• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

युएईको सहज जित


  •   बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
  • काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकीय इनिङको सहयोगमा बुधवार संयुक्त अरब इमिरेट्स (युएई)ले आईसिसी विश्वकप क्रिकेट लिग–२ को खेलमा पपुवान्युगिनी (पिएनजी) बिरुद्ध ६ विकेटको शानदार जित निकालेको छ ।

    Advertisement

    कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पिएनजीले दिएको २ सय ३५ रनको लक्ष्य युएईले ६८ बल बाँकी रहँदा भेटाएको हो ।

    यससँगै युएईले काठमाडौं जारी लिग–२ को अन्तिम श्रृंखलामा पहिलो जित निकालेको छ । अघिल्ला दुईमध्ये पहिलो खेल पिएनजी र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो ।

    यससँगै पिएनजीले लिग–२ खेल्ने सबै खेल सकिएका छन् । पिएनजीले कुल ३६ खेल खेल्दा ५ खेलमा जित, ३० खेलमा पराजय र १ खेल बराबरीमा सकियो ।

    पिएनजीले पूरै ५० ओभर खेलेर ७ विकेटमा दिएको लक्ष्य पछ्याउने क्रममा वासिमले एक्लैले १ सय १९ रनको विस्फोटक इनिङ खेलेका हुन् । ओपनिङ ब्याट्सम्यानको रुपमा मैदान प्रवेश गरेको उनले ७६ बलको सामना गर्दा १२ छक्का र ६ चौका प्रहार गर्दै इनिङ उकासेका थिए । वासिमले ६१ बलमा शतक पूरा गरेका हुन् । उनले लिग–२ को एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत बनाए ।

    यसअघि नामिबियाका जेजे स्मिथको नाममा यो कीर्तिमान रहेको थियो । जवाफी ब्याटिङ गरेको युएई यसअघि १ विकेट गुमाउँदा २४ रन मात्र बनाएको युएईले दोस्रो विकेट गुमाउँदा १ सय ४९ रन बनाएको थियो ।

    यस्तै भृत्य अरबिन्दले ३३ रन बनाउँदा सीपी रिजवानले अविजित २९ रन बनाए । आयान खान २७ रनमा आउट भए । बलिङतर्फ पीएनजीका लागि राईली हिकुरेले २ तथा कबुअ मारिया र जोहन कारिकोले समान १/१ विकेट लिए ।

    यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पिएनजीले पूरै ५० ओभर खेलेर २ सय ३४ रन बनाउन सक्यो । शुरुवात खराब भएपनि पिएनजीको इनिङलाई मध्यक्रमका ब्याट्सम्यानले उकासेका थिए । यसै क्रममा कप्तान असाद भालाले अर्धशतकको इनिङ खेलेका थिए । भालाले ९२ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६५ रन जोडेका थिए ।

    यसैगरी नोर्मन भानुआले ३१ बलमा ५ छक्का र १ चौका मद्दतमा अविजित ४९, राइली हिकुरेले ३३, किप्लिङ डोरिगाले २४, चाल्र्स अमिनीले २२ र गौडी टोकाले १५ रन बनाउँदै पिएनजीको इनिङ सम्मानजनक अवस्थामा पु-याएका थिए । सातौं विकेटका लागि भानुआ र हिकुरेले ७२ तथा चौथो विकेटका लागि भाला र अमिनीले ५३ रनको साझेदारी गरेका थिए ।

    युएईका लागि हजरत बिलालले ४ तथा रोहन मुस्ताफा र जवार फारिदले समान १/१ विकेट लिए । लिग–२ को अन्तिम खेल बिहीवार नेपाल र भ्रमणकारी टोली युएईबीच हुनेछ ।

     

    बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.