरिदिएछन् । त्यो झगडा परेपछि बुबा दलबलसहित झन्द्रेक जानुभयो । त्यो बेला दिदीको खेतमा धान काटेर झाँट्ने बेला भएको रहेछ ।

    पिताजी दलबलसहित त्यहाँ पुगेको थाहा पाएर दिदीको खेत कब्जा गर्ने मानिसहरूले उहाँ (पिताजी) सँग खेतमा झगडा गर्न आए । उहाँमाथि आक्रमण गर्न भनेर ठुलो सङ्ख्यामा मानिस जम्मा गरेछन् तर धान झाँट्दासम्म उहाँ त्यहाँ जानुभएनछ र धान काटिसकेपछि त्यो धान ल्याउने भनेर दिदीको घरमा नै बस्नुभएछ । खेतमा धान झाँटिसकेपछि उहाँ धान लिन भनेर खेतमा जानुभएछ । प्युठानबाट गएका उहाँसित चार/पाँच जना मान्छे मात्र थिए । उहाँ खेतमा आएको कुरा थाहा पाएपछि झगडियाहरू करिब १०० जना लाठीसहितका मानिस जम्मा गरेर खेत गएछन् ।

    ती सबै मानिससँग लड्नका लागि पिताजीले आफूहरूसँग गएका मानिससित बसेर एउटा योजना बनाउनु भएछ । त्यो योजना खतरनाक थियो तैपनि उहाँ आफ्नो योजनाअनुसार १०० जना मानिससित लड्न कस्सिनुभएछ । त्यो योजनामा मुख्य भूमिका टिम्रारुखे माइला बाकोे नै थियो ।

    पिताजीले पहिले नै गाउँबाट आफ्नासाथमा लकडिहात खेल्न सिपालु मानिस ल्याएर आएको भनेर हल्ला मच्चाउनु भएको थियो ।
    खेतमा गएका बेलामा टिम्रारुखे माइला बा र कुर्लेखोलाको माइला दाइलाई दुईओटा ठुल्ठुला बासका लौरा समातेर कम्बल ओढेर बसाल्नुभएछ । दिदीका झगडियाहरू लड्नका लागि अगाडि सरेपछि पिताजीले गर्जेर भन्नुभएछ : ‘यी सबैमाथि आक्रमण गर !’
    त्यो सुन्नेबित्तिकै कम्बल ओढेर बसेका, कट्टु र कमिज मात्र लगाएका टिम्रारुखे माइला बा र कुर्लेखोलाका माइला दाइ कम्बल फालेर, उफ्रेर लट्ठी हल्लाउँदै निस्केछन् ।

    उनीहरू दुवै जना अगाडि बढेपछि टिम्रारुखे माइला बाले कुर्लेखोला माइला दाइलाई समातेर उचाल्दै भुइँमा फालेर भन्नुभएछ : ‘यी सबैलाई म एक जना भए हुन्छ ।’

    त्यसपछि उहाँ लाठी नचाउँदै १०० जना मान्छेमाथि कुद्नुभएछ । त्यसपछि ती सबै मान्छे भागेर गएछन् । त्यसपछि पिताजीले दिदीका मान्छेलाई धान बोकेर घरमा लैजान भन्नुभएछ ।

    पछि दिदीका झगडियाहरूले पिताजीका अगाडि आत्मसमर्पण गरेर खेत छाडिदिए । उनीहरूलाई दण्डजरिवाना गरेर पिताजी पैसा लगेर घर फर्कनुभएको थियो । त्यही पैसाले उहाँले भ्यागुतेको खेत किन्नुभएको थियो ।

    झन्द्रेकको दिदीका झगडियाहरूसित लड्ने उहाँको योजना साँच्चिकै खतरनाक खेल थियो ।

    उहाँ आफ्नो जिल्ला र गाउँबाट बाहिर जानुभएको थियो । उहाँले गाउँमा आफ्ना जुन मानिसले लकडिहात खेल्न सिपालु भएको हल्ला मच्चाउनु भएको थियो, त्यो पनि सत्य थिएन । त्यो अवस्थामा त्यो लडाइँमा उहाँका हातखुट्टा भाचिने वा ज्यानै जानेसमेत खतरा थियो, जुन टिम्रारुखे माइला बाले उहाँको योजनाअनुसार सय जनाजति मान्छेसित लड्नका लागि कस्सिएर आफ्नो ज्यानको बाजी लगाउनुभएको थियो ।

    उहाँसित नै पछि पिताजीको के कारणले हो ? मलाई थाहा भएन, धेरै नै रिसाउनुभयो र तिम्रारुखेको घरजग्गा उहाँले आफ्नो नाममा गराउनुभयो । त्यसपछि उहाँ (टिम्रारुखे माइला बा) कौछेको आफ्नो घरजगगा छाडेर परिवारसहित बाङ्गेमा कुनै ठाउँमा बस्न जानुभयो ।

    म सानै छँदाको कुरा हो, म आफ्ना केही साथीहरूसहित कौछे खण्डको जङ्गलमा गएको थिएँ । त्यही बेला त्यहाँ ठुलो पानी पर्‍यो । त्यहाँ ओतिने कुनै ठाउँ पनि थिएन । जाडोले म लगलगी काम्न थालेँ । त्यहाँको जङ्गलमा कतैबाट टिम्रारुखे माइला बा पनि आइपुग्नुभएको थियो । उहाँले त्यहाँ झारपात र झिँजाहरू खोजेर आगो लगाउनुभयो र हामी सबैले आगो ताप्यौँ । त्यही बेला उहाँले आँखाभरि आँसु झारेर पिताजीले उहाँको घरजग्गा कब्जा गरिदिएको र उहाँ घरजग्गा छोडेर बाङ्गेतिर जानुपरेको कुरा बताउनुभयो । उहाँले मलाई बुबालाई भनेर त्यो जग्गा दिलाइदिन भन्नुभयो ।

    त्यो बेला म राजनीति वा कम्युनिस्ट पार्टीमा पनि सामेल भएको थिइनँ । त्यही पनि उहाँको जवाफमा मैले यो भने ‘हुन्छ’ तर त्यो बेला मलाई थाहा थिएन : आफ्नो त्यो प्युठानको किसान आन्दोलनको बेलामा मैले जुन किसानका जग्गा फर्काइदिनको लागि पत्र लेखेर पठाएको थिएँ, तिनीहरूमध्ये एउटा वचन पूरा गर्न मलाई कति धेरै समय लाग्ने छ ? त्यसका लागि कति धेरै सङ्घर्ष गर्नुपर्ने छ र त्यसको अन्तिम परिणाम के हुने छ ?

    पछि प्युठानको किसान आन्दोलनको सन्दर्भमा मैले पिताजीसित त्यो जग्गा फर्काइदिनका लागि कुरा गरेँ तर उहाँ मसित रिसाउनुभयो र मेरो कुरा मान्नुभएन । प्युठानको किसान आन्दोलनको बेलामा मैले जुन जुन किसानका जग्गा फर्काइदिनको लागि पत्र लेखेर पठाएको थिएँ, तिनीहरूमध्ये एउटा टिम्रारुखे माइला बाको घरजग्गाको कुरा पनि थियो । पछि अरू कतिपय किसानका जग्गा फर्काउने काम हुन सक्यो तर टिम्रारुखे माइला बाको घरजग्गा फर्काउने काम हुन सकेको थिएन ।

    जुन दिन मैले पिताजीसित अन्य कतिपय किसानका साथै टिम्रारुखे माइला बाको घरजग्गासमेतको कुरा उठाउँदा उहाँ रिसाउनुभएको थियो र उहाँ र मेराबिचमा झगडा पनि परेको थियो, त्यो दिन सम्भवत साउने सङ्क्रान्तिको दिन थियो । त्यो दिन हाम्रो घरमा खसी काटेर मासु पकाउने काम भइरहेको थियो ।

    पिताजीसित झगडा परेपछि म भात नखाइकन घरबाट बाहिर निस्केँ । त्यो दिन म अरू कसैका घरमा पनि गइनँ र दिनभरि केही नखाइकन जङ्गलमा बसेँ ।

    म घरबाट खाना नखाइकन निस्केपछि पिताजीले पनि खाना खानुभएनछ । पिताजीले खाना नखाएपछि आमाहरूले पनि खाना खानुभएनछ ।

    त्यहीबिचमा २०१७ साल लाग्यो । म जेलमा परेँ । पिताजीको मृत्यु भयो ।

    पिताजीको मृत्युपछि चारओटी आमा र आठओटा दाजुभाइको बिचमा अंशवण्डाको काम सुरु भयो ।

    घरमा अंशवण्डाको काम हुँदा म कपिलवस्तु जेलमा थिए । अंशवण्डाको काममा मेरो प्रतिनिधित्व का. खगुलाल गुरुङ, का. खिमानसिंह गुरुङ र मास्टर दधिराम शर्माले गर्नुभएको थियो ।

    मैले जेलबाट नै अंशवण्डा गर्दा टिम्रारुखे माइला बाको घरजग्गा मेरा अंशमा पारेर त्यो घरजग्गा उहाँले फर्काइदिनू भनेर चिठी लेखेर पठाएको थिएँ । हाम्रो पार्टीका साथी, आमा र दाजुभाइले समेत मलाई मात्र मर्का पार्नु उचित नठानेर सँगोलबाट नै त्यो घरजग्गा फर्काइदिने सल्लाह गर्नुभएछ । त्यसपछि टिम्रारुखे माइला बा र उहाँको परिवार एउटा लामो समयपछि त्यो घरजग्गामा फर्केर आएर बस्नुभयो ।

    म जेलबाट छुटेर आउँदा टिम्रारुखे माइला बाको मृत्यु भइसकेको थियो तैपनि यो सोचेर मलाई सन्तोष र खुसी लागेको थियो कि कौछेखण्डको जङ्गलमा मैले उहाँलाई दिएको वचन पूरा भएको थियो ।

    बुधबार, जेठ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल
    प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार
    प्रतिनिधिसभाको बैठक बस्दै
    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • २.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ३.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ४.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • ५.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ६.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ७.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ८.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.