• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अघि बढ्दैछ ‘तराई-मधेश जागरण अभियान’


  •   शुक्रबार, माघ १७, २०७६ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल किसान महासंघ र तराई-मधेश जनवादी मोर्चाले संयुक्त रुपमा सञ्चालन गरेको ‘तराई–मधेश किसान जागरण अभियान’ तराईका विभिन्न जिल्लाहरुमा जारी छ । माघ १ गतेदेखि सुरु भएको अभियान अन्तर्गत तराईको पश्चिम कञ्चनपुरदेखि पूर्व सप्तरी तथा उदयपुरसम्म सञ्चालन भइरहेको अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले जानकारी दिनुभएको छ । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, नवलपरासी, नवलपुर, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी र उदयपुरसम्म कार्यक्रम सञ्चालन गरिएको हो ।

    Advertisement

    अभियानको क्रममा सभा, सदस्यता वितरण, समिति गठन, पुनर्गठन, जनभेटघाट लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन् । ति जिल्लाहरुमा आयोजित सभालाई महासंघका अध्यक्ष रेग्मी, तराई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष तुल्सीराम सापकोटा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको छ ।

    अभियानबारे किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले युगदर्शनसँग भन्नुभयो, ‘नयाँ संविधान बनिसकेपछि पनि तराई–मधेशका जनताको समस्या अझै पनि उस्तै छन् । व्यवस्था बदलियो तर तराई–मधेशका जनताका आधारभूत समस्या अझै पनि समाधान भएका छैनन् । जमिन्दारी प्रथा र रूढीवाद जस्ता सामन्ती उत्पादन सम्बन्धकै कारण यहाँका जनता सामाजिक, सांस्कृतिक मात्रै होइन, राजनीतिक रूपमा पनि पछि परिरहेका छन् ।’

    उहाँले जनताको यस्तो पिछडीएको चेतनालाई मधेशवादी कतिपय दलले फाइदा उठाउन खोजिरहेको बताउनुभयो । ‘जनता सामन्ती व्यवस्थाजन्य समस्याले पीडित भइरहेका छन् । तर मधेशवादी दलहरू विखण्डनकारी योजनामा जनता भड्काउन लागिपरेका छन् । त्यसकारण यि सबै विषयलाई चिरेर तराई मधेशमा जागरण अभियान ल्याउन र संगठन निर्माण गर्न यो अभियान सञ्चालन गरेका हौँ’ रेग्मीले भन्नुभयो ।

    यस्तै तराई मधेश जनवादी मोर्चाका अध्यक्ष बद्रे आलमले तराई मधेका जनतालाई त्यहाँका मधेशवादी दलहरुले अलमल्याइरहेको बताउनुभएको छ । तराईमा व्याप्त सामन्ती शोषण र किसानहरुमाथिको थिचोमिचो विरुद्ध किसान महासंघसँग मिलेर अभियान सञ्चालन गरिएको आलमले बताउनुभयो ।

    यस्ता छन् संयुक्त कार्यक्रमका नाराहरू
    १. तराई–मधेस जनतामाथिको शोषण, उत्पीडन र भेदभावको अन्त गर्नुपर्दछ ।
    २. भूमिहीन, सुकुम्बासी किसानहरूको लागि भूमिको व्यवस्था हुनुपर्दछ ।
    ३. कृषिजन्य उत्पादन गर्ने किसानहरू (धान, गहुँ, तरकारी, फलफूल, उखु, पशु तथा पंक्षि पालन आदि)को समस्याको समाधान हुनु पर्दछ ।
    ४. विदेशी नागरिकहरूको नागरिकता खारेज हुनु पर्दछ र तराइ–मधेसका रैथाने जनतालाई नागरिकता प्रदान गर्नुपर्दछ ।
    ५. तराईबासी जनताको मौलिक अधिकारलाई सुनिश्चित गरिनु पर्दछ ।
    ६. सबै प्रकारका भ्रष्टाचार बन्द हुनुपर्दछ र अनुदान वितरणमा हुने कमिशनलाई भ्रष्टाचारको कानुन बनाउनु पर्दछ ।
    ७. सिंचाईलाई सरकारले प्राथमिकता तोक्नु पर्दछ ।
    ८. कृषि उत्पादनको लागत मूल्य र मुनाफाका आधारमा सरकारले मूल्य तोक्नु पर्दछ ।
    ९. हरेक कृषि उत्पादनलाई आवश्यकता पर्ने बिजुली शतप्रतिशत अनुदान दिनुपर्दछ ।
    १०. विचौलिया प्रथालाई बन्द गरी किसानको उत्पादन सरकारले नै किन्ने व्यवस्था गर्नुपर्दछ ।
    ११. महिलामाथिको भेदभाव बन्द गरिनु पर्दछ ।

    शुक्रबार, माघ १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.