• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जावलाखेल मनाङसँग बराबरीमा रोकियो


  •   आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
  • काठमाडौं । ८० मिनेटसम्म लिएको अग्रतालाई अन्तिम १० मिनेट कायम राख्न नसक्दा जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएको छ ।

    Advertisement

    लतिपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेलले दुई गोलको अग्रता जोगाउन नसक्दा मनाङ मस्र्याङ्दी क्लवबिरुद्ध २–२ को बराबरीमा रोकिएको हो । निकै रोमाञ्चक बनेको खेलमा जावलाखेलका लागि एनकोटो मासोबी र हिसुब थपलियाले शुरुवाती अग्रता दिलाए पनि मनाङका लागि विशोन गुरुङ र सुमित श्रेष्ठले अन्तिम १० मिनेट भित्र दुई गोल गरेपछि मनाङले अंक खोस्न सफल भएको हो ।

    बराबरीपछि शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो स्थानमा रहेको चर्च ब्वाईजसँग तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ । शुरुवातमा आक्रामक खेल्दै मनाङलाई दबाबमा राखेको जावलाखेलका लागि खेलको ३४औं मिनेटमा मासोबीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । विनोद केसीले प्रदान गरेको बललाई नियन्त्रणमा लिँदै मनाङका गोलकिपर दीप कार्कीलाई बिट गर्दै मासेबीले जाली चुमाउन सफल भएका थिए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र जावलाखेल पहिलो हाफमा अग्रता कायम राख्न सफल भएको थियो । ७५ औं मिनेटमा हिसुबले जावलाखेलको अग्रता दोब्बर बनाए ।

    हिसुबले फोडे फोफनाको पासलाई सदुपयोग टोलीलाई अगाडि बढाउँदा ८१ औं मिनेटमा विसोनले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए । विसोनले कोफी टिमोथी कोडुको पासलाई सदुपयोग गर्दै आकर्षक गोल गर्न सफल भएका थिए । त्यसपछि तालमेलेको अभावको फाइदा उठाउँदो मनाङले अन्तिम मिनेटमा गोल थप्दै खेल २–२ को बराबरीमा ल्यायो र दुवै टोलीबाट थप गोल हुन सकेन । बाँकी समयमा बल पोजिसनमा अगाडी देखिएको मनाङले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेन ।

    यससँगै लिगमा मनाङबिरुद्ध जावलाखेल अपराजित रह्यो । पहिलो लेगमा जावलाखेल ३–० ले विजयी भएको थियो । यस बराबरीसँगै जावलाखेलले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर गुमाएको हो । जावलाखेलको १८ खेलमा ३१ अंक छ । एक खेल कम खेलेको चर्च ब्वाईज ३० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । मनाङ १८ खेलमा २२ अंकका साथ सातौं स्थानमा उक्लिएको छ ।

    लिग अन्तर्गत आईतवार एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा पनि न्युरोड टिम (एनआरटी) र फ्रेण्ड्स क्लवले पनि समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीमा रोकिए पनि फ्रेण्ड्स क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसन क्षेत्र छाडेको छ । खेलको २८ औं मिनेटमा रफिक अमिनुले फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलमार्फत एनआरटी बराबरीमा आएको थियो । ६६ औं मिनेटमा अमितले पेनाल्टीमार्फत गोल गर्दै फ्रेण्ड्सलाई २–१ ले अगाडी बढाए । ८९ औं मिनेटमा निकोलस सङ्गले गोल गर्दै एनआरटीलाई हारबाट जोगाए । लिगमा एनआरटीबिरुद्ध फ्रेण्ड्स अपराजित रहेको हो । पहिलो लेगमा फ्रेण्ड्स ३–१ ले विजयी भएको थियो । यस बराबरीसँगै १८ खेलमा २० अंक जोडेको फ्रेण्ड्स १२ औं स्थानमा उक्लिएको छ । फ्रेण्ड्स रेलिगेशन क्षेत्रको नेपाल पुलिस क्लवको भन्दा मात्र एक अंक बढी हो । एनआरटी १८ खेलमा २२ अंकका साथ नवौं स्थानमा यथावत छ ।

     

    आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.