• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जातिवादी प्रवृत्ति नयाँ रूपमा आएको नेकपा (मसाल) को ठहर


  •   बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले देशमा जातिवादी प्रवृत्ति नयाँ रूपमा अगाडि आएको ठहर गरेको छ ।

    Advertisement

    प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७९ चैत ९ गते बिहीबार जारी प्रेसवक्तव्यमा पार्टीले यस्तो अवधारणा राखेको हो ।

    १ नं। प्रदेशको नाम ‘कोशी’ राखिएकोमा त्यसका विरोध गर्दै जातिवादीहरूले “किरात प्रदेश” राख्न माग गरेको सन्दर्भका साथ पार्टीले जातिवाद देशका सामु गम्भीर खतरा उत्पन्न भएको बताएको छ ।

    त्यस्तै, पार्टीले सुदूर पश्चिममा पनि थरुहट प्रदेशको आवाज उठ्न थालेको भन्दै देशमा जातिवादको नयाँ प्रवृत्तिबारे देशको ध्यानाकर्षण गराएको छ ।
    पार्टीले सात प्रदेशमध्ये पाँचओटा प्रदेशको नाम आफूहरूले राखेअनुसार मिलेकोमा भने प्रशन्नता व्यक्त गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “अहिले यो कुराप्रति हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ कि देशको राजनीतिमा जातिवादी प्रवृत्ति नयाँ रूपमा देखा पर्न थालेका छन् । पहिले सङ्घीयताको सन्दर्भमा जातीय आधारमा प्रदेशको निर्माण गर्ने कुरा जोडदार रूपले उठेको थियो । नेकपा (मसाल)ले जातीय आधारमा प्रदेश निर्माणको अवधारणालाई संसद्भित्र र बाहिर पनि कडा प्रकारले विरोध गरेको थियो ।

    हामीले सात प्रदेशको नाम यसअनुसार राख्ने सुझाव दिएका थियौँ : १ नं। प्रदेशको कोशी, २ नं प्रदेशको सगरमाथा, ३ नं। प्रदेशको बागमती, ४ नं। प्रदेशको गण्डकी, ५ नं। प्रदेशको लुम्बिनी, ६ नं। प्रदेशको कर्णाली र ७ नं। प्रदेशको महाकाली । यो हाम्रो लागि खुसीको कुरा हो कि सातओटा प्रदेशमध्ये पाँचओटा प्रदेशको नाम हामीले दिएको सुझावअनुसार नै राखिएको छ, जस्तै कि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली । अहिले हाम्रो यो कुराप्रति ध्यान गएको छ कि १ नम्बर प्रदेशको नाम कोशी राखिएपछि त्यो प्रदेशको नाम जातीय आधारमा अर्थात् किराँत प्रदेश राख्नका लागि आन्दोलन चलिरहेको छ । हाम्रो पार्टीले जातीय आधारमा त्यस प्रकारको नामकरणको विरोध गर्दैै अहिले राखिएको नाम अर्थात् कोशी प्रदेशलाई दृढतापूर्वक समर्थन गर्दछ ।

    प्रदेशको नामकरणको सन्दर्भमा त्यस प्रकारको जातिवादी प्रवृत्ति सुदूर पश्चिममा पनि देखा पर्न थालेको छ । अहिलेका बहालवाला राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीसित राष्ट्रपतिको चुनावमा आफूलाई समर्थनको लागि अनुरोध गर्न जाँदा त्यसका नेता रेशम चौधरीले अन्य कतिपय शर्तका साथै सुदूर पश्चिमको नाम खप्तड थरुहट राख्नको लागि पनि शर्त राखेका थिए । त्यसरी त्यो प्रदेशको नाम जातीय आधारमा राख्ने सोचाइको पनि हाम्रो पार्टीले विरोध गर्दछ ।

    कुनै पनि प्रदेशको नाम जातीय आधारमा राख्ने कुराको हाम्रो पार्टीले प्रारम्भदेखि नै विरोध गर्दै आएको थियो र अहिले पनि हाम्रो त्यो अडान कायम छ । कुनै एउटा प्रदेशमा मात्र त्यस प्रकारको सोचाइलाई प्रश्रय दिइयो भने त्यसको असर सबै प्रदेशमा पर्ने छ र देशमा जातिवादको गम्भीर खतरा पैदा हुने छ ।”

    बिहिबार, चैत ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.