धनगढी । राष्ट्रिय जनमोर्चा कैलाली जिल्ला सदस्य तथा गोदावरी नगरपालिका वडा नं १२ वडा समितिका अध्यक्ष राजबहादुर तिरुवाले आफूलाई फुटपरस्त तत्वले पार्टी छोड्न दबाब दिएको खुलासा गर्नुभएको छ ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले फुटपरस्त तत्वहरूले घरमै आएर जवर्जस्ती आफ्नो समूहमा सामेल गर्न दबाब दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो पनि मेरो घरमा आए, अब पहिला पनि आएको साथीहरु नआऊ भन्न पाइएन । आएर लौ राजबहादुर तपाईं नभएर हुन्न, तपाईं नभएर पार्टी चल्दैन । यता उता भनेर हिजो पनि मेरै घरमा दबाब दिएर उ गराए । अब पुराना हाम्रै साथी हुन् अहिले पराई भए पनि ।’
यो पनि : पार्टी विरोधी गतिविधिमा संलग्न सुदूरपश्चिमका पाँच नेता राजमोबाट निश्कासित
तिरुवाले पत्रकार सम्मेलनमा आफू राष्ट्रिय जनमोर्चाको इमान्दार कार्यकर्ता रहेको उल्लेख गर्दै पार्टीको भेला छ भनेर भदौ ८ गतेको भेलामा गएको तर त्यहाँ गएपछि पार्टी विरोधी गतिविधि रहेछ भनेर स्पष्ट भएको बताउनुभयो । सो समूहले आफूलाई जवर्जस्ती प्रदेश समितिमा राखिएकोप्रति पनि उहाँले आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘एक्कासी झुक्याएर पार्टीमा लगेर प्रदेशमा राखिदिने, जिल्लामा राखिदिने, दबाब दिएर, त्यो पुरानो दास प्रथा जस्तै त गर्न भएन । त्यही भएर म यसमा धेरै दुखित भा’छु सर ।’
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्