काठमाडौँ । जनवादी गायक जेबी टुहुरेको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । गम्भीर बिरामी भएर एक हप्तादेखि उपचाररत टुहुरेको सम्पूर्ण खर्च सरकारले नै ब्यहोर्ने निर्णय गरेको सत्तारूढ दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।
Advertisement
२०७८ भदौ ९ गत साँझ ट्विट गर्दै शर्माले लेख्नुभएको छ– ‘गम्भीर स्थितिमा उपचाररत आदरणीय व्यक्तित्व जनवादी गायक जेबी टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।’
७६ वर्षीय जनगायक टुहुरेको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । गत मङ्गलबार घर (कलङ्की) मै अचानक बेहोस भएर लडेपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँलाई स्ट्रोक भएको हो ।
यो पनि
जनगायक जेबी टुहुरे गम्भीर बिरामी