बागलुङ । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिले बागलुङको बुर्तिवाङ बजारमा संघीयताविरुद्ध विरोध सभा गरेको छ ।
Advertisement
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश उपाध्यक्ष धर्म बहादुर कुँवरले नेपालको हकमा संघीयता उपयुक्त नभएको व्यवहारमै प्रमाणित भइसकेको बताउनुभयो ।
उहाँले देश विदेशीको चंगुलमा फस्दै गइरहेको भन्दै धर्मका नामबाट भइरहेका साम्राज्यवादी प्रलोभनलाई चिर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजीसहित एमसीसी, भ्रष्टाचार, महंगीलगायतको विरोधमा देशब्यापी कार्यक्रम गरिरहेको छ ।
सोही सन्दर्भमा शुक्रबार बुर्तिवाङ बजारमा कोणसभा गरेको हो ।