• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

फुटपरस्त तत्वहरूको पार्टी एकता प्रयास सिद्धान्तहीन : मसाल


  •   सोमबार, चैत १३, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले अहिले केही वामपन्थी शक्तिहरुले गरिरहेको एकताको प्रयासलाई ‘सिद्धान्तहीन’ बताएको छ ।

    Advertisement

    हालै सम्पन्न नेकपा (मसाल) को केन्द्रीय समिति बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीबाट फुटेर गएकाहरुले कतै न कतै टाँसिने प्रयास गरिरहेको निष्कर्ष निकालेको छ ।

    मसालले ‘पार्टीबाट फुटेर गएपछि कतै न कतै कुनै आश्रय खोज्नु उनीहरूको बाध्यता हो’ भनेको छ । त्यसका लागि संघीयता त्याग्नुपर्ने, ‘मशाल’ नाम त्याग्नुपर्ने र तथा सिद्धान्तहीन प्रकारले विलय हुनुपर्ने बाध्यता रहेको मसालले स्पष्ट पारेको छ ।

    साथै पार्टीबाट अहिले फुटेर जाने तत्वहरू अत्यन्त सिद्धान्तहीन, अवसरवादी र थोरै पनि कम्युनिस्ट नैतिकता नभएका तत्वहरू हुन् भनेको छ ।

    राजनीतिक प्रतिवेदनको बुँदा नं ९ मा भनिएको छ,
    ‘कतिपय वामपन्थी शक्तिहरूले आपसमा पार्टी एकीकरणका लागि प्रयत्न गर्न थालेका छन् । तर त्यो सिद्धान्तहीन प्रकारको एकता नै हुने छ । किनभने उनीहरू मध्ये कतिपय पक्षले नेपालको अहिलेको क्रान्तिको चरण नयाँ जनवादी क्रान्तिको भएको ठान्दछन् भने कतिपय पक्षहरूले समाजवादी क्रान्तिको ठान्दछन् । नेपालको अहिलेको क्रान्तिको चरण नयाँ जनवादी क्रान्तिको वा समाजवादी क्रान्तिको ? त्यो आधारभूत रूपले नै बेग्लाबेग्लै सैद्धान्तिक विश्लेषणद्वारा टुङ्गिने कुरा हो । ती दुवैलाई एकै ठाउँमा मिलाएर पार्टी एकताको कुरा गर्नु गम्भीर प्रकारको सिद्धान्तहीन र अवसरवादी कार्य नै हो । यो कुरा हामीले हेर्न बाँकी नै छ । उनीहरूले त्यस प्रकारको सिद्धान्तहीन र अवसरवादी एकतालाई कसरी व्यवहारिक रूप दिन्छन् ? त्यो कुरा जे भएपनि उनीहरूको पार्टी एकताको आधार प्रतिगमन दिशाउन्मुख राजनीति नै हुनेछ । किनभने उनीहरूले नयाँ जनवादी वा समाजवादी ‘क्रान्तिकारी’ताको कुरा गरेर विद्यमान गणतन्त्रको विरोध गर्दछन् । त्यो ‘वामपन्थी’ संकीर्णवादी सोचाइ हो ।

    त्यस प्रकारको एकताको सन्दर्भमा हाम्रो पार्टीबाट फुटेर गएका फुटपरस्त तत्वहरूको एकता पनि अत्यन्त तल्लो स्तरको सिद्धान्तहीन र अवसरवादी प्रयास नै हुने छ । हाम्रो पार्टीबाट फुटेर गएपछि कतै न कतै कुनै आश्रय खोज्नु उनीहरूको बाध्यता हो । प्रथमता, त्यो एकता हुन्छ भने उनीहरूले सङ्घीयताको विरोधको नीतिलाई त्याग्नुपर्ने छ, जस्तो कि हाम्रो पार्टीमा छँदासम्म सङ्घीयताको घोर विरोध गर्ने कतिपय तत्वहरूले अन्य पक्षहरूमा विलय भएपछि पहिले पनि सङ्घीयताको अवधारणालाई त्याग्ने गरेका छन् ।

    द्वितीय, मसाल नामसित पार्टीको गौरवपूर्ण इतिहास जोडिएको हुनाले पार्टीबाट पहिले फुटेर जाने सबै पक्षहरूले आफ्नो समूहको नामसित ‘मसाल’ जोड्ने गरेका थिए । हाम्रो पार्टीबाट अलग भएका अहिलेका फुटपरस्त तत्वहरूले पनि अन्य पक्षहरूमा विलय हुँदा ‘मशाल’लाई पनि त्याग्ने छन् ।

    तृतीय, यो कुरा स्पष्ट छ कि पार्टीबाट अहिले फुटेर जाने तत्वहरू अत्यन्त सिद्धान्तहीन, अवसरवादी र थोरै पनि कम्युनिस्ट नैतिकता नभएका तत्वहरू हुन् । पार्टीबाट पहिले फुटेर गएका सबै पक्षहरूले आफू एउटै पार्टीमा हुँदासम्मको पार्टीको गोपनीयता भङ्ग गर्ने जस्तो कुनै कार्य गरेका थिएनन् । पछिल्लोपल्ट हाम्रो पार्टीबाट फुटेर जाने तत्वहरूले पार्टीको गोपनीयताबारे नाङ्गो रूपले दुश्मनहरूका अगाडि पनि सार्वजनिक गर्ने काम गरेका छन् । त्यस प्रकारका अविश्सनीय तत्वहरूलाई नयाँ बन्ने ‘पार्टी’मा कुन प्रकारको ‘सम्मान’ प्राप्त हुने छ । त्यो कुरा आउने दिनहरूमा नै थाहा हुँदै जाने छ ।’

    स्मरणीय छ, नेकपा (मसाल) बाट फुटेर गएको समूह हाल मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) सहित केही पार्टीहरुसँग मिल्ने प्रयास गरिरहेको छ । जसले जातीयतासहितको संघीयता स्वीकार गर्दछन् भने जनआन्दोलनका उपलब्धिहरुलाई गौण ठान्ने गर्दछन् ।

    सोमबार, चैत १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.