• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

लेनिनवादी संगठनात्मक प्रणालीलाई ठिकसित आत्मसात गरौं


  •   शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
  • त्रिभुवन भट्टराई

    Advertisement

    एउटा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि तीनवटा कुरा महत्वपूर्ण हुन्छन् । पहिलो– पार्टीको सिद्धान्त, दोस्रो– राजनैतिक लाइन र तेस्रो– संगठनात्मक प्रणाली । क्रान्तिकारी कम्युनिस्ट पार्टीका लागि सबैभन्दा महत्वपूण विषय भनेको उसले अपनाउने सिद्धान्त नै हो । सिद्धान्त सही भएन भने पार्टी लक्ष्यमासम्म पुग्न सम्भव हुँदैन ।

    त्यसपछि पार्टीको लागि राजनैतिक लाइन पनि महत्वपूण विषय हो । पार्टीको राजनैतिक लाइन सही भएन भने पार्टीले आफ्ना गतिबिधिहरू सञ्चालन गर्न सम्भव हुँदैन । त्यसैले पार्टीको राजनैतिक लाइन ठिक समयमा ठोस परिस्थितिको ठोस विष्लेषणद्वारा नै पार्टीले कार्यनीति र रणनीतिक तय गर्नु पर्दछ । पार्टीको सिद्धान्त र राजनैतिक लाइन सही भएपछि तेस्रो महत्वपूर्ण विषय पाटीको संगठनात्मक प्रणाली हो ।

    पार्टीमा सिद्धान्त र राजनैतिक लाइन सही भएर संगठनात्मक प्रणाली सही भएन भने सिद्धान्त र राजनीतिलाई ठोस र व्यवहारिक रुप दिन सम्भव हुँदैन ।

    मार्क्सवादी लेनिनवादी दर्शनको प्रयोग र संगठनात्मक प्रणालीको इतिहासमा लेनिनको महत्वपूर्ण योगदान रहेको । मार्क्स, एंगेल्सको समयमा कम्युनिस्ट पार्टी र बुर्जुवाहरूको पार्टी एकै प्रकारका थिय । त्यहाँ एउटै पार्टीमा धेरै गुट, ग्रुपहरू हुन्थे । पार्टीमा भएका निर्णयहरूलाई सार्वजनिक रुपमा विरोध गर्न छुट हुन्थ्यो । बैठक बस्दा सबै ग्रुपहरु आ–आफ्नो ग्रुपहरुमा अलग–अलग मिटिङ छलफल गरेर आ–आफ्ना तरिकाले मिटिङमा पेस हुने गर्दथे । बैठकमा एकआपसका गल्तीहरू ग्रुपिङमा ढाकछोप गर्ने चलन थियो । पार्टीमा एकैखाले अनुशासन हुँदैनथियो । अहिले पनि संसारभरका बुर्जुवाहरू तेही प्रकारले चलिरहेका छन् ।

    एकीकृत संगठनात्मक प्रणालीको अभावमा प्रथम अन्तर्राष्ट्रियको विगठन भयो । सन् १८७१मा पेरिस कम्युन सफल भएपनि सशक्त संगठात्मक प्रणालीको अभावमा ७२ दिन मात्र टिक्यो । र, एकीकृत सशक्त संगठनात्मक प्रणालीको अभावमा रुसमा १९०५ मा असफल भयो । ती सबै तिता अनुभवहरूबाट लनिन पुरानो प्रकारको बुर्जुवा संगठनात्मक विधिबाट कम्युनिस्ट पार्टीले आफ्ना अभिभारा पुरा गर्न नसक्ने निष्कर्षमा पुग्नुभयो र नयाँ प्रकारको पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । पार्टी सञ्चालन सम्बन्धी नयाँ प्रकारको अवधारणा अघि सार्नु भयो । मेन्सेबिक विरुद्ध चलेको घमासान संघर्षको बिचबाट त्यो अवधारणाले ठोस र मुर्त रुप दिन सफल भयो । र, लेनिनवादी संगठनात्मक प्रणालीको विकास भयो । जसलाई हामी लेनिनवादी संगठनात्मक सिद्धान्त भन्दछौँ ।

    लेनिनवनदी संगठनात्मक सिद्धान्तभित्र महत्वपूर्ण कडी जनवादी केन्द्रियता हो । जनवाद र केन्द्रियता दुई शब्द मिलेर जनवादी केन्द्रियता बनेको हो । जनवाद र केन्द्रियता बिचको सही सन्तुलन नै जनवादी केन्द्रियता हो । जनवादी केन्द्रियताको अर्थ हो तलबाट जनवाद, माथिबाट केन्द्रियता । अझै स्पष्ट शब्दमा भन्नुपर्दा जनवादी केन्द्रियता भनेकै छलफलमा स्वतन्त्रता र काममा एकता हो । बुझ्नलाई सजिलो होस् भनेर हामी यहाँ जनवाद र केन्द्रितालाई अलग अलग छलफल गर्ने छौँ ।

    १) छलफलमा स्वतन्त्रता– सबै सदस्यहरूले आफ्नो मनमा लागेका विचार निर्भिक र स्वतन्त्र रुपमा प्रकट गर्न पाउनु, छलफलको विषय बनाउन पाउनु, सबै सदस्यहरूको जनवादी अधिकार हो । पार्टी संगठनमा सबै सदस्यहरूलाई आफ्नो मत र विचार प्रकट गर्न पाउने अधिकार जनवादले गर्दछ ।

    २) आफ्नो मत सुरक्षित राख्न पाउने अधिकार– आफूले प्रस्तुत गरेको विचार धेरैले अस्वीकृत गरेको अवस्थामा पुनः आफू रहेको कमिटी र आफूभन्दा माथिल्लो इकाईमा या महाअधिवेशन, राष्ट्रिय सम्मेलनमा छलफलमा लैजाने पद्धति जनवादले प्रत्यायोजित गरेको छ । पार्टीको निर्णय वा विशेष अवस्थामा बाहेक आफ्ना विचार आफू बसेको कमिटीभन्दा तल लैजानु भनेको पार्टी अनुशासनको उल्लंघन हो । यहाँ विशेष अवस्था भनेको पार्टीको महाधिवेशन नै हो ।

    ३) जनवादले कनै सदस्यलाई चुन्ने र आफैँ चुनिने अधिकार सुरक्षित गरेको छ । पार्टी महाधिवेशन र राष्ट्रिय सम्मेलनमा पार्टी सदस्यहरुले खुलेर जनवादको अभ्यास गर्दछन् । पार्टीले खडा गरेका उम्मेदवारहरु आफूलाई चित्त नबुझेमा एउटा समर्थक र प्रस्तावक लिएर उ आफैँ चुन्ने र चुनिने अधिकार जनवादले दिएको छ ।

    केन्द्रियतालाई हामी ६ बुँदामा राख्न सक्छौँ
    १) अल्पमत बहुमतको अधिनस्थ– पार्टीको बैठक या सम्मेलनमा सके सम्म एकमतले निर्णय गरेर जाने प्रयत्न गर्नु पर्दछ । यदी सर्वसम्मत निर्णय हुन नसकेमा बहुमतीय प्रणालीको आधारमा निर्णय गरिन्छ र बहुमतले गरेको निर्णयलाई अर्को निर्णय नहुँदासम्म अल्पमत सदस्यहरुले मानेर जानु पर्दछ । अल्पमतले आफ्नो मत सुरक्षित राख्ने गरी बहुमतका निर्णयहरू कार्यन्वयन गर्दै जानु पर्दछ । आजको अल्पमत भोति बहुमत पनि हुन सक्छ । आजको बहुमत भोलि अल्पमत पनि हुन सक्दछ । पार्टीको बहुमतका निर्णयहरु सबैले मानेर जानु पर्दछ ।

    अझै खास कुरा के हो भने अल्पमत बहुमत हुने निर्णयमा नपुग्दासम्म मात्र हो जब छलफल बहस पछि बहुमतीय प्रणालीद्वारा निर्णयमा पुगिन्छ । तयसपछि बहुमतका विचार र लाईन नै सबैका विचार र लाइन हुन्छन् र व्यवहारमा पनि बिना हिचकिचाहट लागु गरेर जानु पर्दछ । दुवै पक्षबाट पार्टीमा सन्तुलन कायम राख्न ध्यान दिनु पर्दछ र अल्पमतले खास गरेर बहुमतका निर्णयहरूलाई पार्टीका विचारको रुपमा मानेर फिल्डमा पार्टीको काम गर्नु पर्दछ । आफूलाई चित्त बुझेन भने आफूभन्दा तल्ला कमिटीहरूमा धागे कमिलाले धागा छोड्दै हिँडे जस्तो मेरो विचार यो हो पार्टीले सुनेन भनेर हिँड्नु गम्भीर अनुशासनको उल्लंघन हो ।

    २) तल्ला समितिहरु उपल्लो कमीटीको माहाततमा– तल्ला समितिहरू उपल्लो कमिटीका माहतमा हुन्छन् । अर्थात माथिल्लो तहका समितिका निर्णय तल्ला समितिहरुले कार्यान्वयन गर्नुपर्छ भन्ने हो । अथवा नगर समितिले गरेका निर्णयहरू एरिया, टोल समितिहरूले मान्नु पर्दछ । क्षेत्रीय समितिले गरेका निर्णयहरु नगर समितिले मान्नु पर्दछ र केन्द्रीय समितिले गरेका निर्णय सबै समितिले मान्नु पर्दछ । केन्द्रीय समितिले राष्ट्रिय सम्मेलन वा महाधिवेशनका निर्णय मान्नु पर्दछ । र, महाधिवेशन नभएको अवस्थामा केन्द्रीय समिति सर्वोच्च्च अंग हुन्छ । सबै समितिरू केन्द्रीय समितिको माहतहतमा हुन्छन् र केन्द्रीय समितिले गरेका निर्णयहरू सबै समितिले मान्नु पर्दछ ।

    ३) व्यक्ति संगठनको माहातत हुन्छ– प्रत्येक सदस्य भेला सम्मेलन ममहाधिवेशन वा पार्टी समितिले गरेका निर्णयहरुको अधिनस्थ हुन्छन् । पार्टीको निर्णय प्रत्येक सदस्यले बिनासर्त पालना गर्नु पर्दछ र सकृयता पुर्वक लागू गर्नु पर्दछ । कुनै बहानाबाजी गरेर पार्टी निर्णयहरू उल्लंघन गर्नु हुँदैन भन्ने हो । पार्टीका निर्णयहरू आफूलाई चित्त नबुझेको खण्डमा आफू बसेको कमिटी र आफू बसेको कमिटी भन्दा उपल्लो तहमा आफ्ना कुरा राख्दै पार्टीका निर्णयहरू बिना हिचकिचाहट लागू गर्दै जानु पर्दछ।
    र कडाईपूर्वक लागू पनि गर्नु पर्दछ ।

    ४) सम्पूणै सदस्य केन्द्रीय समितिको माहतहतमा– सबै सदस्यहरूले केन्द्रको नीति, निर्णय र निर्देशनको आधारमा बोल्नु र काम गर्नु पर्दछ । पार्टीले गरेका निर्णयहरुलाई बिनासर्त पालना गर्नु पर्दछ । एक महाधिवेशनदेखि अर्को महाधिवेशन नहुँदासम्म बिचको अवधिसम्म पार्टीका सबै निर्णयहरू मानेर जानु पर्दछ । केन्द्रले गरेको नीर्णय मा ढिलासुस्ती गर्ने, विरोध गर्ने, कुनै सदस्यलाई अधिकार हुँदैन ।

    ५) केन्द्रीय समिति महाधिवेशनको माहातहतमा– केन्द्रीय समिति महाधिवेशनप्रति उत्तरदायी हुनुपर्दछ । महाधिवेशनले पारित गरेका नीति अनुसार नै केन्द्रीय समितिले काम गर्नु पर्दछ । महाधिवेशनको कुनै निर्णयलाई उल्लंघन गर्ने केन्द्रलाई अधिकार हुँदैन ।

    ६) आत्म आलोचना आलोचना– आत्मआलोचना आलोचना पार्टी कमिटीलाई फिल्टर गर्ने माध्यम पनि हो । जसरी एउटा कोठालाई झाडु पोछा गरेर कोठा सफा गरिन्छ, समिति या व्यक्ति को हकमा पनि तेस्तै हो । पार्टीमा काम गर्ने दौरानमा काम गर्ने पार्टी सदस्य या पार्टी नेताहरूबाट गल्ति कमजोरी हुन सक्छन् । आफूले गरेका गल्ती कमजोरीहरूलाई बिनासर्त स्वीकार गर्नुलाई आत्मआलोचना भनिन्छ । आफूले गरेका गल्तीहरुलाई अन्य कुनै सदस्य वा सिंगो समितिले गर्ने आलोचनालाई आलोचना भनिन्छ । आत्मोआलोचना या आलोचना समिति सदस्यहरूको दृस्टिकोण नाप्ने एउटा मापदन्ड पनि हो ।

    कुनै व्यक्ति पार्टीप्रति कति बफादार छ या छैन भन्ने कुरा उसले गर्ने आत्मआलोचनाको शैलीले पनि प्रस्ट पार्दछ । मानौं कुनै कामरेडले गल्ती गर्नु भएको छ जस्को असर पुरै पार्टीमा परेको छ तर उहाँले आफूले गरेको गल्ती सहर्ष रुपमा स्वीकार गर्नुको सट्टा ढाकछोप गर्ने प्रयत्न गर्नु भएको छ भने त्यो राम्रो पक्ष होइन । त्यसले पुरै पार्टीलाई प्रभावित पार्दछ । कुनै पार्टी सदस्यले त्यसो गर्नु हुँदैन । पार्टी सदस्यको पहिलो काम पार्टीलाई बाहिरी हमलाबाट बचाउनु र आफूले गरेका कमजोरीहरूलाई बिना हिचकिचाहट स्वीकार गर्नु हो ।
    पार्टी सदस्यहरूले आफूबाट हुने कमजोरी बारम्बार दोहोराउनु हुँदैन । पार्टी सदस्यले पार्टीको हितलाई मात्र नभएर आफ्नै हितको लागि पनि गल्तीहरू गर्नु हुँदैन ।

    आलोचना आत्मआलोचना ३ तहका हुन्छन्ः
    क)मैत्री आलोचना
    ख) प्रतिआलोचना
    ग) प्रतिषोधात्मक आलोचना

    क) मैन्त्री आलोचनाः यो आफ्ना समिति या सदस्यहरूको लागि सुधार्न गरिने आलोचना हो । आलोचना स्तर हेरेर गर्नुपर्ने हुन्छ ।
    ख्याल गर्ने कुरा के हो भने तपाईंले आलोचना गर्न लागेको व्यक्ति कुन स्तरको हो र तपाईंले गरेको आलोचना उसले पचाउन सक्छ कि सक्दैन हेरेर मात्र स्तरअनुसारको आलोचना गर्नु पर्ने हुन्छ ताकी तपाईंले आलोचना गरेको व्यक्ति सुध्रँदै जाने हुनु पर्दछ ।

    ख) प्रतिआलोचना भनेको आफ्ना कमजोरीहरु कसैले औँल्याइदियो भने स्वीकार गर्नुको सट्टा उल्टै उसको आलोचना गर्ने प्रवृति हो । प्रतिआलोचना पार्टी संगठनको लागि राम्रो होइन । पार्टी सदस्यहरूले आफ्ना कमजोरीलाई सहर्ष स्वीकार गर्दै जानु पर्दछ र प्रतिआलोजना तिर ध्यान दिन हुँदैन । यसले आफू स्वयम् र पार्टीको लागि फाइदा गर्दैन ।

    ग) प्रतिशोधात्मक आलोचना– प्रतिशोधात्मक आलोचना परस्पर विरोधी शक्तिहरूलाई गरिने आलोचना हो । खास गरेर यो विरोधीहरुलाई गर्ने आलोचना हो । प्रतिशोधात्मक आलोचना आफू समकक्षका साथीहरुलाई कहिल्यै गर्नु हुँदैन । यदी त्यासो भएको खन्डमा साथी या समितिमा ठुलो असर पर्न सक्छ ।

    ७) अनुशासन र गोपनीयता
    अनुशासन र गोपनिीयता समय सन्दर्भमा अति सम्वेदनशील विषयहरू हुन् । जसरी एउटा ब्यक्तीलाई उसको अनुशासनले कति प्रभावित पारेको हुन्छ, त्यस्तै पार्टी संगठनमा पनि अनुशासन र गोपनीयताले धेरै महत्व राखेको हुन्छ । हामी के गरिरहेका छौँ त्यो हाम्रो पार्टीका सदस्यले मात्र नहेरी अरुलेसमेत हेरिरहेका हुन्छन् ।

    सानो अनुशासनको कमीले दशकौंसम्म दश नंग्रा खियाएर बनाएको इमेज एक झट्कामा समाप्त हुन बेर लाग्दैन । त्यस्तै पार्टीमा पनि हो । फिल्डमा जानेहरूले आफ्नो अनुशासन त छँदै छ, अझ ध्यान पार्टी अनुशासनमा दिन जरुरी हुन्छ । जहाँ जे मन लाग्यो तेही प्याच्च बोल्न हुँदैन । तपाईँको हरेक बोली पार्टी हितमा र पाटीको फाईदाको लागि हुनुपर्दछ ।

    गोपनीयता पनि झन् महत्वपूर्ण विषय हो । पार्टीले बाहिर जाने गरेका निर्णय मात्र प्रेस आउट गर्नु पर्दछ । बाहिर लैजान नमिल्ने जति पनि सबै बाहिर लगियो भने पार्टीको सबै गेपनीयता भंग हुन्छ । त्यस्तो हुनबाट हामी सबैले तलबाट माथिसम्म अनुशासन र गोपनीयतालाई एकदम ध्यान राख्नु पर्दछ ।

    ८) पार्टीमा अन्तर्संघर्ष – एउटा जीवित पार्टीमा अन्तरसंघर्ष हुनु जरुरी हुन्छ । पार्टीमा अन्तरसंघर्ष भएन भने त्यो पार्टी जीवित रहन सक्दैन । त्यसैले पार्टीमा हुने अन्तरसंघर्ष पार्टीलाई गति प्रदान गर्ने उदेस्यसहित हुनु पर्दछ ।

    पार्टीमा अन्तसंघर्ष हुँदा पार्टीभित्र घुस्न सफल घुसपैठिया दलालहरूसँग सजक हुन सबैले ध्यान दिनु पर्दछ ।

    (लेखक मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव हुनुहुन्छ ।)

    शनिबार, साउन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.