वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतले सङ्घीयता खारेजी कार्यक्रमअन्तर्गत कोणसभा सम्पन्न गरेको छ ।
Advertisement
२०७९ चैत १४ गते मङ्गलबारका दिन वीरेन्द्रनगर मङ्गलगडी चोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई राजमो सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदी र जिल्ला कोषाध्यक्ष विष्णुप्रसाद शर्माले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य कृष्णकुमारी रावल, राजमो वीरेन्द्रनगर नगर समिति सदस्य राजु सुनार, राजमो कालिकोटका पूर्व अध्यक्ष कटकबहादुर शाहीलगायतको उपस्थित थियो ।