काठमाडौं । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको १२ करोड ऋण सरकारले तिरिदिने भएको छ। १२ करोड ऋण तिरेपछि सम्पूर्ण स्वामित्व लिँदै सरकारले बाँकी निर्माणको काम अघि बढाउनेछ।
Advertisement
धुर्मुस–सुन्तली फाउन्डेशनले रंगशाला निर्माण गर्दा १८ करोड ऋण लागेको दाबी गरेको थियो । सरकारले सो ऋण रकमबारे छानबिन गर्नका लागि समिति बनाएको थियो ।
उक्त छानबिन समितिले साढे १२ करोडमात्रै ऋण मूल्याकंन निकाल्दै प्रतिवेदन बुझाएको थियो।
उक्त रकम राष्ट्रिय खेलकुद परिषद् मार्फत धुर्मुस सुन्तली फाउन्डेशनलाई उपलब्ध गराइनेछ।