• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

विश्व आदिवासी दिवसको महत्त्व र नेपालको जनजाति आन्दोलनको अवस्था


  •   बुधबार, साउन २७, २०७८ मा प्रकाशित
  • निमबहादुर बुढाथोकी मगर ##
    विश्वभरिका आदिवासी र जनजातिले आफूमाथि हुँदै आएको शोषण, दमन र उत्पीडनका विरुद्ध सयौँ वर्षदेखि सङ्घर्ष गर्दै आइरहेका छन् । विश्वभरि नै स्वतन्त्रता, समानता र प्रजातान्त्रिक हक–अधिकारको साथसाथै उत्पीडनमा परेका आदिवासी जनजातिका हक, हित र अधिकारको विषयले प्रमुखता पाएपछि उनीहरूको माग र समस्याको बारेमा विश्व समुदाय र सम्बन्धित देशले चाहेर होस् वा नचाहेर पनि आदिवासी जनजातिको आवाजलाई सुन्न र अध्ययन, अनुसन्धान गर्न बाध्य भएको छ ।

    Advertisement

    सामन्तवादको अन्त्य र पुँजीवादको विकास तथा साम्राज्यवादबाट औपनिवेशिक राज्यको मुक्ति र समाजवादी आन्दोलनको कारणले विश्वका राजनैतिक घटनाक्रमले आदिवासी जनजातिको समस्या पहिचान गर्न वा हक–अधिकार प्रत्याभूत गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

    पहिलो पटक अनतर्राष्ट्रिय श्रम सङ्गठनले सन् १९५७ मा स्वतन्त्र मुलुकका आदिवासी जनजातिसम्बन्धी सम्मेलन आयोजना गरेर औपचारिक रूपमा विश्व समुदायले आदिवासी जनजातिको आवाजलाई मान्यता दियो । १९७४ देखि संयुक्त राष्ट्र सङ्घले पनि आदिवासी जनजातिको आवाजलाई ध्यान दिन थाल्यो, जसको परिणामस्वरूप १९८४ मा “आदिवासीसम्बन्धी कार्यदल” गठन ग¥यो । त्यही कार्यदलको सिफारिसमा १८८३ लाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय आदिवासी वर्ष घोषणा गर्यो । सोही वर्ष १९९३ मा अस्ट्रियाको राजधानी भियनामा सम्पन्न विश्व मानव अधिकार सम्मेलनबाट पारित घोषणापत्रको मागअनुसार संयुक्त राष्ट्र सङ्घको साधारण सभाले १९९५ देखि २००४ सम्मलाई विश्व आदिवासी दशक र अगस्त ९ लाई विश्व आदिवासी दिवसको रूपमा घोषणा गरेको हो । १९९५ देखि विश्वभरिका आदिवासी जनजातिहरूले ९ अगस्तलाई आदिवासी दिवसको रूपमा मनाउँदै आइरहेका छन् ।

    नेपाल पनि संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्र सङ्घद्वारा पारित आदिवासी जनजाति अधिकारसम्बन्धी विभिन्न दस्तावेज र घोषणापत्रमा नेपालको पनि हस्ताक्षर छ । राज्यले ती घोषणाको उद्देश्य कार्यान्वयनतर्फ ध्यान दिएको छ कि छैन ? स्वयम् संयुक्त राष्ट्र सङ्घ पनि त्यसप्रति गम्भीर देखिँदैन ।

    यो वर्ष २०२१ मा हामी सत्ताइसौँ विश्व आदिवासी दिवस मनाइरहेका छौँ । संयुक्त राष्ट्र सङ्घले २००५ देखि २०१५ सम्मलाई दोस्रो आदिवासी दशक घोषणा गरेको थियो । त्यतिबेला संयुक्त राष्ट्र सङ्घले १९९३ लाई आदिवासीको वर्ष, १९९५ देखि २००४ लाई आदिवासी दशक र २००५ देखि २०१५ सम्मलाई दोस्रो आदिवासी दशक घोषणा गर्नुको कारण र उद्देश्य यो बताएको थियो– आदिवासी मानव अधिकार, वातावरण, दिगो विकास, स्वास्थ्य, शिक्षाको गम्भीर सवालमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन, आदिवासी धर्म, भाषा, संस्कृति र चाहनाबारे गैरआदिवासीलाई अवगत गराउन र त्यति मात्रै होइन, आदिवासीको हक–अधिकार र सुरक्षाका लागि राष्ट्रियस्तरका कानुन तयार गरी त्यसको सुनिश्चितता गरी उनीहरूका हक–अधिकारको प्रत्याभूति भए/नभएको अनुगमन गर्ने ।

    नेपाल पनि संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र हो । संयुक्त राष्ट्र सङ्घद्वारा पारित आदिवासी जनजाति अधिकारसम्बन्धी विभिन्न दस्तावेज र घोषणापत्रमा नेपालको पनि हस्ताक्षर छ । राज्यले ती घोषणाको उद्देश्य कार्यान्वयनतर्फ ध्यान दिएको छ कि छैन ? स्वयम् संयुक्त राष्ट्र सङ्घ पनि त्यसप्रति गम्भीर देखिँदैन ।

    १९८९ को आइएलओ अभिसन्धि नं. १६९ लाई नेपालले २०६४ सालमा संसदबाट पारित गरिसकेको छ । त्यो अभिसन्धिलाई पारित गर्ने नेपाल विश्वको उन्नाइसौँ र एसियाको दोस्रो राष्ट्र भएको छ । त्यो अभिसन्धिले आदिवासीको भूमि, प्राकृतिक श्रोतसधानमाथिको अधिकार, मानव अधिकार, सामाजिक, भाषिक, सांस्कृतिक, आर्थिक, धार्मिकलगायतका अधिकारलाई स्पष्ट गरेको छ ।

    यही पृष्ठभूमि र परिप्रेक्ष्यमा विश्व आदिवासी दिवस–२०२१ को सन्दर्भमा विश्वभरि र नेपालमा पनि विभिन्न कार्यक्रमसहित आयोजना भइरहेको छ । त्यस सन्दर्भमा यसले थुप्रै प्रश्न उब्जाएको छ । के विश्व समुदाय, विशेषतः संयुक्त राष्ट्र सङ्घको आदिवासी, जनजातिप्रति साँच्चिकै प्रतिबद्धता थियो त ? संयुक्त राष्ट्र सङ्घमा संलग्न राष्ट्र आफ्नो देशमा आदिवासी जनजातिको समस्या र मागप्रति कति सजग र आन्दोलित भए ? त्यसले त्यो राष्ट्रको आदिवासी जनजातिलाई कस्तो प्रभाव पार्यो ? नेपाल सरकार वा राज्य जनजातिको मागप्रति कत्तिको उत्तरदायी रह्यो ? उनीहरूका समस्याप्रति कस्तो नीति वा दृष्टिकोण अपनायो ? नेपालका आदिवासी जनजाति पनि यसप्रति कत्तिको सचेत र सङ्गठित, आन्दोलित भए ?

    यी र यस्ता तमाम प्रकारका प्रश्नको हामीले उत्तर खोज्यौँ भने उत्तर सजिलै आउँछ, तर मूलतः नकारात्मक । यसका सकारात्मक उत्तरका लागि विश्व समुदाय र सम्बन्धित राज्यले विश्वका आदिवासी जनजातिका लागि पूरा गर्नुपर्ने दायित्व र कर्तव्य के हुने ? स्वयम् आदिवासी जनजातिको पनि भूमिका के हुनुपर्दछ ? यो नै आजको प्रमुख ज्वलन्त र प्रश्न बनेको छ ।

    जातीय शोषण र उत्पीडन वर्गीय शोषणबाट उत्पत्ति भएको समस्या हो । त्यसैले आदिवासी जनजातिको समस्या मुख्यतः वर्गीय समस्या हो । आदिवासी जनजातिको वास्तविक मुक्तिका लागि जातीय समस्यालाई वर्गीय मुक्तिबाट समाधान गर्ने गरी जनजाति आन्दोलनलाई अघि बढाउनुपर्दछ ।

    वास्तवमा नेपालको जनतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । नेपालजस्तो सानो, आदिवासी जनजातिको बाहुल्यता रहेको मुलुकमा उनीहरूको समस्यालाई सम्बोधन नगरिकन कुनै पनि आन्दोलन सफल हुन सक्दैन; किनकि, यो देशमा गुरुङ, मगर, राई, लिम्बु, तामाङ, भोटे, शेर्पा, थकाली, छन्त्याल, थारू, चेपाङ, कुमाल, कुसुन्डा, राउटेलगायतका आदिवासी जनजाति जातीय रूपबाट पनि र वर्गीय दुवै प्रकारको उत्पीडन, शोषणबाट ग्रसित छन् ।

    जातीय शोषण र उत्पीडन वर्गीय शोषणबाट उत्पत्ति भएको समस्या हो । त्यसैले आदिवासी जनजातिको समस्या मुख्यतः वर्गीय समस्या हो । आदिवासी जनजातिको वास्तविक मुक्तिका लागि जातीय समस्यालाई वर्गीय मुक्तिबाट समाधान गर्ने गरी जनजाति आन्दोलनलाई अघि बढाउनुपर्दछ । यदि आदिवासी जनजाति आन्दोलनलाई वर्गीय आन्दोलनबाट पृथक् राखेर बुझ्ने, व्याख्या गर्ने र समस्या समाधान गर्न खोजियो भने त्यो जनजाति आन्दोलन साम्प्रदायिकतामा फस्दै जान्छ र साम्राज्यवादी तथा प्रतिक्रियावादी तत्त्वको अस्त्र बन्न सक्छ । त्यसबाट जातीय समस्या समाधान हुँदैन । सिङ्गो मुलुकलाई अस्थिरताको भुमरीमा फसाउने खतरा हुन्छ । त्यो खतराबाट नेपालको जनजाति आन्दोलनलाई जोगाउनु आजको प्रमुख आवश्यकता हो ।

    नेपालको आदिवासी जनजातिलाई राज्यको तर्फबाट गत लामो समयदेखि राजनीतिक, आर्थिक, भाषिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रबाट पछाडि पार्ने काम हुँदै आएको छ । राज्यको यस प्रकारको उत्पीडनको विरुद्धमा विभिन्न खाले सङ्घर्ष पनि चल्दै आइरहेको छ । आदिवासी जनजातिको अधिकार प्राप्त गर्ने आन्दोलनले केही मात्रात्मक भए पनि सफलता हासिल गर्दै आइरहेको छ; किनभने, विगतमा निरङ्कुश पञ्चायती व्यवस्थामा जनजातिले आफ्नो समुदायको अधिकारका लागि आवाज उठाउँदा त्यसलाई अपराध ठानिन्थ्यो, जसका कारण आदिवासी जनजातिका नेता, कार्यकर्ता र स्वयम् जनजातिले अनेकौँ खालका यातना, सास्ती, जेल, नेल, सजाय भोग्नुपर्ने हुन्थ्यो ।

    २०४६ सालको राजनीतिक परिवर्तनले जनजातिले आफ्नो हक–अधिकारको बारेमा आवाज उठाउन पाउने सीमित मात्रामा भए पनि वातावरण बन्यो । तर पनि २०४७ को संविधानले देशलाई हिन्दु राष्ट्र घोषणा गरेर खस भाषालाई मात्र “राष्ट्रभाषा” र अन्य मातृभाषालाई राष्ट्रिय भाषाको रूपमा विभेद गरेर मातृभाषामा सरकारी कामकाज गर्न पाउने अधिकारमाथि प्रतिबन्ध लगायो । त्यसले नेपालका आदिवासी जनजातिमाथि ठुलो अन्याय, अत्याचार गरेको थियो ।

    २०६२–६३ सालको ऐतिहासिक जनान्दोलनबाट प्राप्त उपलब्धि लिपिबद्ध भएको संविधानले मुलुकलाई धर्म निरपेक्ष राज्य घोषणा गरेको छ । आफ्नै मातृभाषामा सरकारी कामकाज गर्न पाउने प्रावधान राखेको छ । खसभाषालाई मात्र “राष्ट्रभाषा” मान्ने संवैधिानक व्यवस्था खारेज गर्यो । यो आदिवासी जनजाति आन्दोलनको उपलब्धि हो ।

    २०६२–६३ सालको ऐतिहासिक जनान्दोलनबाट प्राप्त उपलब्धि लिपिबद्ध भएको संविधानले मुलुकलाई धर्म निरपेक्ष राज्य घोषणा गरेको छ । आफ्नै मातृभाषामा सरकारी कामकाज गर्न पाउने प्रावधान राखेको छ । खसभाषालाई मात्र “राष्ट्रभाषा” मान्ने संवैधिानक व्यवस्था खारेज गर्यो । यो आदिवासी जनजाति आन्दोलनको उपलब्धि हो ।

    नेपालको संविधानमा एउटा प्रावधान छ सङ्घीयता । यसप्रति हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनको सुरुदेखि नै असहमति रहेको थियो । त्यसलाई हामी खारेज गर्न माग गर्दै आइरहेका छौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) र राष्ट्रिय जनमोर्चाले पनि निरन्तर सङ्घर्ष गर्दै आइरहेका छन् ।

    नेपालको जनजाति आन्दोलनमा जनजातिलाई के भ्रममा पारिएको छ भने सङ्घीय प्रणालीमा मात्र जनजातिको अधिकार सुनिश्चित गर्न सकिन्छ । त्यो अहिले झुटो प्रमाणित हुँदै आइरहेको छ । जनजातिको अधिकार प्राप्त हुने भन्दा पनि झन् उल्टो उनीहरूलाई अधिकार प्राप्तिबाट वञ्चित गरेको छ । मुलुकलाई साना साना राज्यमा विभाजन गर्दा जनजाति पनि स्वतः ती विभिन्न राज्यमा विभाजित भएका छन् । जनजाति विभाजित भइसकेपछि उनीहरूको अधिकार प्राप्तिको आन्दोलन पनि कमजोर भएको छ । त्यो स्थितिमा जनजातिको अधिकार प्राप्त गर्न नसक्ने स्वतः स्पष्ट छ ।

    सङ्घीय प्रणालीअन्तर्गतका प्रदेशले मुलुकमा सामन्ती प्रथालाई बचाउन मद्दत गरेको छ । सङ्घीयता विशेषतः साम्प्रदायिकतालाई प्रोत्साहन गर्ने प्रणाली हो । यसले जाति जाति, क्षेत्र क्षेत्र, प्रदेश प्रदेश, सम्प्रदाय सम्प्रदायको बिचमा द्वन्द्व सिर्जना गरिदिएको छ, जसले गर्दा मुलुकको राष्ट्रियतालाई कमजोर बनेको छ । राष्ट्रियता कमजोर भएपछि भारतीय साम्राज्यवादलाई “फुटाऊ र शासन गर” को नीति लागु गर्न सजिलो भएको छ । नेपाललाई पनि सिक्किम भारतमा विजय गराए जस्तै वा युगोस्लाभियाजस्तै टुक्राएर समाप्त पार्ने खतरा छ । त्यो खतराबाट देशलाई जोगाउन सङ्घीयतालाई खारेज गर्न सम्पूर्ण आदिवासी जनजाति र अन्य सम्पूर्ण राष्ट्रप्रेमीसित मिलेर आन्दोलन गर्न जरुरी छ ।

    अर्को कुरो, जातीय वा क्षेत्रीय आधारमा पृथक् राज्य निर्माण गर्ने पाउने आत्मनिर्णयको अधिकार पनि नेपाल र नेपालका आदिवासी जनजातिका लागि आत्मघाती थियो र छ । त्यसलाई हामीले हाम्रो देशको परिवेशमा पूर्णतः अस्वीकार गर्नुपर्दछ । पृथक् राज्य निर्माण गर्न पाउने अधिकार लेनिन र स्टालिनले साम्राज्यवादी उत्पीडनबाट मुक्त हुन औपनिवेशिक राज्यलाई दिइएको अधिकार हो । नेपाल त्यस्तो साम्राज्यवादी मुलुक पनि होइन । यसको अधिनमा औपनिवेशिक राज्य पनि छैनन् । तसर्थ नेपालमा पृथक् राज्य निर्माण गर्न सकिने आत्मनिर्णयको अधिकार दिनुपर्ने आवश्यकता छैन । युरोपियन मुलुकमा सामन्तवादको उन्मूलन भई पुँजीवादी विकासको क्रममा आफ्नो भाषा, संस्कृतिलगायतका विशेषतालाई गुमाई निर्माण भएको नयाँ जातिको सन्दर्भमा लेनिनले आत्मनिर्णयको अधिकारको कुरा गर्नुभएको थियो । नेपालमा जातिहरू युरोपियन मुलुकमा जस्तो सामन्तवादको अन्त्य र पुँजीवादको विकासको प्रक्रियाको क्रममा निर्मित नयाँ जाति हैनन् । त्यसैले जनजातिलाई आत्मनिर्णयको अधिकारसहितको जातीय राज्य निर्माण गर्ने कुरा नेपालको लागि बिल्कुलै असान्दर्भिक कुरा हो ।

    नेपालमा सङ्घीयता अभिशाप भयो भन्ने तर्कलाई प्रदेश सरकारको क्रियाकलापले पनि पुष्टि गरिसक्यो । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको अब त भन्नैपरेन; किनकि, विकास बजेट र परिचालन गर्न करिब करिब सबैजसो प्रदेश सरकार असफल भएका छन् ।

    नेपालमा सङ्घीयता अभिशाप भयो भन्ने तर्कलाई प्रदेश सरकारको क्रियाकलापले पनि पुष्टि गरिसक्यो । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको अब त भन्नैपरेन; किनकि, विकास बजेट र परिचालन गर्न करिब करिब सबैजसो प्रदेश सरकार असफल भएका छन् । केन्द्रीय सरकार र स्थानीय सरकारको तुलनामा प्रदेश सरकारको विकास बजेट परिचालन अत्यन्तै कमजोर देखियो । गत जेठ मसान्तसम्मको आँकडा हेर्ने हो भने केन्द्रीय सरकारले विकास बजेट करिब ४४ प्रतिशत परिचालन गरेको छ भने प्रदेश सरकारले औसतमा ४१ प्रतिशत बजेट परिचालन गरेका छन् । त्यसको असर सङ्घीयतामा पर्ने खतरा देखिएको छ । कम्युनिस्ट विभाजनको असरस्वरूप गण्डकी प्रदेशमा सरकार परिवर्तन भइसकेको छ । तर गठबन्धन सरकार विवादमुक्त हुन सकेको छैन । कर्णाली, सुदूर पश्चिम, लुम्बिनीलगायत प्रदेशमा उस्तै झमेला छ । कुनै पनि प्रदेशले बजेट पारित गर्न/गराउन सकेका छैनन्, बरु उल्टै सङ्घीयता खारेज गरिनुपर्ने एजेन्डा बजर्जस्ती उठ्न थालेको छ ।

    हामीले अहिले सत्ताइसौँ विश्व आदिवासी दिवस मनाइरहँदा विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) को सङ्क्रमणबाट आम नागरिकको ज्यान गइरहेको छ । अब कोरोना मानवका लागि थोपरिएको रोग हो । यसबाट बच्न आफै सचेत बन्नु, खोप लगाएर सुरक्षित हुनु र स्वास्थ्य मापदण्ड अपनाउनु अबको एक मात्र विकल्प हो । पश्चिमा देशमा भएका नयाँ अध्ययनले एकपटक जितिसकेपछि मानिसका लागि खोपको डोज नै पर्याप्त हुने दाबी गरेका छन् । सबै नागरिकलाई खोप दिन सरकार गम्भीर रूपमा लाग्नु अहिलेको आवश्यकता हो । सबै नागरिकलाई खोप दिन सरकार गम्भीर रूपमा लाग्नुपर्दछ ।

    प्रतिगमनको खतरा अहिले पनि विद्यमान छ । त्यसकारण सहकार्य अहिलेको आवश्यकता हो । त्यो एकता टुट्यो भने फेरि प्रतिगमनलाई नै फाइदा पुग्छ ।

    ओलीको प्रतिगामी सरकारलाई विस्थापित गर्नका लागि पाँचदलीय गठबन्धनको महत्त्वपूर्ण भूमिका छ । ओली सरकार विस्थापित भएर त्यसको ठाउँमा शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको पनि एक महिना पुग्न थालिसकेको छ । यो पाँचदलीय गठबन्धनको एकता र भूमिका वा आवश्यकता अहिले पनि छ । पछि पनि हुनु जरुरी छ ।

    प्रतिगमनको खतरा अहिले पनि विद्यमान छ । त्यसकारण सहकार्य अहिलेको आवश्यकता हो । त्यो एकता टुट्यो भने फेरि प्रतिगमनलाई नै फाइदा पुग्छ । त्यसैले प्रतिगमन पराजित भए पनि जनताद्वारा प्राप्त उपलब्धिलाई समाप्त गर्न फेरि पूरा शक्ति लगाउन सक्छन् । अहिले प्राप्त भएको गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धिको रक्षा गर्नका लागि हामी उच्च प्रकारको सतर्कता अपनाउनुपर्दछ । यसका लागि सबै राजनैतिक शक्ति, सङ्घसंस्था, नागरिक समाज, आदिवासी जनजाति सम्पूर्ण जनतालाई विश्व आदिवासी दिवसको अवसरमा सतर्क रहन हार्दिक आह्वान गर्दछौँ ।

    बुधबार, साउन २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.