• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रगतिशील शिल्प सौन्दर्यमा सजिएको “उडेको पन्छी”


  •   मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##
    नेपाल कम्युनिस्ट पार्टी (मसाल) को राजनीतिक आलोकमा जन्मिएर अगाडि बढिरहेको रक्तिम सांस्कृतिक अभियान प्रगतिशील तथा प्रगतिवादी सांस्कृतिक कला र साहित्यको क्षेत्रमा प्रसिद्ध र सर्वाधिक लोकप्रिय नाम हो । यो नेपालमा मात्रै होइन, संसारभरि छरिएर रहेका तमाम नेपाली मजदुर वर्गको मनमस्तिष्कमा अमिट छाप बनेर बस्न सफल भएको छ ।

    Advertisement

    आज रक्तिमको नाम मात्रै सुन्दा पनि हाम्रो आँखाअगाडि एक बेग्लै संस्कृति, बेग्लै नैतिकता र आचण, अनि बेग्लै आदर्शको चित्र प्रतिबिम्बित हुन पुग्दछ । यसरी रक्तिमले सर्वहारा सांस्कृतिक क्रान्तिको संस्कार निर्माण गर्नमा महत्त्वपूर्ण योगदान निर्वाह गर्दै आएको छ । यस प्रकारको रक्तिमको मूलप्रवाहमा आज देश विदेशमा सयौँ हजारौँको सङ्ख्यामा लेखक–कलाकार सक्रिय र प्रतिबद्ध हुँदै आइरहेका छन् । यिनै अनेकौ लेखक–कलाकारमध्ये हेमराज आश्रम नयाँ पुस्ताका एक उदीयमान रक्तिम कलाकार हुन । रक्तिमका यिनै कलाकार हेमराज आश्रमको रचना, सङ्गीत तथा परिकल्पनामा नेपालको सांस्कृतिक पर्व तिजमा आधारित “उडेको पन्छी” बोलको एक प्रगतिशील म्युजिक भिडियो आश्रम युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

    “तिज” नेपाली समाजमा स्थापित नारीलक्षित एक ठुलो पर्व हो । अरू पर्वमा जस्तै यो पर्वमा पनि गुण र दोष दुवै व्याप्त छ । यो सन्दर्भमा गीतसङ्गीत र नृत्यको माध्यमबाट नारी वर्गले आफ्नो मनभित्र गुम्सिएका भावना व्यक्त गर्न पाउने कुरा तिज पर्वको एउटा सुन्दर विशेषता हो ।

    सामन्ती तथा पुँजीवादी चिन्तनले ग्रसित नेपाली समाजमा बुर्जुवा तथा पुँजीवादी कलाकारले सस्तो लोकप्रियता प्राप्त गर्न तथा शीघ्र भाइरल हुने महत्त्वाकाङ्क्षा तथा मानसिकता बोकेर छाडा, नैतिकहीन तथा अपाच्य गीतसङ्गीत र नृत्य सार्वजनिक गर्ने प्रतिस्पर्धा गरिरहेको बेला प्रतिधुर्वीय क्षितिजबाट “उडेको पन्छी” जस्ता प्रगतिशील गीतसङ्गीतको उदय हुनु आम शोषित, पीडित श्रमजीवी जनवर्गका निम्ति खुसी र गौरवको विषय हो ।

    “तिज” नेपाली समाजमा स्थापित नारीलक्षित एक ठुलो पर्व हो । अरू पर्वमा जस्तै यो पर्वमा पनि गुण र दोष दुवै व्याप्त छ । यो सन्दर्भमा गीतसङ्गीत र नृत्यको माध्यमबाट नारी वर्गले आफ्नो मनभित्र गुम्सिएका भावना व्यक्त गर्न पाउने कुरा तिज पर्वको एउटा सुन्दर विशेषता हो ।

    तिज पर्वको यो विशेषतालाई रक्तिम सांस्कृतिक अभियानले हरेक वर्ष आफ्नो मूल्य र मान्यता अनुरूप सदुपयोग गर्दै आएको छ । स्रष्टा हेमराज आश्रममको “उडेको पन्छी” रक्तिम सांस्कृतिक अभियानले बोकेको क्रान्तिकारी भावनाको नविन सिलसिला हो ।

    “उडेको पन्छी” को कथासार
    एक गरिब किसान परिवारमा जन्मेकी करिब २० वर्षकी युवतीमाथि कुनै एक धनी बाउको छोराले आँखा लगाउँछ र त्यो युवतीसँग विवाह गर्नका लागि ऊ आफ्नो बाबासँग युवतीको घरमा आएको हुन्छ । केटाको बाबाले सामाजिक परम्परानुसार आफ्नो छोराको विवाह उनीहरूको छोरीसँग गरिदिनका लागि प्रस्ताव पेस गर्दछ । यो कुरामा आफ्नो छोरी दिनका लागि युवतीका बाआमा सहमत हुन्छन् । यो सहमतिले केटी माग्न आएकामा हर्षाेल्लास छाउँछ । सबै खुसी हुन्छन् । तर त्यो युवतीको अनुहारमा भने शङ्का र त्रासको भाव देखा पर्दछ । उसको आँखामा सजिएका जीवनका सुन्दर सपनामाथि तुँलालो लागे जस्तो भान हुन्छ ।

    किसान परिवारमा जन्म भएकाले जन्मदै त्यो युवतीका दुःखका दिन सुरु भएका हुन्छन् । घाँस, दाउरा र मेलापात उसका दैनिकी बनेको हुन्छ । तथापि जन्मेको माटो उसका लागि सबैभन्दा प्यारो हुन्छ । जस्तोसुकै दुःख भए पनि गाउँका साथिसँगीसँगको हासखेलले ऊ आफ्ना सारा दुःख बिर्सिरहेकी हुन्छे । तर अब उसको विवाह हुने भएपछि आकाशमा उडेको पन्छीजस्तै आफ्नो जीवन कुन ठाउँमा पुग्ने हो ? अनि कसरी बित्ने हो भन्ने पिरलोमा उसका दिन बित्न थाल्छन् ।

    अर्काेतिर, शोषण, दमन र उत्पीडनका विरुद्धमा समाजमा थुप्रै महिला सङ्गठित भइरहेका हुन्छन् । शोषण, दमन र उत्पीडनबाट मुक्ति पाउनको लागि लड्नुपर्छ भन्ने चेतना जागृत गरिरहेका हुन्छन् ।

    जब त्यो युवती विवाह गरेर पराइघर भित्रिन्छे, तब उसको वास्तविक पीडा र दुःखका दिनगन्ती सुरु हुन थाल्दछ । जन्मघर, बाआमा, साथीसँगी सबै त्यागेर जुन घरको खुसीका लागि ऊ त्यहाँ भित्रिएकी हुन्छे, त्यै घरले उसलाई असह्य उत्पीडनमा राख्न थाल्छ । उसले गरेको त्यागको त्यहाँ जुन सम्मान हुनुपर्दथ्यो, त्यो केही पनि हुँदैन, बरु उल्टो ऊमाथि अपमानको चाङ लागिरहेको हुन्छ । तैपनि त्यो युवती ऊ आफ्नो कर्मलाई दोष दिएर राक्षसजस्ता चरित्र भएका लोग्ने र उसको परिवारको सेवामा रातदिन समर्पित हुन्छे । तर उसको समर्पणको त्यहाँ कुनै मूल्याङ्कन हुँदैन । त्यो घर परिवारलाई मान्छेको होइन, दाइजो र धन सम्पतिको अधिक माया हुन्छ । त्यो घरको यस्तो रूढीवादी र बुर्जुवा संस्कारको कारण त्यो घरमा युवतीको कुनै हक हुँदैन । ऊ केवल एक दासीजस्तै भएर बन्दगीको जीवन जिउन बाध्य हुन्छे । बिरामी हुँदासमेत उसलाई हेरविचार गर्ने कोही हुँदैनन् । नरपिचासजस्तो श्रीमान भनाउँदाले उसलाई बारम्बार कुटपिट गरिरहन्छ ।

    साउनको झरी र माइतीको सम्झनाले उसको यो नारकीय जीवनको पीडा बिर्साइदिए पनि त्यो केवल क्षणिक हुन्छ । सधैँको हेला अत्याचार सहेर जीवन जिउन उसलाई कठिन हुन्छ । अन्ततः उ यस खालको हेला र अत्याचारको विरुद्धमा विद्रोह गरेर घरबाट निस्कन्छे । ऊ नारीको सम्मान र स्वाभिमान बचाउन भन्दै समाजमा क्रियाशील दमन र उत्पीडन विरोधी महिला सङ्गठनमा सङ्गठित हुन आइपुग्छे ।

    यसरी अत्यन्तै मार्मिक र यथार्थपरक कथावस्तु बोकेको म्युजिक भिडियोमा प्रयोग भएको “उडेको पन्छी” बोलको गीत यस प्रकार रहेको छ :

    उडेको पन्छी कहाँ गयो, बरिलै बास बस्यो कुन ठाउँमा
    माइतको छोरी केही दिन हो, बरिलै जाने हो कुन गाउँमा
    नरुनू नारी चेली हो लडेर हक ल्याउने हो

    दाइजोमा धन र सम्पत्ति, बरिलै जीवन भो बन्दगी
    दुखीलाई मार्ने कुरीति, बरिलै गरिबको जिन्दगी
    नरुनू नारी चेली हो लडेर हक ल्याउने हो

    माइतीको याद झल्झली, बरिलै साउनको झरीमा
    कुन बेला कुन ठाउँ के हुन्छ, बरिलै छोरीका करिम
    नरुनू नारी चेली हो लडेर हक ल्याउने हो

    सधैँको हेला अत्याचार, बरिलै सहने कसरी
    नारीको सम्मान स्वाभिमान बरिलै बचाऊँ है के गरी
    नरुनू नारी चेली हो लडेर हक ल्याउने हो

    यसरी “उडेको पन्छी” म्युजिक भिडियोले हाम्रो समाजमा भएको विकृति, विसङ्गति र यसको कारणले गरिब किसान महिलाले भोग्नुपरेको हिंसा, शोषण, दमन र ज्यादतिको जीवन्त चित्रण गरेको छ । नारीको सम्मान र स्वाभिमानलाई चोट पु¥याउने, सर्वहारा श्रमजीवी वर्गलाई यातना दिने र मार्ने यै सामाजिक कुरीति भएको हुँदा यसको विरुद्धमा लडेर मात्रै हामीले मुक्ति प्राप्त गर्न सक्छौँ भन्ने सारगर्भित भाव सम्प्रेषण गर्न यो म्युजिक भिडियो सफल भएको छ ।

    यस म्युजिक भिडियोमा नारी जीवनको बिम्बको रूपमा उडेको पन्छीलाई प्रस्तुत गरिएको छ । सुरुमा जाने र बस्ने कुनै ठाउँठेगाना नभएको उडेको पन्छीजस्तै नारी जीवनलाई निराशामा अभिव्यक्त गरिएता पनि उडेको पन्छीभित्र यस्तो निराशा मात्रै छैन, उडेको पन्छीमा आशा र स्वतन्त्रता पनि छ भन्दै नारी जीवन उडेको पन्छीजस्तै स्वतन्त्र पनि हुनुपर्छ भन्ने द्वन्द्वात्मक भाव दिन स्रष्टा सफल भएका छन् ।

    यसरी एउटै बिम्बको माध्यमबाट जीवनको अँध्यारो र उज्यालो पक्षलाई उजागर गरेर स्रष्टा हेमराज आश्रमले आफूमा भएको प्रगतिशील शिल्प सौन्दर्यलाई उजागर गर्न सफल भएका छन् ।

    कतिपय अवस्थामा गीतको भावअनुरूपको दृश्य छायाङ्कन हुन नसक्नु यस म्युजिक भिडियोको झिनो कमजोरीबाहेक यो म्युजिक भिडियो सबल, सक्षम र सशक्त छ ।

    सरल र सुबोध शब्द संयोजन तथा मिठो सङ्गीत तथा लयमा सजिएको गीतले स्थान पाएको यो म्युजिक भिडियो “उडेको पन्छी” सबैको प्रिय बन्ने पक्का छ ।

    रक्तिम सांस्कृतिक अभियान काठमाडौँले उत्पादन गरेको यस म्युजिक भिडियोमा अभिनयका लागि मुख्य कलाकारको रूपमा पियारी थापा, मेस्मा पुन, क्रिष्टिना राई, मधुकुमार क्षेत्री, सुनिल तामाङलगायतका साथी रहेका छन् । साथै यस भिडियोमा प्रयोग भएको गीतमा मूल स्वर पियारी थापा र मेस्मा पुनको रहेको छ भने सहायक स्वर सुनिता कार्की र कविता चौधरीको रहेको छ । यस भिडियोमा नृत्य तथा अभिनय गर्ने सबै कलाकारको कला परिपक्व देखिन्छ ।

    सरल र सुबोध शब्द संयोजन तथा मिठो सङ्गीत तथा लयमा सजिएको गीतले स्थान पाएको यो म्युजिक भिडियो “उडेको पन्छी” सबैको प्रिय बन्ने पक्का छ । यो म्युजिक भिडियो सर्वाधिक लोकप्रिय बन्न सफल बनोस् । यो म्युजिक भिडियो उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने रक्तिम सांस्कृतिक अभियान काठ्माडौँ, स्रष्टा हेमराज आश्रमलगायत यस म्युजिक भिडियो निर्माणमा योगदान दिने सम्पूर्णलाई बधाइ तथा शुभकामना ।

    यस्तो छ भिडियो

    मङ्गलबार, भदौ ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.