काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टर फाइनलमा इङ्गल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
Advertisement
कतारको अलवयात रङ्गशालामा २०७९ मङ्सिर २५ गते भएको खेलमा फ्रान्सले इङ्गल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको सत्रौँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको चवन्नौँ मिनेटमा इङ्गल्यान्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि अन्ठाउन्नौँ मिनेट ओलिभर गिराउन्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।
फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्ने छ ।