काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आह्वान भएको संसद सचिवालयले जनाएको छ ।
बैठकमा ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेस गर्नुहुने छ ।
संसदीय समितिबाट पारित नियमावलीमा सांसदहरू दोषी सावित नहुञ्जेलसम्मका लागि निजको सांसद पद बहाल रहने तथा निजले पाउनुपर्ने सेवासुविधा पनि यथावत् रहने आसयको प्रावधान पारित भएकोमा भने समितिका अध्यक्ष चित्रबहादुर केसीले भिन्नमत राख्नुभएको छ । उहाँले आम नागरिकलाई भन्दा सांसदलाई विशेष अधिकार दिँदै उन्मुक्ति दिन नहुने मत राख्नुभएको हो ।
सांसदलाई उन्मुक्ति दिने गरी नियमावली पारित भएकोमा अध्यक्ष केसीको भिन्न मत
बुधबार बस्ने संसद बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पनि संसदमा पेस गर्ने सम्भावित कार्यसूची छ।
सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित क्रियाकलाप बारे जानकारी लिने र त्यसको विश्लेषण गर्ने छुट्टै स्वायत्त निकाय स्थापना गर्ने विषय विधेयकमा राखिएको छ।
कार्यसूचीः
