बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ आमीमा राष्ट्रिय जनमोर्चाको नगर समिति गठन भएको छ ।
Advertisement
२०७९ चैत ४ गते राजमो नेताहरू गणेश गौतम, लालबहादुर क्षेत्री र कमला बन्जाडेको विशेष उपस्थितिमा सम्पन्न भेलामाझ सो समिति गठन गरिएको हो ।
भेलाले रामबहादुर बस्याल अध्यक्ष रहनुभएको राजमोको नगर समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सीमा बोहरा, सचिवमा अन्जु सुनार, सहसचिवमा हीरादेवी नेपाली र कोषाध्यक्षमा शान्ति न्यौपाने बोहरा रहनुभएको छ ।
समितिको सदस्यहरूमा युकी राई, शान्ता खड्का, उषा परियार, गङ्गा पौडेल, सुनिता बोहरा, रेखा नेपाली, सरस्वती परियार, देवेन्द्र जिसी, नेत्रलाल शर्मा, गोमा थापा, रन्जित बस्याल र सुमन बस्याल रहनुभएको छ ।
भेलाको अध्यक्षता रामबहादुर बस्यालले गर्नुभएको थियो ।