अर्घाखाँची । राष्ट्रिय जनमोर्चा मालारानीले गाउँपालिकाका दुई विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
Advertisement
मालारानी गाउँपालिका वडा नं. ७ मा रहेको श्री वैद्यनाथ माविलाई शैक्षिक विकासको लागि कक्षा ११ र १२ कक्षा सञ्चालनको लागि १० दशहजार सहयोग गरेको हो ।
राजमो मालारानी– ७ का अध्यक्ष सुरेन्द्र बस्नेतले विद्यालयका प्रधानाध्यापक मान बहादुर कुँवरलाई सो रकम हस्तान्तरण गर्नु भएको छ ।
यस्तै, मालारानी गाउँपालिका वडा नं ७ स्थित श्री वराह आधारभूत विद्यालयलाई रु पाँच हजार प्रदान गरिएको छ । राजमो वडा नं ७ वडा समितिका सदस्य कृष्ण बहादुर थापा, प्रेम नेपाली र मान बहादुर नेपालीले विद्यालयका प्रधानाध्यापक गिरिराज मरासिनीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।