• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अहिले गणतन्त्रमाथि चौतर्फी हमला भएको छ : महासचिव भट्ट


  •   शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाका महाचिव मनोज भट्टले अहिलेको आवश्यकता गणतन्त्रको रक्षा गर्नुपर्ने रहेको बताउनुभएको छ । शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव भट्टले गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको भन्दै त्यसको ठाउँमा राजतन्त्र पुनर्थापना गर्ने योजना रहेको बताउनुभयो ।

    Advertisement

    ‘अहिले गणतन्त्रमाथि प्रतिगामी र वामपन्थी दुवै कोणबाट हमला भइरहेको छ’ उहाँले भन्नुभयो, ‘त्यसको विकल्पमा फेरि राजतन्त्र पुनर्थापना गर्ने षडयन्त्र भइरहेको छ । त्यसैले अहिलेको आवश्यकता गणतन्त्रको रक्षा गर्नु हो ।’

    महासचिव भट्टले वैद्य, विप्लव वा राष्ट्रिय जनमोर्चाबाट निश्कासित व्यक्तिहरुले जनगणन्त्रको कुरा गर्नु सिद्धान्ततः सही भएपनि त्यसले प्रतिगमनलाई नै मद्दत पुग्ने बताउनुभयो ।

    ‘गणतन्त्रको विरोधमा सडकमा ‘राजा आउ देश बचाउ’ को नारा लागिरहेको छ । भट्टले प्रश्न गर्नुभयो, ‘तपाईँहरुले सडकमा वैद्य आउ, विप्लव आउ वा राष्ट्रिय जनमोर्चा आउ–देश बचाउ भनेको सुन्नुभएको छ ? त्यसैले प्रतिगमनको खतरा छ, भनिएको हो ।’

    नेता भट्टले संविधानमा गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता जस्ता विषयहरु उपलब्धिका रुपमा रहेको भन्दै यो भन्दा प्रतिगामी व्यवस्था ल्याउने प्रयास भइरहेको सन्दर्भमा यसलाई जोगाउनुपर्ने बताउनुभयो । तर, अहिलेको व्यवस्थाभन्दा प्रगतिशील व्यवस्था आउने सन्दर्भमा भने बुर्जुवा गणतन्त्र जोगाइराख्न आवश्यक नहुने पनि स्पष्ट पार्नुभयो ।

    उहाँले केपी ओलीको प्रतिगमनलाई परास्त गर्न माधव नेपाल– झलनाथ खनालहरूको महत्वपूर्ण भूमिका रहेकोले उहाँहरुलाई अलपत्र पार्न नहुने अवस्थामा छुट्टै पार्टी निर्माण गर्न सरकारले अध्यादेश ल्याएको बताउनुभयो ।

    यस्तै, महासचिव भट्टले संसदबाट एमसीसी पारित हुने अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसबाहेक अरु सबै एमसीसीको विरुद्ध रहेकाले एमसीसी पारित हुन नसक्ने उहाँको भनाई थियो । अमेरिकी सिनेटले बनाएको एमसीसी सम्झौता नेपालको संसदले संशोधन गर्न नसक्ने पनि उहाँको भनाई थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाको नाममा बेग्लै समिति बनाएर पार्टी विरोधी गतिविधिमा संलग्न लालबहादुर जाग्री, लोकेन्द्र लम्साल, लक्षीराम आचार्य, केशवनाथ योगी र गोविन्द विकलाई पार्टीले कारबाही गरेको जानकारी पनि दिइएको थियो ।

    पत्रकार सम्मेलनमा राजमो सुदूरपश्चिमका प्रदेश अध्यक्ष नन्दराज भट्टद्वारा जारी विज्ञप्ति वितरण गरिएको थियो । कार्यक्रममा प्रदेश अध्यक्ष भट्टसहित राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्की र किसान नेता हरिकृष्ण पाण्डेलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो । पत्रकारहरुले सोधेका विभिन्न प्रश्नको जवाफ महासचिव भट्टले दिनुभएको थियो ।

    घरमै आएर पार्टी छोड्न दबाब दिए : राजबहादुर तिरुवा (भिडिओ)

    पार्टी विरोधी गतिविधिमा संलग्न सुदूरपश्चिमका पाँच नेता राजमोबाट निश्कासित

    शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.