प्युठान । अखिल नेपाल महिला संघले प्युठानको झिमरुकमा सप्ताहब्यापी श्रमिक महिला दिवस कार्यक्रम सञ्चालन गरेको छ ।
महिला संघ केन्द्रीय समितिको निर्णय अनुसार ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शनिबार एक कार्यक्रम आयोजना गरी दिवस मनाउन सुरु गरिएको हो ।
आज (फागुन १८ देखि) २४ गतेसम्म मनाउने कार्यक्रम झिमरूक ८ मा महिला वडा भेला गरि सुरुवात गरिएको छ । महिला संघ झिमरूककी अध्यक्ष बसन्ता जिसीको अध्यक्षतामा सम्पन्न भेलामा संघकी केन्द्रीय सचिव तारा जिसीले संगठन र श्रमिक महिला दिवसबारे प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिसीले महिलाहरूका धेरै अधिकार वर्तमान संविधानमा लिपिवद्द भएको भएपनि कार्यन्वयन पक्ष कमजोर र फितलो रहेको बताउनुभयो । उहाँले सिमित रूपमा भए पनि लिपिवद्द भएका महिला अधिकार प्राप्त गर्न स्वयम् सचेत र संगठित हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
विकट भूगोल रहेको वडा ८ मा प्रतिनिधि मूलक उपस्थिति रहेको भेलामा पालिका समितिकी कविता जिसी र राजमो नेता विष्णु बस्नेतको पनि उपस्थिति रहेको थियो ।
भेलाले कार्यपालिका सदस्य संगिता परियारको अध्यक्षतामा ९ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको सचिवमा मन्जु पोख्रेल, कोषाध्यक्ष गंगा बस्नेत र सदस्यहरूमा श्यामकला सुनार, दानी महतारा, पुतला बस्नेत, पार्वता बस्नेत, ज्ञानुमाया बस्नेत र शुशिला थापा रहनु भएको छ।

सप्ताहब्यापी श्रमिक महिला दिवसको कार्यक्रम अन्तर्गत झिमरूकका अन्य सबै वडा समितिहरूले पनि कार्यक्रम मनाउने महिला संघले जनाएको छ ।
कार्यक्रममा अखिल नेपाल युवक संघ वडा कोषाध्यक्ष मिना पोख्रेल, निर्मला सुनार, मिना परियार, कमला विक, अखिल नेपाल शिक्षक संघ झिमरूक पालिका सदस्य गोर बहादुर विक, राजमो नेता खेम बहादुर बस्नेतले पनि बिचार राख्नु भएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य नारायण जिसी, जिल्ला सल्लाहकार लोक बहादुर महतरा, जातीय समता समाजका जिल्ला सदस्य कृष्णबहादुर सुनार, युवक संघ जिल्ला सदस्य वसन्त केसी, राजमो पालिका कोषाध्यक्ष किरण सिंह जिसी, राजमो वडा सचिव भोजु गिरी र जेष्ठ महिला दोवन्ता महतराको पनि आतिथ्यता रहेको थियो ।

समितिकी अध्यक्ष बसन्ता विकको अध्यक्षता र सचिव पार्वता सुनारको संचालनमा अघि बढेको ११३ ओं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा स्वागत रमा गिरीले गर्नुभएको थियो ।





