परासी । एम.सी.सी. का विरुद्ध नवलपरासीको सदरमुकाम परासीस्थित जिल्ला प्रसासन कार्यालयअगाडि धर्ना कार्यक्रम सम्पन्न भएको छ ।
आठ दलको एम.सी.सी. विरुद्ध देशैभरि जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रमअन्तर्गत २०७८ फागुन ८ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो लुम्बिनी प्रदेश सदस्य तिलकप्रसाद सुवेदीले संसद्मा राष्ट्रघाती एम.सी.सी. टेबल हुनु अत्यन्त दुखद् भएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (मसाल) नवलपरासीका प्रवक्ता धनपति सापकोटा, देशभक्त जनगणतान्त्रिक मोर्चाका प्रेम रिमाल, नेकपा (क्रान्तिकारी माओवादी) का छवि खराल र नेकपा विप्लवका सुमन ज्ञवालीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमपूर्व परासी बजारको बुद्धचोकबाट गगनभेदी नारासहित निस्किएको जुलुस बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको गेटमा आई धर्ना दिइएको थियो ।