– सन्तोष सिम्खडा ##
जब खलाँती फुके,
घनश्याम पण्डितले
काला अँगारहरू
राता कोइला बन्न थाले
र, जन्मन थाले “राता” हतियारहरू
धारिला अस्त्रहरू ।
जब सूर्य आरनमा ओर्लियो,
तपतप बर्सिन थाले पसिनाहरू
पसिना वर्षा बनेपछि,
घनश्याम सुनामी बने
पसिना आगो बनेपछि,
पसिना रातो कोइला बन्यो
जब पसिना राता कोइला बन्यो
तब “राता” कोइलाहरू काला अँगार बने
र बाँकी रहे, सेता खरानीहरू ।
पसिना बल्न थालेपछि
पसिना आगो बनेपछि
पसिना कोइला बनेपछि
झनै चट्टान बनेका छन्,
पण्डित घनश्याम
र, जन्माएका छन्
झनै धारिला हतियारहरू ।
जब आरन छिर्छन्
र खलाँती फुक्छन् घनश्याम
उनी स्वयम् ‘सिङ्ल्ह’0 भएर उभिन्छन्
जन्माउँछन् हजारौँ राता अस्त्रहरू
धारिला हतियारहरू
राता किताबहरू
राता मान्छेहरू ।
न कहिल्यै थाक्यो
न कहिल्यै रोकियो
अविराम निरन्तर चलिरहेको छ–
“कमरेड घनश्याम पण्डितको
माक्र्सवादी आरन ।”
० धादिङको उत्तरी क्षेत्रमा रहेको एउटा पहाड