• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रगतिशील साहित्यको लोकप्रियता


  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##
    हिजोआज हाम्राबिचमा प्रगतिशील शब्द तथा प्रगतिशील साहित्य निकै नै प्यारो र लोकप्रिय बनेर स्थापित भएको छ । यसैले साहित्यको क्षेत्रमा हरेक व्यक्तिले आफूलाई प्रगतिशील भन्न रुचाउँछन् । कैयौँले त यस्तोसम्म तर्क गर्ने गर्दछन् कि साहित्यमा प्रगतिशील र अप्रगतिशील भन्ने भेद नै हुँदैन । हरेक साहित्य अर्थात् जम्मै साहित्य प्रगतिशील नै हुन्छ तर यस्तो कुतर्कसँग हामी सहमत हुन सक्दैनौँ; किनकि व्यवहारमा नै हामीले देखिरहेका हुन्छौँ, आफूलाई प्रगतिशील ठान्ने कैयौँ व्यक्ति र ती व्यक्तिबाट सिर्जना गरिएका सृजना प्रगतिशील हुँदैनन् । समाजमा रहेका कुपरम्परा र कुरीतिका जन्जिरभन्दा उनीहरू बाहिर निस्कन सकिरहेका हुँदैनन् । उनीहरू मुखले प्रगतिशील भन्ने तर व्यवहारमा यथास्थिति, रूढीवाद र छाडापनको परिवेशमा रमाउने गरिरहेका हुन्छन् । यसरी यथास्थिति, छाडापन र रूढीवादलाई प्रोत्साहन गर्ने साहित्यको अस्तित्वले यो समाजमा व्यापक स्थान ओगटेको छ । कला र साहित्यमा देखिने यो यथास्थिति, छाडापन र रूढीगत अस्तित्वको कारण हरेक साहित्य प्रगतिशील हुन्छ भन्ने तर्क गर्नु मूर्खता सिवाय अरू केही हुन सक्दैन ।

    Advertisement

    प्रगतिशील बन्न यो अर्थमा जटिल छ, पाइला पाइलामा र सेकेन्ड सेकेन्डमा हाम्रो परीक्षा भइरहेको हुन्छ । यहाँसम्म कि हामीले के खान्छौँ, कुन समयमा खान्छौँ, कस्तो पहिरन गर्छाैं र कस्तो बोली बोल्छौँ ? यी विषयमा समेत हाम्रो परीक्षा भइरहेको हुन्छ ।

    वर्तमान परिवेशमा विकसित प्रगतिशील शब्द र प्रगतिशील साहित्यको लोकप्रियताको कारण कतिपय लेखक तथा स्रष्टाले आफूलाई प्रगतिशील भन्न रुचाएता पनि ती यथास्थितिवादी, छाडापन र प्रतिगामी चरित्रबाट माथि उठ्न नसक्दा उनीहरूबाट प्रगतिशील शब्दको अवमूल्यन हुन पुगेको छ ।

    वास्तवमा प्रगतिशील शब्दको मर्मअनुसार प्रगतिशील बन्नु भन्ने कुरा अत्यन्तै गाह्रो कुरा हो । प्रगतिशील साहित्यका एकदुई थान पुस्तक लेख्दैमा वा चियागफमा माक्र्सवादी दर्शन र क्रान्तिकारी कुरा फलाग्दैमा हामी प्रगतिशील बन्न सक्दैनौँ । प्रगतिशील बन्न यो अर्थमा जटिल छ, पाइला पाइलामा र सेकेन्ड सेकेन्डमा हाम्रो परीक्षा भइरहेको हुन्छ । यहाँसम्म कि हामीले के खान्छौँ, कुन समयमा खान्छौँ, कस्तो पहिरन गर्छाैं र कस्तो बोली बोल्छौँ ? यी विषयमा समेत हाम्रो परीक्षा भइरहेको हुन्छ ।

    खाना र पहिरनकै कुरा गरौँ । हामीले सकेसम्म स्वास्थ्यलाई फाइदा हुने गरी मिठो मसिनो खानेकुरा खानु, जिउलाई सजिलो हुने गरी लुगाहरू चट्ट मिलाएर लगाउनु, सरसफाइमा ध्यान दिनु आदि कुरालाई हामीले लवाइखुवाइका सकारात्मक र प्रगतिशील पक्ष नै मान्न सक्दछौँ तर आफूलाई ठुला प्रगतिशील व्यक्तित्व ठान्ने कैयौँ साहित्यकारहरू मानव स्वास्थ्यलाई असर पुर्याउने चिजहरू; जस्तै– चुरोट, सुर्ती, रक्सी आदि निकै सानका साथ सेवन गरिरहेका हुन्छन् । आफूलाई प्रगतिशील ठान्ने कैयौँ महिला स्रष्टाहरू मञ्चमा उभिएर महङ्गा गहना प्रदर्शन गरिरहेका हुन्छन् । आफूलाई कथित सुन्दरी देखाउन लाली, लिपिस्टिक, नङपालिस र पाउडर घसेका हुन्छन्, जुन कुरा मानव जीवनका लागि बोझ हुन्छ† हानिकारक हुन्छ; त्यही कुरा खानु र लगाउनुलाई प्रगतिशील कदापि मान्न सकिँदैन ।

    प्रगतिशील व्यक्तित्वको पहिचान गर्ने अर्काे महत्त्वपूर्ण विषय भनेको श्रमप्रतिको आस्था र विश्वास पनि एक हो ।

    यसरी नै व्यक्तिले प्रयोग गर्ने बोलीचालीलाई पनि हामीले प्रगतिशीलताको कसीमा राखेर नियाल्न सक्छौँ । आफूलाई प्रगतिशील भन्ने तर आफ्नो बोलीचालीमा अश्लील र असभ्य शब्द प्रयोग गर्ने, आफ्ना प्रतिद्वन्दी र विरोधीको आलोचनामा तल्लोस्तरको गालीगलौजका शब्द प्रयोग गर्ने, अर्काको निन्दा गर्न र कुरा काट्नमा समय व्यतित गर्ने, महिला, अपाङ्ग, सुस्त मनस्थिति भएका मानिसलाई जिस्काउने र दुःख दिने जस्ता कुराले न मानिसको हित नै हुन्छ, न प्रगति नै हुन्छ । यसरी मान्छेलाई हानि पुर्याउने कुरा आफ्नो बोलीचालीमा ल्याउने व्यक्तिलाई हामी प्रगतिशील कदापि भन्न सक्दैनौँ ।

    प्रगतिशील व्यक्तित्वको पहिचान गर्ने अर्काे महत्त्वपूर्ण विषय भनेको श्रमप्रतिको आस्था र विश्वास पनि एक हो । समाजमा आफूलाई प्रगतिशील भन्दै हिड्ने कैयौँ व्यक्तिले सामान्य कामकाजहरू; जस्तै– खाना पकाउने भाँडा माझ्ने, लुगा धुने, भारी बोक्ने जस्ता दैनिक कामकाज गर्न समेत लाज मान्ने गरेको पाइन्छ । बाहिर प्रगतिशीलताको ठुला ठुला गफ हाँक्ने तर मौका पर्दा श्रमिकलाई ठग्ने, हप्काउने र उनीहरूलाई हेला गर्नसम्म पछि नपर्ने कैयौँ व्यक्तित्वहरू यो समाजमा थुप्रै भेटिन्छन् । आफूभन्दा बलिया र उपल्ला वर्गको दलाली गर्ने, चाकडी चाप्लुसी गर्ने, अनि आफूभन्दा कमजोर र तल्ला वर्गलाई हेला गर्ने, उनीहरूको कुरा नसुन्ने, उनीहरूलाई बेवास्ता गर्ने मान्छेहरूले समेत आफूलाई प्रगतिशील नै भन्ने गरेको पाइन्छ । आफ्नो प्रतिभा वा कामप्रति घमण्ड गर्ने, ‘म नै सबैभन्दा जानकार हुँ, मेरो अगाडि अरू चिज केही पनि होइन’ भन्ने भावना बोक्ने, पाखण्डी र घमण्डीपन भएका मानिस कहिल्यै प्रगतिशील हुन सक्दैन । फाटेको लुगा लगाएर पसिनाको गन्ध छोड्दै काम गर्ने कुनै श्रमिक मानिस नजिक पर्दा घृणा भावका साथ नाक खुम्चाउने व्यक्तिहरू कदापि प्रगतिशील हुन सक्दैनन् ।

    वास्तवमा यसरी धार्मिक, रूढीवादी, छाडा र पिछडिएको विचार, जो प्रगतिशील व्यक्तिका निम्ति निन्दनीय विचार हुन्, यिनै विचारद्वारा निर्देशित सामाजिक परम्परा र संस्कृतिमा व्यावहारिक बन्ने नामले सामेल हुनु भनेको शत्रुसँग मिल्नु भन्दा पनि ठुलो गल्ती हो ।

    यति मात्रै होइन, आफ्ना रचनामा यथास्थितिवाद र रूढीवादको विरोध गर्ने तर मन्दिर देख्ने बित्तिकै भित्र पसेर मूर्तिलाई ढोग्ने, भगवानको प्रसाद भनेर मन्दिरको टिको लगाउने, पूजापाठ गर्ने, मृत्यु संस्कारमा कपाल खौरेर र सेतो लुगा लगाएर किरिया बस्ने, जन्म तथा विवाह संस्कारमा बाहुन बोलाएर रूढीवादी परम्परानुरूप कर्म गर्ने, दसैँतिहार र तिज जस्ता पर्वमा धार्मिक मान्यतानुरूप गतिविधि गर्ने, समाजबाट एक्लो परिन्छ भन्ने डरले सामाजिक कुरीतिमा संलग्न हुने कुनै लाभ वा सुविधा पाइने स्थानमा अरूलाई धकेल्दै आफू अगाडि उभिने, पद र प्रतिस्थाको लागि मरिहत्य गर्ने आदि व्यवहारमा प्रगतिशील स्रष्टाहरू पाइला पाइला चुकिरहेको अवस्था हामीले देख्दै आएका छौँ ।

    वास्तवमा यसरी धार्मिक, रूढीवादी, छाडा र पिछडिएको विचार, जो प्रगतिशील व्यक्तिका निम्ति निन्दनीय विचार हुन्, यिनै विचारद्वारा निर्देशित सामाजिक परम्परा र संस्कृतिमा व्यावहारिक बन्ने नामले सामेल हुनु भनेको शत्रुसँग मिल्नु भन्दा पनि ठुलो गल्ती हो । आफूले बोकेको प्रगतिशील तथा क्रान्तिकारी आस्था, विश्वास र विचारमाथि आफैले गरेको ठुलो अन्तरघात हो । यस्तो परिवेशमा हामीले प्रगतिशील साहित्यको सस्तो लोकप्रियताका लागि होइन, वास्तविक अर्थमा र भित्री मनदेखि नै प्रगतिशील हुनुपर्दछ । यसका लागि हामीले प्रगतिशील साहित्यको मूल मर्मलाई ठिकसँग बुझ्न र आत्मसात गर्न जरुरी छ ।

    हामी सबैलाइ थाहा छ, कुनै पनि कला र साहित्यको सृष्टिकर्ता समाज र समाजका मानिस नै हुन् । जुन समाज र त्यहाँका मानिसका चेतनाको स्तर माथि छ, त्यो समाज र त्यहाँका मानिसले सृजना गरेका कला, साहित्य र संस्कृति पनि त्यही स्तरमा माथि र समृद्ध भएको पाउन सकिन्छ । सचेत समाज र मानिसबाट सिर्जना गरिएका साहित्य वास्तवमै वैज्ञानिक, यथार्थ, विकसित, मानव उपयोगी र सार्थक हुन्छ । यसरी नै जुन समाज र त्यहाँका मानिसका चेतनास्तर पिछडिएको र रूढीग्रस्त हुन्छ त्यो समाजको कला, साहित्य र संस्कृति पनि पिछडिएको, रूढीगत, काल्पनिक, जीवन अनुपयोगी र निरर्थक हुन्छ । तसर्थ प्रगतिशिल कला र साहित्यको सिर्जना गर्नका लागि समाज र व्यक्ति स्वयम् चेतनशील हुन जरुरी छ ।

    सामाजिक परिवर्तनको सापेक्षतामा मानिसले सामन्तवाद र पुँजीवादलाई पनि प्रगतिशील विचारको रूपमा मान्नुपरेको थियो अर्थात् दास व्यवस्थालाई परिवर्तन गर्ने सन्दर्भमा सामन्तवाद प्रगतिशील थियो भने सामन्तवादी समाजलाई फेर्ने सन्दर्भमा पुँजीवाद प्रगतिशील थियो ।

    यसरी प्रगतिशील कला र साहित्यको सिर्जना गर्ने चेतना समाज र व्यक्तिले कहाँबाट प्राप्त गर्न सक्छ ? यो एक महत्त्वपूर्ण प्रश्न हो । हामी सबैलाई थाहा छ, यथास्थितिमा परिवर्तन आएर प्रगति हुनु नै प्रगतिशील हो । यो प्रक्रिया भौतिक जगत्को उत्पत्ति भएदेखि नै निरन्तर चलिरहेको छ । संसारमा समाजको उत्पत्ति भएको दिनदेखि नै समाजमा पनि प्रगतिशील परिवर्तनको प्रक्रिया नियमित चल्दै आएको छ ।

    सामाजिक परिवर्तनको सापेक्षतामा मानिसले सामन्तवाद र पुँजीवादलाई पनि प्रगतिशील विचारको रूपमा मान्नुपरेको थियो अर्थात् दास व्यवस्थालाई परिवर्तन गर्ने सन्दर्भमा सामन्तवाद प्रगतिशील थियो भने सामन्तवादी समाजलाई फेर्ने सन्दर्भमा पुँजीवाद प्रगतिशील थियो । यसरी समाजमा प्रगतिशील परिवर्तनको अस्तित्व समाजको उत्पत्तिकालदेखि नै देखा परेको भएता पनि प्रगतिशील परिवर्तनको वैज्ञानिक प्रयोग तथा व्याख्या र प्रगतिशील साहित्यको उत्पत्ति र विकास भने विश्वमा कम्युनिस्ट विचारको उदय भएदेखि मात्रै हुन थाल्यो अर्थात् आजको युगमा प्रगतिशील विचारको मूल प्रवाहमा कम्युनिस्ट विचार नै अग्रभागमा देखा पर्न गएको छ । यसैले गर्दा कतिपय गैरकम्युनिस्टले प्रगतिशील स्वभाव बोक्ने गरेको भएता पनि वर्तमान समयमा प्रगतिशील भनेर कम्युनिस्ट र कम्युनिस्ट विचार मान्ने व्यक्तिलाई बुझ्न थालिएको छ । यसैले प्रगतिशील कला र साहित्यको सिर्जना गर्ने चेतना समाज र व्यक्तिले कम्युनिस्ट विचारबाट नै प्राप्त गर्न सक्छ ।

    अबको समयमा कुनै पनि समाज वा व्यक्ति आत्मैदेखि प्रगतिशील बन्नका लागि कम्युनिस्ट विचारले सुसज्जित हुन जरुरी छ । माक्र्सवादी–लेनिनवादी दर्शन र सिद्धान्तको आधारमा समाज र व्यक्तिले आफूलाई परिवर्तन गर्नुपर्दछ र क्रान्तिका लागि आफूलाई भौतिक रूपमा नै मैदानमा समर्पित गर्नुपर्दछ अर्थात् समाज र व्यक्तिले प्रगतिशील कला र साहित्य सिर्जना गर्ने चेतना केवल कम्युनिस्ट विचार बुझेर वा शब्द कण्ठ गरेर मात्र प्राप्त गर्न सक्दैन, त्यो समाज वा व्यक्ति माक्र्सवादी–लेनिनवादी दर्शनअनुसार बदलिन सक्यो भने अर्थात् भौतिक रूपमै सङ्घर्षको मैदानमा उत्रन सक्यो भने मात्रै ऊ वास्तविक रूपमा प्रगतिशील हुन सक्दछ र यस्तो अवस्थामा मात्रै उसले प्रगतिशील कला र साहित्यको सिर्जना गर्न सक्दछ । त्यही सङ्घर्षको मैदानबाट मात्रै सही अर्थको प्रगतिशील कला र साहित्यको सिर्जना गर्ने चेतना प्राप्त गर्न सक्दछ अर्थात् समाज वा व्यक्तिले प्रगतिशील साहित्य र कला प्राप्त गर्ने चेतना माक्र्सवादी–लेनिनवादी दर्शन र यो दर्शनअनुरूप सञ्चालन हुने सङ्घर्षको मैदानबाट नै प्राप्त गर्न सक्दछ ।

    स्थान र समयको विशिष्टतानुसार काम वा सङ्घर्ष गरेर व्यक्तिले आफूलाई प्रगतिशील बनाउन सक्दछ । यस सन्दर्भमा हाम्रो देशको विशिष्टतानुसार हामी कसरी प्रगतिशील बन्न सक्दछौ ? यस विषयमा पनि हामीले छलफल चलाउन जरुरी छ ।

    स्थान र समयको विशिष्टतानुसार काम वा सङ्घर्ष गरेर व्यक्तिले आफूलाई प्रगतिशील बनाउन सक्दछ । यस सन्दर्भमा हाम्रो देशको विशिष्टतानुसार हामी कसरी प्रगतिशील बन्न सक्दछौ ? यस विषयमा पनि हामीले छलफल चलाउन जरुरी छ ।

    यो देशमा यदि हामी आफूलाई साच्चिकै प्रगतिशील बनाउन चाहन्छौँ भने हामीले हाम्रो देशको मुहार फेर्ने सपना मस्तिष्कमा बोकेर सङ्घर्षको मैदानमा उत्रिनुपर्दछ । यो देशको विशिष्ट परिस्थितिअनुरूप हामी एकातिर चिनियाँ साम्राज्यवाद र भारतीय साम्राज्यवाद जस्ता ठुला शक्तिराष्ट्रको बिचमा बाँचिरहेका छौँ भने अर्काेतिर, हाम्रो देश अझै पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक समाज व्यवस्थामा बामे सरिरहेको छ । यस्तो सामाजिक व्यवस्थाको कारण नेपाली जनताको दिमागमा कि त सामन्तवादी सोच भरिएको छ, कि निम्न पुँजीवादी सोच भरिएको छ । नेपाली जनताको मस्तिष्कमा भरिएको यही सामन्तवादी सोच तथा निम्न पुँजीवादी सोचमा परिवर्तन नआएका कारण नेपालमा पटक—पटक राजनीतिक परिवर्तन भए पनि यो देशको सही अर्थमा विकास र समृद्धि प्राप्त हुन सकिरहेको छैन अर्थात् हाम्रो नेपाली समाज र यहाँका नागरिकको अवस्था लामो समयसम्म यथास्थितिमा नै गुज्रनु परिरहेको छ । यसरी यथास्थितिमा रहेको समाज र नागरिकलाई बदलेर नयाँ र अग्रगतिमा हिँडाउनका लागि कम्मर नकसेसम्म हामी प्रगतिशील कदापि हुन सक्दैनौँ ।

    समाजमा भएको धार्मिक अन्धविश्वास, रूढीवाद र यथास्थितिबाट मानिसलाई मुक्त नगरेसम्म नेपाली समाज र यहाँका नागरिक अग्रगतिको मार्गमा हिड्न सक्ने छैनन् ।

    समाजमा भएको धार्मिक अन्धविश्वास, रूढीवाद र यथास्थितिबाट मानिसलाई मुक्त नगरेसम्म नेपाली समाज र यहाँका नागरिक अग्रगतिको मार्गमा हिड्न सक्ने छैनन् । मानिसको दिमागबाट सामन्ती, रूढीवादी र निम्न पुँजीवादी सोचलाई निकालेर नफ्याँकेसम्म समाजमा क्रान्तिको लक्ष्य पूरा हुने छैन । देशभित्रका सामन्त र जाली शोषकलाई नहटाएसम्म देशमा विद्यमान अर्धसामन्तवादी अवस्थाले यो देशलाई उठ्न दिने छैन । यो देशबाट साम्राज्यवादीको गिद्देदृष्टि नहटाएसम्म, अनि यिनै विदेशीको इसारामा चलिरहेका दलाल पुँजीवादी तथा साम्राज्यवादी नोकरलाई यो माटोबाट नखेदेसम्म अर्धऔपनिवेश परिस्थितिबाट यो देश मुक्त हुने छैन ।

    यसरी देश र जनतालाई मुक्त गरी क्रान्तिको सुन्दर समाज निर्माण गर्नका लागि निकै कठिन र लामो यात्रामा हिड्ने साहसी यात्रुको यो देशमा ठुला खाँचो छ । यदि हामी आफूलाई साच्चिकै प्रगतिशील स्रष्टा भन्न रुचाउछौँ भने हाम्रोसामु चुनौती भएर देखिएको यो कठिन र लामो यात्रामा हिँड्ने असल यात्रु बनौँ । यो कठिन र लामो यात्रामा पाइला राखेर मात्रै हामीले प्रगतिशील साहित्यको अवमूल्यन हुने कुरालाइ रोक्न सक्ने छौँ र यसको लोकप्रियतालाई रक्षा गर्न सक्ने छौँ । यसका लागि हामी पाइला पाइलामा चुक्ने वा समाजको गलत परम्पराको अगाडि बारम्बार आत्मसमर्पण गर्ने कायर प्रगतिशील होइन, क्रान्तिका निम्ति कठिनाइसँग हरपल जुधिरहने साहसी, जुझारु र कट्टर प्रगतिशील बनौँ ।

    आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.