• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हिजो गणतन्त्रका लागि लडेका शक्तिबाटै गणतन्त्रमाथि खतरा : महासचिव भट्ट


  •   बुधबार, असोज २०, २०७८ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनताले लामो बलिदानीपूर्ण संघर्षबाट ल्याएको गणतन्त्रमा फेरि कालो बादल मडारिएको बताउनुभएको छ ।

    Advertisement

    बुधबार राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै महासचिव भट्टले प्रतिक्रियावादी कोणसँगै गणतन्त्रका पक्षधर भनिने कतिपय शक्तिका गलत क्रिायकलापका कारण यसमाथि खतरा आइलागेको बताउनुभयो ।

    ‘गणतन्त्रमाथि प्रतिक्रियावादी धारा तथा हिजो गणतन्त्रको पक्षमा लडेका तर पछिल्लो अवस्थामा आएर छाडेको एमाले यी २ वटा पक्ष गणतन्त्रको विरुद्व लागिरहेका छन्’ भट्टले भन्नुभयो, ‘जसले गर्दा गणतन्त्र खतरामा परेको छ ।’

    उहाँले अहिलेको बुर्जुवा लोकतान्त्रिक गणतन्त्र खत्तम भएमा तत्काल यो भन्दा पनि प्रतिगामी व्यवस्थातर्फ मुलुक जाने बताउनुभयो । भट्टले जनताको व्यवस्था स्थापना गर्न प्राप्त उपलब्धिको रक्षा गर्दै निरन्तर संघर्ष गरिरहनु पर्ने बताउनुभयो ।

    भट्टले भन्नुभयो, ‘जनताको लामो बलिदानीपूर्ण संघर्षबाट सिमित उपलब्धि प्राप्त भएको छ । यो व्यवस्था गुमेर तत्काल यो भन्दा प्रगतिशील होइन, प्रतिगामी व्यवस्था आउन सक्छ । त्यसकारण जनता सचेत रहन जरुरी छ । प्राप्त उपलब्धिको रक्षा गर्दै जनवादी व्यवस्था स्थापना गर्न जनताले निरन्तर संघर्ष गरिरहनु पर्छ ।’

    उहाँले एमसीसीप्रति सरकारको रवैया तथा कालापानीमा भारतीय सैनिक उपस्थिती लगायतका कारणले गर्दा राष्ट्रिय स्वाधिनता खतरामा परेको पनि बताउनु भयो ।

    कार्यक्रममा वरिष्ठ वामपन्थी नेता रामचन्द्र भट्ट, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, राजमो सुदूपश्चिम उपाध्यक्ष तथा डोटी जिल्ला अध्यक्ष बेणीमाधव जोशी, नेकपा (मसाल) कैलाली जिल्ला प्रवक्ता मिलन शाही, नेकपा (मसाल) का कञ्चनपुर प्रवक्ता लक्ष्मीदत्त बडु, राजमो सुदूरपश्चिम प्रदेश सदस्य तथा कञ्चनपुर जिल्ला अध्यक्ष रामबहादुर कार्की, राजमो सुदूरपश्चिम प्रदेश सदस्य तथा कैलाली जिल्ला अध्यक्ष दयाराम संञ्याल, राजमो सुदूरपश्चिम प्रदेश सदस्य तथा बझाङ जिल्ला अध्यक्ष कल्पना भण्डारी, राजमो सुदूरपश्चिम प्रदेश सदस्य तथा डडेलधुरा जिल्ला अध्यक्ष चन्द्रदेव विक, राजमो सुदूरपश्चिम प्रदेश सदस्य तथा बैतडी जिल्ला अध्यक्ष विरेन्द्र भण्डारीको आतिथ्यता रहेको थियो ।

    यस्तै, अतिथीहरुमा अखिल नेपाल ट्रेड युनियन महासंघ सुदूरपश्चिम संयोजक जनक कुँवर, राजमो सुदूरपश्चिम प्रदेश सदस्य तथा जातीय समता समाज कैलाली अध्यक्ष शेरबहादुर विक, राजमो सुदूरपश्चिम प्रदेश सदस्य तथा अखिल नेपल जनजाती सम्मेलनका केन्द्रीय सचिव खड्क राना, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रम, प्रगतिशिल लेखक संघका केन्द्रीय सचिव बाबुराम आचार्य, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य कुन्ती पाण्डे र रमा नेपाली, अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्ट, अखिल नेपाल युवक संघका सुदुरपश्चिम अध्यक्ष मेयरजन शाही, राजमो दार्चुला जिल्ला सदस्य मदन परियार र राजमो अछाम प्रतिनिधि लक्ष्मण शाही रहनु भएको थियो ।

    राजमो सुदूपश्चिमका अध्यक्ष तथा केन्द्रीय सदस्य नन्दराज भट्टको अध्यक्षतामा भएको विरोध सभामा स्वागत प्रदेश सदस्य एवं कैलाली जिल्ला सचिव जगतप्रसाद जोशी र सञ्चालन प्रदेश सदस्य डबल बोगटीले गर्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तथा सर्वसाधारण राजमोमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा कैलाली जिल्लाको गोडावरी नगरपालिका ओलानीबाट कांग्रेस परित्यग गरि ७ जना, डोटीबाट एमालेका नेता केशवराज जोशी र कञ्चनपुरको झलाडीबाट करिब १ दर्जन सर्वसाधारण रहेका छन् । उहाँहरुलाई अध्यक्ष चित्रबहादुर केसी, महा सचिव भट्टलगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।

    बिहीबार राजमोले सातै प्रदेशमा गरेको विरोध सभा अन्तर्गत धनगढीमा पनि सभा तथा जुलुस प्रदर्शन गरेको हो । धनगढी चौराहबाट सुरु भएको जुलुसले ‘संघीयता चाहिँदैन देश टुक्राउन पाइँदैन, एमसीसी खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, नेकपा (मसाल) जिन्दावाद, राष्ट्रिय जनमोर्चा जिन्दावाद, बढ्दो महंगी–भ्रष्टाचा र नियन्त्रण गर’ लगायतका नारा लगाएको थियो ।

    रक्तिम सांस्कृति अभियानका कलाकारहरुले विभिन्न गीत संगीत प्रस्तुत गरेको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा अध्यक्ष केसीले सम्बोधन गर्नुभएको थियो ।

    यो पनिः

    जब चित्रबहादुर केसी छम छम नाच्नुभयो… (भिडिओ)

    केसीको प्रश्न : कालापानीमा नेपालले जनगणना किन नगर्ने ?

     

    बुधबार, असोज २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.