काठमाडौं । लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ। प्रदेश सभा बैठकबाट बजेट पास गर्न नसकेपछि बिहीबार मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले शुक्रबार अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट प्रदेश सभामा पेस गरेको थियो । तर बजेट पारित गर्न सरकारसँग बहुमत नपुगेपछि बिहीबार सत्ता पक्षका सांसदले नै प्रदेश सभा बैठक बहिष्कार गरेका थिए ।
त्यसपछि मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयल बिहीबार राति १२ बजेबाट चालु अधिवेशन अन्त्य गरेको थियो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले अर्थ र विनियोजन अध्यादेश जारी गर्नुभएको छ ।
यसअघि बिहीबार कर्णाली प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको थियो।
(यसअघि असावधानीवस शीर्षकमा अन्यथा शब्द पर्न गएकोमा सच्याइएको छ– सम्पादक। )
यो पनि : लुम्बिनी प्रदेशसभाको अधिवेशन मध्यरातमा अन्त्य