• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग

"एम.सी.सी. विरुद्ध फागुन १९ देखि २२ गतेसम्म देशव्यापी विरोधसभा गरिने "

  •   सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा पाँचदलीय गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रघाती एम.सी.सी. संसद्बाट षड्यन्त्रमूलक तरिकाले पारित गरेसँगै पाँचदलीय गठबन्धनले देशको सार्वभौमिकता र अखण्डतामाथि आँच पुर्याएको ठहरका साथ राजमो गठबन्धनबाट अलग भएको हो ।

    Advertisement

    राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ फागुन १६ गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ ।

    राजमो केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णय सार्वजनिक गर्न जारी गरिएको सो वक्तव्यमा प्रतिगमन विरुद्धको सङ्घर्षमा सही भूमिका खेले पनि पछिल्लो समयमा सार्वभौमिकता र अखण्डताको सवालमा पाँचदलीय गठबन्धनले गलत भूमिका खेलेको बताइएको छ ।

    वक्तव्यमा संसद्मा मतदान नगरी ध्वनिमतबाट एम.सी.सी. बारे निर्णय गरिएकोमा आपत्ति प्रकट गरिएको छ भने गठबन्धनको अर्को दल माओवादी केन्द्रले आफ्ना कार्यकर्ताहरूको आक्रोश मत्थर पार्न नौटङ्की गरिएको उल्लेख छ ।

    त्यसैगरी वक्तव्यमा एमालेको रमिते, गैरजिम्मेवार व्यवहार र प्रकारान्तरले एम.सी.सी. लाई पारित गराउन खेलेको भूमिकाको पनि बैठकले भत्र्सना गरेको बताइएको छ ।

    एम.सी.सी. को विरुद्धमा फागुन १९ देखि २२ गतेसम्म देशव्यापी विरोधसभा गर्ने जानकारी दिइएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
    “आज बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ ।

    १. केपी ओलीले लादेको प्रतिगमनका विरुद्ध हाम्रो पार्टीले प्रतिगमन विरुद्धको पाँचदलीय गठबन्धन निर्माण र त्यसको निरन्तरतामा जोड दिदै आएको थियो । प्रतिगमन विरुद्धको पाँचदलीय गठबन्धनले विघटित संसद्को पुनस्र्थापना, ओली सरकारको अन्त्य, प्रतिगमनका विरोधी शक्तिहरूको नेतृत्वमा नयाँ सरकार निर्माण तथा गणतन्त्रको रक्षाका लागि महŒवपूर्ण काम गरेको थियो, जुन सही थियो ।
    एम.सी.सी. जस्तो राष्ट्रघाती सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनता सडकमा उत्रेका छन् । हाम्रो पार्टीले लगातार एम.सी.सी. को खारेजीमा जोड दिँदै आएको छ । एम.सी.सी. सम्झौताले देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर बनाउनुका साथै सम्झौताका आडमा अमेरिकी सेनासमेत नेपाल आउन सक्ने र त्यसबाट हाम्रो असंलग्न परराष्ट्र नीति पनि धरासायी हुने भएकाले विद्यमान अवस्थामा एम.सी.सी. विरुद्धको सङ्घर्ष प्रधान बनेर अगाडि आएको छ । यस परिप्रेक्ष्यमा पाँचदलीय गठबन्धनभित्रको हाम्रो पार्टीबाहेकका चार पार्टीले एम.सी.सी. लाई संसद्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँचदलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँचदलीय गठबन्धनलाई कायम राखिरहनुपर्ने औचित्य समाप्त भएको छ । गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षति पुगेकाले त्यसबाट हाम्रो पार्टी आजकै मितिदेखि अलग भएको घोषणासमेत गर्दछौँ ।

    २. एम.सी.सी. लाई पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि हाम्रो पार्टी घोर विरोध तथा भत्र्सना गर्दछ । एम.सी.सी. जस्तो राष्ट्रघाती सम्झौता, जसले राष्ट्रलाई दीर्घकालीन रूपले गम्भीर क्षति पु¥याउने छ, जसको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर ध्वनिमतको आधारमा त्यसलाई पारित गरियो । यदि अल्पमत बहुमतको विधिअनुसार मत विभाजन गरेको भए एम.सी.सी.लाई विद्यमान अवस्थामा अनुमोदन गर्न सरकारका लागि मुस्किल पर्ने भएको हुनाले नै ध्वनिमतको सहारा लिएर अनुमोदन गर्ने काम भएको छ । सरकारको यस प्रकारको तानाशाही तथा निरङ्कुश प्रवृत्तिको हामी घोर विरोध तथा भण्डाफोर पर्दछौँ ।

    ३. एम.सी.सी. सम्झौता संसद्द्वारा षड्यन्त्रमूलक ढङ्गबाट पारित गर्नुका साथै सम्झौताको व्याख्यात्मक प्रस्ताव पनि पारित गरिएको छ । उक्त कथित व्याख्यात्मक प्रस्तावलाई समेत हाम्रो बैठकले औचित्यहीन ठहर गरेको छ । माओवादी र एकीकृत समाजवादीले व्याख्यात्मक प्रस्तावमा कथित सहमति जनाउने कुरा आफ्ना कार्यकर्ताहरूको एम.सी.सी. विरुद्धको आक्रोसलाई मत्थर पार्न गरिएको नौटङ्की मात्र हो । अन्तिम अवस्थामा आएर एम.सी.सी. जस्तो राष्ट्रघाती सम्झौता पारित गर्न माओवादी र एकीकृत समाजवादीले खेलेको भूमिकाको समेत हाम्रो पार्टीले घोर विरोध तथा भत्र्सना गर्दछ । त्यसका साथै राष्ट्रियता जस्तो गम्भीर सवालमा एमालेले देखाएको रमिते, गैरजिम्मेवार व्यवहार र प्रकारान्तरले एम.सी.सी. लाई पारित गराउन खेलेको भूमिकाको पनि बैठकले भत्र्सना गरेको छ ।

    ४. एम.सी.सी. विरुद्धको सङ्घर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरका विरोध सभाहरू गर्ने ठेगान भएको छ ।”

    सोमबार, फागुन १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.