• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

भक्त भेडा


  •   बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ##
    मान्छे किनबेच पशुजस्तै रसी दाम्लो लाउने ।
    पशु खेदेजस्तै मान्छे पिटी पिटी खेद्ने ।।
    इतिहासले बताउँछ गोरुजस्तै जोत्ने ।
    गोरु नारे जस्तै मान्छे जुवामुनि नार्ने ।।

    Advertisement

    संसारको इतिहास यातनाको ठेली ।
    यातनामा रमाउने सामन्त र झेली ।।
    ज्याला नास्ती सामन्तको खेती लाउनुपर्ने ।
    यति मात्र कहाँ हो र भित्राउनुपर्ने ।।

    छोरीचेली बुहारीले दैलो पोत्नुपर्ने ।
    सामन्तलाई दहीका ठेकी पुर्याउनुपर्ने ।।
    लोर्केखसी सामन्तलाइ रिजाउनुपर्ने ।
    गरिबको खेतबारीको अन्न पनि लग्ने ।।

    गरिबको घरमा मिठो केही पाक्नुहुन्न ।
    गरिबको बारीमा फल फल्न पाक्नहुन्न ।।
    सामन्तको जमिनमा गरिबका गोरु ।
    तनावले ताना झिक्छन् लौ न कसो गरुँ ।।

    गरिबले लैना भैँसी कैले दोयोे होला ।
    कुँडेभरि दुध तताई कैले खायो होला ।।
    घुमाई फिराई त्यै सामन्ती युग आएको छ ।
    नीति हैन नेता जता उतै धाएको छ ।।

    कैले थुन्छन् होटेलमा कैले कोठाभित्र ।
    मानिसलाई थुन्ने नेता दिल दरिद्र चित्र ।।
    सामन्तको हैरानीले सताएको थियो ।
    त्यही युग घुम्दै आयो दिनु दुःख दियो ।।

    दर्शनलाइ धुइपखाली नेता जहाँ गए ।
    भक्तहरू पछि लाग्दै भजन गाउँदै गए ।।
    भक्तहरू होटेल कोठा थुनिनलाई माने ।
    सामन्तले कज्याएका आफू गरिब ठाने ।।

    सामन्तले उर्दी दिन्थे गरिबले मान्थे ।
    छाती टेकुन् लातले हानुन् हाम्रा मालिक भन्थे ।।
    पछि लागि रसिलो पशु बन्नु छैन ।
    नीति छैन नेता भक्त युग चेतना हैन ।।

    चेतनाले माथि जानु मानिसले पर्छ ।
    नीति छैन हावा नेता आकाश कहाँ खस्छ ।।
    नेताजीको रिसोर्टमा भक्तजीको बास ।
    नेताजीको मासु भातमा भक्त भेडा हाँस ।।

    भक्त भेडा नीतिमा नि मान्छे हुने कैले ।
    यी सामन्त गनाएका सिनो फाल्ने कैले ।।
    यो देशमा नेताजीले अपहरण गर्छन् ।
    रिसोर्टको मासुभात खानेभित्र पर्छन् ।।

    रिसोर्टमा कति होलान् भेडा थुन्ने खोर ।
    अटेर भए भक्त भेडा जो जे मार्न मर ।।
    नीति भक्त बन्या कति राम्रो हुन्थ्यो ।
    दर्शनका पछि लागे युगले किन रुन्थ्यो ।।

    टिमुरको झोल नदिएको कहाँ हुन्छ नेता ।
    कठैबरा भक्त भेडा अल्मलियौ कता ।।
    भक्त भेडा चिप्ला कुराबाट आकाश खस्ला ।
    रिसोर्टका मासुभातले मिठो माया बस्ला ।।

    माया प्रिती नीतिसँग लाए कति राम्रो ।
    मानिसको युगमा आयो भक्त भेडा हाम्रो ।।
    दर्शनलाइ छोइछिटो नेताजीले हाल्यो ।
    भक्त भेडा खेदिकन रिसोर्टमा हुल्यो ।।

    भक्त भेडा भाग्ने हुन् कि नेताजीलाइ डर ।
    चेतनाको मान्छे भए थुन्नुपर्ने हो र ।।
    नेताजीको नीति छैन र त डराउँछन् ।
    न चेतना न चिन्तन कता हराउँछन् ।।

    मान्छे किन्ने कस्तो नेता रिसोर्टको भातले ।
    रिसोर्टको भातमा दिमाग बेच्ला मानिसले ।।
    दिमागको मान्छे भए रिसोर्टमा जान्न ।
    रिसोर्टमा गइकन नेताको भात खान्न ।।

    रिसोर्टको मासुभातले भक्त भेडा पाको ।
    दिमाग खायो नेताजीले भात भेडाले खाको ।।
    कहाँबाट आउँछ नेता भेडा थुन्ने पैसा ।
    भक्त भेडा रिसोर्टमा कतिन्जेलको एैसा ।।

    रिसोर्टमा पनि खाने चामलको भात ।
    भातसँगै भयौ भेडा दिमाग फाल्या जात ।।
    सामन्तले गाई गन्थे मेरो गोठमा यति ।
    नेताजीले गन्छन् मेरा भक्त भेडा यति ।।

    रिसोर्टमा खाएपछि आदेश मान्नैपर्यो ।
    अनुहारलाई मानेपछि भात त खानैपर्यो ।।
    दिमागले नमाने नि भातले मान्नैपर्यो ।
    दिमागलाई धोका दिँदा पर्नु पिर पर्यो ।।

    रिसार्टको भातका पछि लाग्नु हुँदैनथ्यो ।
    नेताजीको चोरबाटोलाइ मान्नु हुँदैनथ्यो ।।
    नेताजीका भक्त भेडा ब्यर्थै बखेडाका ।
    आफ्नो जीवन मूल्य के हो चिन्दै नचिनेका ।।

    न त देश फलाउने हुन् झनै गलाउने हुन् ।
    भक्त भेडा जिन्दगानी कहाँ बिसाउने हुन् ।।
    नेताजीको अधिनमा भक्त भेडा परे ।
    भक्त भेडा सृजनशील दिमाग सुकी मरे ।।

    हातको ताली भातको ताली भक्त भेडा भातको ।
    दिमागले बजाउँछ सत्य ताली हातको ।।
    भातले पनि भक्त भेडा थुन्छ होटेलमा ।
    नयाँ बन्धन थपिएको पशु संसारमा ।।

    पशु पनि खान्छ भात जान्न रिसोर्टमा ।
    भक्त भेडा भात खान जान्छ होटेलमा ।।
    भाते ताली बजाउँदा नेता संसार जित्यो ।
    कठैबरा भक्त भेडा चिन्तन भातमा बिक्यो ।।

    यता जाऊँ कि उता जाऊँ दोमनको भइयो ।
    रिसोर्टमा मासु भात पाक्यो त्यतै गइयो ।।
    संसारमा जे गर्नुछ भातले गरेको छ ।
    प्रकृतिले हैन गिदी भातले भरेको छ ।।

    हिमालीको जीवन पाल्ने त्यो भरिया भेडो ।
    भातमा बिकी रिसोर्टमा नेता भक्त भेडो ।।
    चेतना र चिन्तनको क्या दरिद्र भयो ।
    घाँस खाने र गाँस खानेमा भिन्न केमा भयो ।।

    कोही भेडा बिचमा बसी दुवैतिर खाने ।
    दुवैतिर लुपुक्क छन् कतातिर जाने ।।
    दुवैतिर नफुत्किए टाँसिरहन पाइयो ।
    ज्युँदो हुँदा पाइयो खाइयो मरे पिण्ड चाहियो ।।

    धन्य नेता भक्त भेडा रिसोर्टमा आइयो ।
    रिसोर्टको भात खाइयो ताली बजाई गइयो ।।
    भातै ताली बजाउन रिसोर्टमा आइयो ।
    सबै दिमाग निखारेर ताली बजाई गइयो ।।

    भाते ताली तालको हुन्न मात्र बज्नुपर्यो ।
    नेताजीका आदेश भजन मानी बज्नुपर्यो ।।
    भक्त भेडा ताली ठोक्छन् नेता मुस्कानका ।
    नाकाम गरी नास गर्न खल्ती पुटुस्सका ।।

    रिसोर्टका भात पनि नास गर्न ताली ।
    श्रोेता बने भक्त भेडा नेता गर्छन् गाली ।।
    भक्त भेडा न त देशको भारी बोक्लान् जस्ता ।
    अलिकति हिँड््नुपरे दम फुलेका जस्ता ।।

    हिमाली भेग पाल्ने भेडा कति जाँगरिला ।
    रिसोर्टको भातका भेडा हेर तिनको लीला ।।
    कति भक्त भेडा होलान् भोलि पाउँला खाउँला ।
    आज भात टन्न खाइयो भोलि कस्तो होला ।।

    आजलाई त नेताजीले भर पेट खान दिए ।
    तन मन चेत चिन्तन लिनु फाइदा लिए ।।
    रिर्सोटको भातले त होस गुम्दो रैछ ।
    होस् गुमेको काइदा फाइदा नेता लिँदो रैछ ।।

    रिर्सोटको भातभन्दा दर्शन तागतिलो ।
    यो भातले हुन दिन्न चिन्तन फराकिलो ।।
    भक्त भेडा पछि लागे नेता मरे मर्छन् ।
    सती प्रथा आवृत्तिको करुण झलक दिन्छन् ।।

    भाउ खोजेका नासिएर जानुपर्छ जान्छन् ।
    यी गल्तीका हल्लाहरू लाखौँ लात खान्छन् ।।
    फुट्नेहरू कहाँ छन् खै हल्ला गर्दै गए ।
    ती हावाले उडाएका कसिङ्गर भए ।।

    कसिङ्गरका साना थुप्रा कतै हुन सक्छन् ।
    सानो हुरी आउनुपर्छ तितरबितर हुन्छन् ।।
    मसाल बोक्ने धेरै आए बिलाएर गए ।
    ती पानीका फोका जस्तै छिनमा बिलाइगए ।।

    नेताजीले घर पोलेर बिक्री गर्छन् खरानी ।
    भक्त भेडा खरानीको गछर्न् सरानी ।।
    विचारको बाटो छैन भएका छन् बिचरा ।
    नेताजीका भक्त भेडा झुत्रा पथरा ।।

    कर्कलाको डाँठ बढी रुखै होला जस्तो ।
    अग्लो पिपलभन्दा पनि अग्लो होला जस्तो ।।
    बढ्दै जाँदा आकाश धर्ती डराउला जस्तो ।
    यति ठुलो अग्लो पनि क्यारी ढल्ला जस्तो ।।

    अग्लो हुने ढलिजाने बेविचार यस्तो ।
    नेताजीको दाम्लोभित्र भक्त भेडाजस्तो ।।
    घरभित्र उडुसहरू कति आए कति ।
    समयको रगत खाए अति गरे क्षति ।।

    कस्ता फल टिप्थ्यो होला रोपी समयले ।
    कति राम्रो गति लिन्थ्यो हाम्रो विज्ञानले ।।
    जता पनि धूर्तहरू धुरी चढेका छन् ।
    बाँदरभन्दा अज्ञानी छन् घर पोलेका छन् ।।

    मुसाले झैँ बसेको घर खोलिरहेका छन् ।
    समर्पणले बनाएको घर खोलेका छन् ।।
    धेरै दिन छेक्ने छैन बादलले घाम ।
    अग्लिएका कर्कला हुन् भोली ठन्डाराम ।।

    अवसरवाद र बाँदरमा भिन्न केमा छ र ।
    साहसिला मान्छेहरू नडराउने गर ।।
    रिर्सोटको भातमा जात नफालेको जाती ।
    पछि लाग्ने भक्त भेडो नबनेको जाती ।।

    बाधाहरू आउँछन् तर पन्छाउनुपर्छ ।
    सङ्कट डाकी सताउने बिलाएर जान्छ ।।
    मसाल बाल्ने धेरै आए त्यै राँकोले झोस्यो ।
    हावाहुरी कति आए नडराई खोस्यो ।।

    मसान भई कति गए मसाल बाल्छु भन्थे ।
    कठैबरा भक्त भेडा पछि लागी हिँड्थे ।।
    मसाल बाल्ने नेताजीले घरसम्पत्ति जोडे ।
    कठैबरा भक्त भेडासँग साइनो तोडे ।।

    हिँड्नुपर्छ भक्त भेडा नीति विचारमा ।
    भक्त भेडा नभइहुन्न नेता प्रचारमा ।।
    भाते मसाल कति बले इतिहास हेर ।
    भक्त भेडा आफूलाइ विचारमा फेर ।।

    मसाल कैले कस्ले बाल्यो रिसोर्टको भातले ।
    मसाल कैले बोकेका छन् कायरका हातले ।।
    संसार कहाँ कस्ले फे¥यो रिर्सोटका भातले ।
    संसार फेर्ने तागत हुन्न भक्त भेडा जातले ।।

    संसार हेर्ने तागत हुन्न रिर्सोटका भातमा ।
    भक्त भेडा आत्मा नबेच् रिर्सोटको भातमा ।।
    कायरहरू मसाल बोक्ने आँट गर्छौँ भन्थे ।
    मसाल हैन दलाल भई डलर पो गन्थे ।।

    बिहिबार, भदौ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.