• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

टेक बहादुरकी आमा भन्नुहुन्छः छोराको सपना खिमविक्रमले पुरा गरुन्


  •   शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित
  • लक्ष्मी चौधरी
    स्वर्गीय टेक बहादुर घर्तीकी आमा हिरा कुमारीले अहिलेसम्म पनि छोरो आफूमाझ नरहेको पिडा भुल्न सक्नुभएको छैन । ७६ वर्षीया आमालाई अहिले पनि टेकबहादुर पार्टीको काममा कतै गएको पो छ कि, फर्केर आइहाल्छ कि भन्ने लाग्छ । तर, यथार्थ सम्झँदा मुटु भक्कानिन्छ ।

    Advertisement

    हामीले टेकबहादुरको बारेमा सोध्न थालेपछि आमाको गला अवरुद्ध भयो । आँखाबाट बरर आँशु झर्यो । तैपनि समालिएर बोल्नुभयो, ‘यो पापिकाल पनि कस्तो बैगुनी हुँदो रहेछ नानी ! सोच्दै नसोचेको भयो । कुन आमा बुबाको सपना हुँदैन र, आफ्नो छोरा ठुलो मान्छे बनोस् । घरपरिवार र समाजका लागि केही गरोस् भन्ने ।’

    हुन पनि टेकबहादुर घर्ती एउट अब्बल छोरा हुनुहुन्थ्यो । सानै उमेरदेखि सामाजसेवामा चासो राख्ने घर्ती हक्कि स्वभावका हुनुहुन्थ्यो । आफ्ना कुरा निर्धक्कसँग समाजलाई बुझाउन सक्ने क्षमता उहाँसँग थियो । त्यही क्षमताका कारण समाजमा अन्याय अत्याचार विरुद्ध उहाँले संघर्ष गर्नुभयो र स्थापित पनि हुनुभयो । आफ्नो क्षेत्रको विकासका लागि रातदिन खट्नुहुन्थ्यो । टेकबहादुर घर्ती सामाजिक रुपमा जसरी जनताको मन मस्तिष्कमा बस्न सफल हुनुभयो, त्यसरी नै पार्टीमा पनि स्थापित हुनुभयो ।

    स्वर्गीय घर्ती स्थानीय गाउँ समाजका लागि मात्रै होइन, पार्टीको पनि एउटा भरोसायोग्य नेता हुनुहुन्थ्यो । कैयौं कठिन परिस्थितिसँग जुझ्दै घर्तीले बाग्लुङमा पार्टीलाई स्थापित गर्न महत्वपुर्ण भूमिका खेल्नुभएको छ । गलत तत्वका विरुद्ध सम्झौताहिन संघर्ष गर्दै घर्तीले पार्टीको क्रान्तिकारी विचारलाई अघि बढाउन दृढतापूर्वक लागिरहनुभयो ।

    गत संसदीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाले घर्तीलाई बाग्लुङ २ (ख) प्रदेशसभा सदस्यको उम्मेद्वार बनायो । जनपृय नेता घर्तीले अत्यधिक मत ल्याएर विजयी पनि हुनुभयो । तर, विडम्बना प्रदेशसभामा पुगेको एक वर्ष नपुग्दै जन्डिसका कारण घर्तीको गत वर्ष निधन भयो । स्वर्गीय टेकबहादुरले पार्टी, क्रान्ति र समाजका लागि कैयौं सपना देख्नुभएको थियो । ति, सपना अधुरै रहे । बाँच्नेहरुको काँधमा ति सपना पुरा गर्ने दायित्व आएको छ ।

    आमा हिराकुमारीलाई आफ्नो अब्बल छोरा गुमाउनुको पिडा त छँदैछ । सँगसँगै पार्टीमा लागेका अरु हजारौं छोराहरुले टेकबहादुरको बाटो पछ्याएको देख्दा मन बुझाउन अलि सजिलो पनि भएको छ । त्यसैले त ७६ वर्षको उमेरमा पनि आफ्नो छोराले बोकेको अधुरो सपना पुरा होस् भन्ने कामनासँगै ‘गिलास’ मा भोट माग्दै गाउँ टोलमा हिँडिरहनुभएको छ ।

    टेकबहादुरको निधनपछि बागलुङ २(ख) प्रदेशसभामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । सो क्षेत्रमा राजमोले खिमविक्रम शाहीलाई उम्मेद्वार बनाएको छ । वाम गठबन्धनका तर्फबाट उम्मेद्वार शाहीलाई नेकपाको साथ र समर्थन छ ।
    हिराकुमारी भननुहुन्छ, ‘मलाई खुशी पनि लागेको छ र दुःखी पनि भा’की छु । छोरा गुमाएकोमा दुःखी छु तर मेरो छोराले छोडेको अधुरो सपना खिमविक्रमले पुरा गरुन् । छोराको सपना पुरा भएको देख्न चाहन्छु ।’

    उहाँले राष्ट्रिय जनमोर्चाले टेकबहादुरको ठाउँमा खिमविक्रमलाई उम्मेदवार बनाएकोमा पार्टीलाई धन्यवाद पनि दिनुभयो । उहाँले छोरा टेक बहादुरको सपना पुरा गराउन खिमविक्रम शाहीलाई विजय गराउन भोट माग्दै हिड्नुभएको छ । शाहीमार्फत आफ्नो छोराको अधुरो सपना बुनेकी ति बुढी आमा अहिले सकि नसकि आफ्नो गाउँघरमा चुनाव चिन्ह ‘गिलास’मा भोट हाल्न अनुरोध गर्दै हिँडिरहनु भएको छ ।

    उहाँ भन्नुहुन्छ, ‘रुँदै भए पनि, घुँडाले टेकेर भए पनि गिलासमा भोट हाल्नु जान्छु । अहिले गाउँ घरतिर अरुहरुलाई पनि त्यही भनिरहेकी छु ।’

    बुबा श्याम प्रसाद घर्ती र आमा हिरा कुमारी घर्तीको कोखबाट जन्मिनु भएका टेक बहादुरले पञ्चायतकालमै विद्यार्थी संगठन अखिल (छैठौं)बाट आफ्नो राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । घर्ती पार्टी कामसँगै सामाजिक काममा एकदमै लगनशील हुनुहुन्थ्यो ।

    स्वर्गीय टेकबहादुरको पुरै परिवार नेकपा(मसाल) समर्थक हो । अहिले पिडाकै बिचमा पनि पुरै परिवार चुनाव प्रचारमा व्यस्त छ । टेक बहादुरकी श्रीमती सुनमायाँ घर्तीलाई पार्टीले उम्मेद्वारका लागि सिफरिससमेत गरेको थियो । शिक्षण पेशामा संलग्न उहाँ आफ्नै क्षेत्रबाट योगदान दिइरहनुभएको छ ।

    इस्तै, उहाँको कान्छो भाई चन्द्रबहादुर घर्ती पनि आफ्नो दाईको अधुरो सपना पुरा गर्नको लागि अहिले रात दिन चुनावी अभियानमा लाग्नु भएको छ । चन्द्रबहादुर भन्नुहुन्छ, ‘सानैदेखि दाईभाईसँगै मिलेर बस्ने, सामूहिक रुपमा बस्न रुचाउने र जहिले पनि समाजको लागी केही गर्छु भन्ने भावना बोकेर हिन्नु भएको दाई अहिले यसरी छोडेर जानु भयो । आफ्नो ठाउँलाई एउटा नमुना ठाउँ बनाउने उहाँको चाहना थियो ।’

    त्यसैले दाई टेक बहादुरको सपना पुरा गर्नको लागी सम्पुर्ण घरपरिवार लागीपरेको उहाँको भनाई छ । उहाँ भन्नु हुन्छ, ‘पार्टीले गरेको निर्णयलाई स्वागत गर्छौं । पार्टी कार्यकर्ताको हैसियतले र अग्रज दाजुको परिवारको सदस्य भएको हैसियतले पनि दाईको अधुरो सपना पुरा गर्नको लागि सकेजति सहयोग गर्छौं ।’

    १४ वर्षको उमेरबाटै नेकपा (मसाल) निकट विभिन्न जनसंगठनमा काम गर्दै हाल राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिको सचिवालय सदस्य तथा रक्तिम साँस्कृतिक अभियानका जिल्ला सदस्यका रुपमा कार्यरत रहनुभएको छ ।

    चन्द्रका अनुसार जेठो दाई टमबहादुर सुरुमा नेकपा (मसाल)मा आवद्व हुनुभयो र सम्पुर्ण परिवार नै पार्टीमा आवद्ध भएको हो । उम्मेद्वार खिमविक्रममा टेकबहादुर घर्तीलाई देखिरहेको यो परिवार अहिले शोकमा पनि खिमविक्रमलाई जिताउन तन, मन, धन दिएर लागिरहेको छ ।

    शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोतीराम भट्टको एक सय एकसट्ठिऔँ जन्मजयन्ती मनाइँदै
    प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुँदै
    बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन
    उपत्यकामा सबै कम्पनीको ग्यास सिलिन्डर साट्न सरकारको निर्देशन
    ‘१२ मई’ नाटकले निरङ्कुशता पराजित हुने सन्देश दिएको मसालको निष्कर्ष
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.