काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसनल स्कुलले बागमती प्रदेशस्तरीय रग्वी प्रतिस्पर्धामा तेस्रो स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ ।
Advertisement
बिहीबार दशरथ रंगशालामा भएको प्रदेशस्तरीय रग्वी प्रतिस्पर्धामा फेरिल्याण्डले तेस्रो स्थान हासिल गरेको थियो । १९ टिम सहभागी प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो भने काठमाडौंको प्रारम्भ स्कुल दोस्रो भएको थियो ।

विद्यालयले तेस्रो स्थान हासिल गरेको सुखद अवसरमा शुक्रबार खेलाडी विद्यार्थीलाई सम्मान गरिएको फेरिल्याण्ड इन्टरनेसनल स्कुलका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले बताउनुभयो ।
सो विद्यालयले तृतीय स्थान हासिल गर्ने खेलाडीलाई विद्यालयमा सम्मान गरेको हो । विद्यालयका निर्देशक राम गौतमले विजेत खेलाडीलाई सम्मान गर्नुभएको थियो ।
