काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफ्नै क्याबिनेटका मन्त्री फसेको देखेर असहज लागेको बताउनुभएको छ ।
प्रधानमन्त्री जोगिने र मन्त्री फस्ने गर्दा आफूलाई असहज लागेको भन्दै डा. भट्टराईले आफू नीलकण्ठ बन्न तयार रहेको ट्विटरमार्फत बताउनुभएको छ । डा. भट्टराई लेख्नुहुन्छ, ‘मैले पनि असहजता महसूस गरेको छु । सुर–असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु । तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस् । जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस् ।’
मैले पनि असहजता महसूस गरेको छु!सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु!तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्!वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्!
— Baburam Bhattarai (@brb1954) February 6, 2020
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास क्याम्पभित्रको ११४ रोपनी सरकारी, सार्वजनिक जग्गा कब्जा गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा बुधबार १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । डा. भट्टराईले सो कदमको स्वागत गर्नुभएको छ ।
तर, अख्तियारले मन्त्रिपरिषद्ले सामूहिक रूपमा गरेका निर्णयहरू आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै ललितानिवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको सन्दर्भमा पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो प्रतिक्रिया आएको हो । ललिता निवास जग्गा प्रकरण पूर्व प्रधानमन्त्रीद्वय भट्टराई र नेपालको पालाको घटना हो हो ।
यो पनि पढ्नुहोस्ः भ्रष्टाचारमा पछारिए अहिलेसम्मकै ठुला माछा, तीन पूर्व मन्त्रीसहित १ सय ७५ जना विरुद्ध मुद्दा