• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जाजरकोटमा मकैको घोगामा लागेन दाना


  •   बुधबार, साउन २७, २०७८ मा प्रकाशित
  • खलङ्गा । जाजरकोटको भेरी नगरपालिका–२ का किसान मकैको घोगामा दाना नलागेपछि मर्कामा परेका छन् । वडा नं. २ बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानीलगायत क्षेत्रमा लगाइएको मकैमा दाना लागेको छैन ।

    Advertisement

    दाना नलाग्दा रु २० लाखभन्दा बढी नोक्सान भएको किसानको गुनासो छ । ‘बोटमा रहरलाग्दो मकैको घोगा भयो तर, घोगामा एउटा पनि दाना लागेन’ किसान भन्छन्– ‘मकै भित्राउने बेला हुन लाग्दा समेत दाना नभएपछि बोट फाँडेर गाईवस्तुलाई खुवाउनुको विकल्प देखिएन ।’

    कृषि विकास कार्यालयको अनुदानमा लगाएको मकैबालीमा घोगा नलागेको किसानको भनाइ छ । करिब रु २० लाख बराबरको अनुदान सहयोग लिएका त्यस क्षेत्रका सहकारी र कृषक समूहले लगाएको मकैमा घोेगा नलाग्दा मकैको बोट फाँडेर गाईवस्तुलाई खुवाएको किसान विर्खबहादुर कार्कीले बताउनुभयो ।

    मकैको ब्लक क्षेत्रमा वितरण गरिएको रु २० लाख बराबरको अनुदान रकममध्ये समूहलाई रु तीन लाख ५० हजार, व्यक्तिगत फारमलाई रु ५० हजार र सहकारीलाई रु ६ लाखका दरले वितरण गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो अनुदान रकममा किसान समूह र सहकारीले समेत ५० प्रतिशत आफ्नो तर्फबाट जम्मा गरेका थिए ।

    मकैको मूल बिउ दैलेखबाट ल्याएको र उन्नत बिउ रेडपान्डा सहकारी संस्था भेरी–२ तिलिङगेबाट ल्याएको कार्कीले बताउनुभयो । मूल बिउ एक सय र उन्नत बिउ ५२० किलोग्राम खरिद गरेर ८५ जना किसानलाई सानो चौतारी सहकारी संस्थाले वितरण गरिएको उहाँले बताउनुभयो । अनुदान रकम पाएर उन्नत बिउ र मूल बिउको नाममा लगाएका अधिकांश ठाउँमा दाना नलाग्ने समस्या आएको बताइएको छ । बिउ दैलेख नार्कले उत्पादन गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले बताउनुभयो ।

    घोगामा दाना नलागेपछि किसानहरूले मकैको बोट फाँडेर गाईवस्तुलाई खुवाउन थालेको र त्यसपछि सो खेतलाई जोतेर अर्को बाली लगाउने तयारी गरेको स्थानीयवासी बताउँछन् । कृषि प्राविधिकको परामर्सअनुसार भिटामिन, मल, कीटनाषक औषधिको प्रयोग गर्नुका साथै आवश्यक सिँचाइको समेत प्रबन्ध गरिएको किसान बताउँछन् । (रासस)

    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुनको मूल्य
    एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
    सुनचाँदीको मूल्य वृद्धि
    नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.