• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमका पाँच खेलाडी


  •   शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
  • महेन्द्रनगर । सुदूरपश्चिमको कबड्डी खेलको इतिहासमा दुई दशकपछि यहाँका पाँच कबड्डी खेलाडी दोस्रो जुनियर विश्वकप कबड्डी प्रतियोगितामा भाग लिदैछन् ।

    Advertisement

    सुदूरपश्चिममा पनि कञ्चनपुरबाट सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप कबड्डीमा यहाँका तीन खेलाडीले प्रतिनिधित्व गरेका थिए । आइतबारदेखि इरानमा हुने जुनियर विश्वकप कबड्डीमा सुदूरपश्चिमबाट पहिलो पटक एकसाथ पाँच खेलाडी राष्ट्रिय टिममा अटाउँदै विश्वकपमा भाग लिँदैछन् ।

    कबड्डीका निर्वतमान मुख्य प्रशिक्षक विष्णुदत्त भट्टले राष्ट्रिय टिममा आफ्नो जबर्जस्त उपस्थिति जनाउँदै इरानमा हुने विश्वकपमा यहाँका पाँच खेलाडी सहभागी हुने बताउनुभयो । दशमध्ये पाँच जना खेलाडी सुदूरपश्चिमबाट पर्नु सामान्य विषय होइन, उहाँले भन्नुभयो, खेलाडीको नियमित प्रशिक्षण, लगन र मेहनतले विश्वकपसम्म पुग्ने अवसर पाए ।

    मुलुकको प्रतिनिधित्व गर्दै जुनियर विश्वकप खेल्न जानेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रकाश गिरी, आकाश भट्ट, विजय दमाईका साथै कैलालीका रामु टमाटा र गणेश पार्की रहेका छन् । जुनियर विश्वकपमा १८ मुलुक सहभागी हुनेछ, भट्टले रासससित भन्नुभयो, विश्वकप जुनियरतर्फ पहिलोपटक सहभागी हाम्रो देशको प्रदर्शन राम्रो हुनेमा आशावादी छौँ ।

    त्यस्तै कबड्डी खेलाडी आकाश भट्टले विगतमा गरेको प्रशिक्षण र खेलेका प्रतियोगिताको अनुभवका आधारमा विश्वकपमा प्रदर्शन गर्ने बताउनुभयो । बन्द प्रशिक्षणमा पनि प्रशिक्षण राम्रो भएको छ, उहाँले भन्नुभयो, पहिलो सहभागिता भएकाले प्रदर्शनमा कमी हुन दिन्नौँ । विश्वकपमा सहभागी भीमदत्त नगरपालिकाका तीनै जना खेलाडी महेन्द्रनगरस्थित कबड्डी प्रशिक्षण केन्द्रमा दुई वर्षयता र कैलालीबाट छनोट भएका दुई खेलाडी भारतको मुम्बैमा प्रशिक्षणरत हुनुहन्थ्यो ।

    सुदूरपश्चिमबाट सात जना खेलाडी विश्वकपका लागि बन्द प्रशिक्षणमा थिए, निवर्तमान मुख्य प्रशिक्षक भट्टले भन्नुभयो, सातमध्ये पाँच जना खेलाडी छनोटमा परे । विसं २०३७ देखि ०३९ सम्म मुलुककै अब्बल सुदूरपश्चिमको कबड्डी टिमले अहिले पनि खेलाडी तयार गर्न र पदक दिलाउने काममा अग्रसर नै रहेको भट्टको भनाइ छ ।

    सिनियरतर्फ कञ्चनपुरबाट लक्ष्मण अधिकारी, प्रेम थापा, डम्बर बडवाल र महिलातर्फ सरस्वती ऐर र लक्ष्मी ठगुन्नाले विश्वकप कबड्डी खेलिसकेको विगत छ । कञ्चनपुरमा कबड्डीको प्रशिक्षण सञ्चालनमा आएयता कबड्डी खेलप्रतिको आकर्षणसमेत बढेको छ । कबर्डहलमा नियमति ४५/५० जना प्रशिक्षणमा छन, भट्टले भन्नुभयो, कबड्डीको विकासमा यहाँ सङ्घको पनि महत्वपूर्ण भूमिका छ ।

    त्यसैगरी सिनियरतर्फ पहिलो र दोस्रो विश्वकप खेलेका यहाँका पूर्वराष्ट्रिय खेलाडी लक्ष्मण अधिकारीले आफू दोस्रो विश्वकपमा नेपालको टिममा उपकप्तान रहेको बताउनुभयो । कबड्डीको विकासमा र खेलाडीको भविष्य सुनिश्चिताका लागि राज्यको ध्यान पुगेन भने अन्तर्राष्ट्रियस्तरमा सहभागिता मात्रै हुने हुन्छ, उहाँले भन्नुभयो, राज्यको ध्यान नपुगेकै कारण विगतमा धेरै खेलाडी बाध्य भएर पलायन हुन पुग्यौँ ।–

    शनिबार, फागुन १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.