• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

‘पार्टीलाई गालीगलौज र झुठा आरोप लगाएर जम्मा गरेका कार्यकर्ता तितरवितर हुन थाले’


  •   बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पार्टीमाथि फुटपरस्त तत्वहरुले लगाएको आरोप गलत रहेको कुरा व्यवहारबाटै प्रमाणित भएको बताएको छ ।

    Advertisement

    पार्टीलाई विभिन्न झुठा आरोप लगाएर र गालीगलौज गरेर जम्मा गरेका कार्यकर्ता निराश भएर यताउता दौडन थालेको मसालले उल्लेख गरेको छ ।

    बिहीबार विज्ञप्ति प्रकाशित गरी महामन्त्री मोहनविक्रम सिंहले भ्रमवश फुटपरस्त तत्वहरुको पछि लागेका इमान्दार कार्यकर्ताहरुलाई पार्टीमै फर्कन आह्वान गर्नुभएको छ ।

    फुटपरस्त तत्वहरुको कुनै सैद्धान्तिक र राजनैतिक आधार नभए पनि उनीहरूले केही इमान्दार साथीहरूलाई पनि आफ्ना साथमा लैजान सफल भएको सिंहले बताउनुभएको छ ।

    पुराना फुटेर गएकाहरुले जस्तै नयाँ फुटपरस्त साथीहरूले पनि क्रान्तिका ठूलाठूला कुरा गरेर आफ्ना साथमा लगेर इमान्दार कार्यकर्तालाई एक वा अर्को प्रकारले अवसरवादको बाटोमा लैजाने, अलपत्र पार्ने वा पलायनको बाटोमा लैजाने कुरा प्रस्ट भएको बताउनुभएको छ ।

    नेकपा (मसाल) बाट फुटेर गएको समूहबाट एक पक्ष तत्कालै माओवादीमा जान लागेको र अर्को पक्ष एमालेमा विलय हुने चर्चाबीच महामन्त्री सिंहको उक्त भनाई आएको हो ।

    वक्तव्यमा भनिएको छः
    ‘ने.क.पा. (मसाल)बाट निष्कासित वा फुटेर गएका साथीहरूको कुनै सैद्धान्तिक र राजनैतिक आधार थिएन भन्ने कुरा झन् पछि झन् स्पष्ट हुँदै गएको छ । उनिहरूले कुनै सिद्धान्त वा राजनैतिक आधारले होइन मसाल र नेतृत्वको आलोचना र गालीगलौजको आधारमा नै पार्टीमा भ्रम पार्ने र कार्यकर्ता फुटाउने प्रयत्न गरेका थिए । हामीले त्यस प्रकारको सिद्धान्तहीन र अराजनीतिक तरिकाद्वारा उनीहरू धेरै अगाडी वढ्न नसक्ने कुरा स्पष्ट गर्दै आएका थियौं । हामीले भनेका थियौं, २/४ वर्षमा नै उनीहरूको वास्तविकता प्रकट हुनेछ र एक वा अर्को प्रकारले उनीहरूको पतन हुनेछ । तर हामीले २/४ वर्ष पर्खनु परेन । उनीहरूको भेला भएको १/२ महिनामा नै उनीहरूको स्थिति स्पष्ट हुन थालेको छ ।

    उनीहरूले हाम्रो पार्टीलाई दक्षिणपन्थी बताएर क्रान्तिकारीताको जुन ठूला कुरा गरेका थिए, उनीहरूको कथित राष्ट्रिय भेलाद्वारा सबै दाबीहरू गलत सावित भए । उनीहरूले हाम्रो पार्टीले अपनाउँदै आएका नीतिहरूको विकल्पमा कुनै क्रान्तिकारी कार्यक्रमको कुरा छाडौं त्यसको छेउ सम्म पनि प्रस्तुत गर्न सकेनन् । उनीहरूको भेलाले उनीहरूको क्रान्तिको महललाई तासको घरझैं भताभुङ्ग पारिदियो ।

    त्यसको परिणामस्वरूप भेलाबाट फर्केका उनीहरूका कार्यकर्तामा धेरै नै निराशा पैदा भयो । त्यसैले अब उनीहरूले गालीगलौज र झुठा आरोपहरूको खेती गरेर जम्मा गरेका कार्यकर्ताहरू बेग्लाबेग्लै दिशामा दौडिन थालेका छन् । अहिलेसम्म उनीहरूका कयौँ कार्यकर्ताहरू एकीकृत समाजवादीमा गए भने कयौँले माओवादीमा जाने तयार गरेका छन् । कतिपयले एमालेमा जाने कुरा पनि गर्दै छन् । २/४ वर्षको कुरा परै छ, अरू २/४ महिनामै उनीहरूको स्थिति अरू स्पष्ट भएर जाने कुरा निश्चित छ ।

    उनीहरूसँग झुटटा आरोप र गालीगलौज बाहेक कुनै सैद्धान्तिक र राजनैतिक आधार थिएन । सिद्धान्त र राजनीति नभएको हुनाले उनीहरूलाई आफ्ना कार्यकर्तालाई राख्न सम्भव थिएन । त्यसैले उनीहरूले जुन क्रान्तिका ठूलाठुला कुरा गरेका थिए, व्यवहारमा त्यो एउटा प्रहसन मात्र सावित भएको छ ।

    उनीहरूको कुनै सैद्धान्तिक र राजनैतिक आधार नभए पनि उनीहरू केही इमान्दार साथीहरूलाई अवश्य पनि आफ्ना साथमा लैजान सफल भएका छन् । पहिले पनि कतिपय उग्र‘वामपन्थी’ वा दक्षिणपन्थी अवसरवादीहरूले पार्टीका कतिपय इमान्दार साथीहरूलाई भ्रम दिएर आफ्नो साथमा लगेका थिए र उनीहरूलाई एक वा अर्को प्रकारले अलपत्र पारेका थिए वा पलायनको बाटोमा पु¥याएका थुप्रै उदाहरणहरू छन् । अहिलेका नयाँ फुटपरस्त साथीहरूले पनि क्रान्तिका ठूलाठूला कुरा गरेर आफ्ना साथमा लगेर उनीहरूलाई एक वा अर्को प्रकारले अवसरवादको बाटोमा लैजाने, अलपत्र पार्ने वा पलायनको बाटोमा लैजाने कुरा प्रस्ट छ ।

    उनीहरू मध्ये केही व्यक्तिहरूले त पार्टीलाई ध्वस्त पार्ने उद्देश्यले नै पार्टीलाई फुटाउन प्रयत्न गरेको कुरा प्रस्ट छ । तर थुप्रै इमानदार साथीहरू भ्रमवश पनि उनीहरूको पछि लागेका छन् । त्यस प्रकारका सबै इमानदार साथीहरूलाई पुनः पार्टीमा फर्कनको लागि हामीले सल्लाह दिन्छौँ । त्यसो भएमा नै उनीहरू अवसरवाद वा पलायनको बाटोबाट बच्न सक्ने छन् ।

    जुन साथीहरूले सनियत नै पार्टीलाई फुटाउने वा ध्वस्त गर्ने काम गरिरहेका छन्, ती सबै वेइमान र पार्टी विरोधी तत्वहरू हुन् भन्ने हाम्रो निष्कर्ष छैन । कतिपय साथीहरू इमान्दार, पार्टी र क्रान्तिप्रति प्रतिवद्ध भएपनि व्यक्तिगत अन्तरविरोध, कुण्ठा, पूर्वाग्रह वा इस्र्या, डाहा, रिसाहा स्वभाव तथा कतिपय आफ्ना स्वभावजन्य कमजोरीहरूका कारणले पार्टीमाथि हमला गर्ने वा पार्टीलाई फुटाउन प्रयत्न गरेको सम्भावनालाइ पनि अस्वीकार गर्न सकिन्न । त्यस प्रकारका कमजोरीहरूलाई आलोचना, आत्मालोचना वा सैद्धान्तिक प्रशिक्षणद्वारा सुधार गर्न सकिन्छ । त्यसकारण त्यस प्रकारको एक वा अर्को कमजोरीका कारणले पार्टीको विरोध गरेका साथीहरूलाई हामीले आत्मालोचना गरेर पार्टीमा फर्कनको लागि मैत्रीपूर्ण अनुरोध गर्दछौँ ।

    अन्तमा हामीले एउटा कुरा प्रस्ट गर्न चाहन्छौं– पार्टीको लामो इतिहासमा हाम्रो पार्टीमाथि विभिन्न उग्र‘वामपन्थी’ वा दक्षिणपन्थी अवसरवादीहरूले कयौँ पटक हमला गर्ने, पार्टीलाई समाप्त पार्ने प्रयत्न गर्दै आएका छन् । तर हाम्रो पार्टीले सँधै एकातिर क्रान्तिकारी माक्र्सवादी लेनिनवादी सिद्धान्त र अर्कातिर परिस्थितिको ठोस विश्लेषणमाथि आधारित राजनीतिक लाइनको आधारमा काम गर्दै आएको हुनाले उनीहरूको हमलाको कारणले हाम्रो पार्टी उनीहरूले आशा र कामना वा भविष्यवाणी गरे जस्तो गरी समाप्त हुने गरेको छैन । तर सैद्धान्तिक राजनीतिक संगठनात्मक प्रकारले झन् मजवुत र सुदृढ हुँदै आएको छ र हाम्रो पार्टीमाथि हमला गर्ने तत्वहरूको एक व अर्को प्रकारले पतन हुँदै गएको छ ।

    त्यही प्रकारले अहिलेका नयाँ फुटपरस्त तत्वहरूको लगातारको गालीगलौजको वावजुत हाम्रो पार्टीलाई कुनै असर नपुग्ने र बरू एक वा अर्को प्रकारले उनीहरूको नै पतन हुने कुरा निश्चित छ । हामीले २/४ वर्षमा नै त्यो कुरा स्पस्ट हुनेछ भनेर भनेका थियौँ, तर एकाध महिनामै उनीहरूले बटुलेका कार्यकर्ताहरू पुरोहितका गाईहरू जस्तै कयौँ दिशातिर दौडिन थालेको कुराले उनीहरूको पतनको दिशालाई नै बताउँछ । अरू २/४ महिनामा त्यो कुरा अरू छर्लङ्ग भएर जाने कुरा निश्चित छ ।’
    २०७८ पौष ०८ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

    बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.