काठमाडौं । काठमाडौंको लाजिम्पाटमा टुकुचा खोलाले मोटरसाइकल बगाएको छ । खोलाले चालकसहित मोटरसाइकल बगाएपछि स्थानीयले तत्काल चालकको उद्धार गरेका छन् ।
Advertisement
बुधबार अपरान्ह लाजिम्पाटस्थित निलसरस्वतीस्थान नजिकै बाढीले बगाएको हो ।
मोटरसाइकल चालक धापासीका २१ वर्षीय सुरज अर्याललाई तत्काल उद्धार गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
बागमती प्रदेश ०२–०१३ प २५८८ नम्बरको मोटरसाइकल भने फेला नपरेको र खोजि भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार परेकाे वर्षाले काठमाडाैंका विभिन्न क्षेत्र डुबानमा पर्नुका साथै खाेलानाला बढेका छन् ।