बुटवल । अखिल नेपाल महिला सङ्घको आयोजनामा रुपन्देहीको कञ्चन गाउँपालिकामा पालिक स्तरीय भेला सम्पन्न भएको छ ।
Advertisement
भुमादेवी खनालको अध्यक्षतामा महिला सङ्घकी जिल्ला अध्यक्ष भानु जिसी, सिद्धार्थ नगर पालिका समितिकी उपाध्यक्ष रेनुका सुवेदी र राष्ट्रिय जनमोर्चा कञ्चन पालिका समितिका अध्यक्ष लीलाराम खनालको उपस्थितिमा २०७९ साउन २१ गते सो भेला सम्पन्न भएको हो ।
भेलाले भुमादेवी खनाल अध्यक्ष रहनुभएको ११ सदस्यीय महिला सङ्घको पालिका समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कोपिना थापा, सचिवमा मीना क्षेत्री, सहसचिवमा होमा थापाक्षेत्री र कोषाध्यक्षमा उमा थापा रहनुभएको छ ।
त्यसैगरी, सदस्यमा देवी थापा, धनरूपा पुन, पारू बताल, धनमाया थापा, रेखा थापा र सुमित्रा बलाल रहनुभएको छ ।