प्युठान । राष्ट्रिय जनमोर्चाले प्युठानमा थप तीन जना वडाअध्यक्ष जितेको छ ।
Advertisement
स्वर्गद्वारी नगरपालिमा वडा नं २ मा राजमोका बुद्धिराम पुन प्यानलसहित विजयी हुनुभएको छ ।
यस्तै, प्युठान नगपालिका वडा नं ५ बाट नन्दराम पुनले जित हासिल गर्नुभएको छ ।
यसैगरी मल्लरानी गाउँपालिका वडा नं २ को अध्यक्षमा लेख बहादुर थापा विजयी हुनुभएको छ ।
यो सहित प्युठानमा राजमोले चार वडाअध्यक्ष जितेको छ ।

यसअघि मल्लरानी गाउँपालिकाको वडा नं १ मा पनि राष्ट्रिय जनमोर्चाले जितेको छ । राजमो वडाअध्यक्षका उम्मेदवार चिन्तबहादुर राहु मगर निर्वाचित हुनुभएको हो ।