• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

गलत विचारलाई निस्तेज पारेर मात्र क्रान्तिकारी आन्दोलन अगाडि बढाउन सम्भव हुन्छ : महामन्त्री सिंह


  •   शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित
  • जगत प्रसाद रेग्मी, काठमाडौं ।

    Advertisement

    नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले क्रान्तिकारी विचारको रक्षाका लागि गलत विचार र प्रवृतिलाई निस्तेज पार्नुपर्ने बताउनुभएको छ ।

    नेकपाको ७४ औँ स्थापन दिवस तथा १५३ औँ लेनिन जयन्तीका अवसरमा नेकपा (मसाल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले यस्तो बताउनुभएको हो ।

    कम्युनिष्ट आन्दोलनलाई सही ढंगले बुझ्न विश्व र नेपालको अवस्थालाई हेर्नुपर्ने उहाँले बताउनुभयो । सही विचार अपनाउन नसक्दा कैयौं कम्युनिष्ट पार्टी विघटन भएका वा अवसरबादी संगठनमा परिणत भएका उहाँले उदाहरण दिनुभयो । उहाँले संगठन निर्माण र सैद्धान्तिक दृष्टिकोणलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो । रुसमा लाखौं सदस्य भएपनि कम्युनिष्ट आन्दोलन पतन भएको उहाँले बताउनुभयो ।‘एउटा पक्ष कमजोर भए कम्युनिष्ट आन्दोलन कमजोर हुन्छ । जस्तै रुसमा कम्युनिस्टको पतन भयो । मानिसले पहिले देखि नै व्यक्तिगत स्वार्थले जग हाल्दै आएको थियो’ उहाँले भन्नुभयो, ‘लेनिन स्टालिनको मृत्यु पछि वैचारिक संघर्ष कमजोर भयो अनि समाज वादको अन्त्य भयो ।’

    कम्युनिस्ट पार्टीले आन्दोलनलाई सही वैचारिक रूपमा अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी एमालेमा व्यक्तिगत स्वार्थको प्रवृत्तिले गर्दा गलत बाटोमा गए । आज हामी भित्र पनि त्यो प्रवृत्ति छ । त्यसबाट मुक्त हुन पर्छ।’

    महामन्त्री सिंहले जो सत्तामा गयो त्यसैका पछि दौडिरहने प्रवृति बढेको बताउनुभयो । ‘भ्रष्टाचार गर्ने, सम्पत्ति जोड्ने, सुख सयल गर्ने । यो खतरा हो कम्युनिस्ट आन्दोलनको लागि’ उहाँले भन्नुभयो, ‘अहिले पनि युवा विद्यार्थीमा सैद्धान्तिक अध्ययनको कमिले विचार र क्रान्तिकारी स्प्रिट कमजोर हुने गरेको छ ।कार्य्कर्ताले व्यक्तिगत काममा जोड दिने र पार्टीको कामलाई ध्यान नदिने कारणले गर्दा क्रान्तिकारी आन्दोलन पछाडी परेको छ ।’उहाँले तत्काल गर्ने काम के हो त्यसमा हामी ख्याल गर्नुपर्ने भन्दै रणनीतिका साथ साथै तत्कालको कार्यनीतिले पनि महत्त्व राख्ने बताउनुभयो । अहिले केपी ओलीले प्रतिगमनतर्फ देशलाई धकेल्ने प्रयास गरिरहेकोले त्यसलाई रोक्नुपर्ने आवश्यकता रहेको सिंहको भनाई थियो ।

    ‘ओलीले प्रतिगमन निम्त्याउन प्रयासरत छन् उनलाई राप्रपाले समर्थन गरेको छ । भारतले समर्थन गरेको छ’ उहाँले भन्नुभयो, ‘दशकौँ लडेर ल्याएको गणतन्त्रमा अहिले पनि खतरा कायम छ ।’

    कार्यक्रम मा राष्ट्रिय जनमोर्चाका सचीव हिमलाल पुरी, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निम बहादुर बुढाथोकी, अखिल नेपाल कानुन व्यावसायिक संघ (अन्ला) अध्यक्ष पदम रोका, जातीय समता समाजका महासचिव भक्त विस्वकर्मा, अखिल नेपाल बुद्धिजीवी संघका कोषाध्यक्ष भोला ढकाल, राजमो केन्द्रीय सदस्य लाल बहादुर थापा र घनश्याम न्यौपाने, प्रगतिशील लेखक संघ नेपाल बागमतीका अध्यक्ष लक्षमणदेव पाण्डे, अखिल (छैटौं) का पूर्वसल्लाहकार भिष्म जोशीको आतिथ्यता रहेको थियो ।

    कार्यक्रमको सन्चालन नेकपा (मसाल) बागमतीका प्रवक्ता समीर सिँहले गर्नुभएको थियो भने अध्यक्षता नेकपा (मसाल) केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले गर्नु भएको थियो ।

    शुक्रबार, बैशाख ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.