काठमाडौं । चन्द्रागिरी नगरपालिकामा पाँच दलीय गठबन्धले स्थानीय निर्वाचनमा तालमेलका लागि संयन्त्र निर्माण गरेका छन् । बुधबार बसेको गठबन्धनको दोश्रो बैठकले संयन्त्र बनाएको हो ।
गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पाटीको संयुक्त बैठकले यस्तो संयन्त्र निर्माण गरेको हो संयन्त्रमा नेपाली कांग्रेसको संयोजकसहित तीन सदस्य र बाँकी दलहरुबाट दुई/दुई जना गरी ११ जना रहने बताइएको छ ।
बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा चन्द्रागिरी नगर इन्चार्ज रोशन दानीले नगरपालिकाका सबै वडामा अपसी सहमतिका आधारमा तालमेल हुने बताउनुभयो ।
उहाँले प्रतिगामी शक्तिलाई पराजित गर्न गठबन्धन दलबीच चुनावी सहकार्य भएको भन्दै यसले राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गर्नुभयो । गठबन्धनको अर्को बैठक चैत २७ गते बस्ने जनाइएको छ ।