• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतीय सेनामा नेपाली महिलाको भर्ना तुरन्त खारेज गर : पाँच महिला संगठन


  •   शनिबार, असार ०५, २०७८ मा प्रकाशित
  • काठमाडौँ । पाँच महिला सङ्गठनले नेपाली महिलाको भारतीय सेनामा भर्ना अभियानलाई तुरन्तै खारेज गर्न माग गरेका छन् ।

    Advertisement

    पछिल्लो समयमा नेपाली युवाहरूको क्षमता, सिप र उर्जालाई मुलुकको विकासमा लगाउनेभन्दा पनि खाडी र अन्य मुलुकमा कमसल र जोखिमयुक्त काममा जर्बजस्ती धकेल्ने कार्य सरकारले गरेको भन्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

    २०७८ असार ५ गते संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै उनीहरूले यस्तो माग गरेका छन् ।

    अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरी, अखिल नेपाल प्रगतिशील महिला सङ्घकी अध्यक्ष सीता सुवेदी, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द र वैज्ञानिक समाजवादी महिला सङ्गठनकी अध्यक्ष धनकुमारी सुनारको हस्ताक्षर रहेको प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

    “भारतीय राजदूतावासको कल्याणकारी शाखाद्वारा २०७८ जेठ ३१ मा प्रकाशित नेपाली महिलालाई भारतीय सेनामा तल्लोस्तरको जवानको रूपमा भर्ती गर्न जारी सूचनाप्रति संयुक्त महिला सङ्घ सङ्घर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

    नेपाल सार्वभौम र स्वतन्त्र मुलुक हो । नेपालबाट विगतमा गोर्खाभर्तीको नाममा लाखौँ युवाहरूले सेनाको तल्लोस्तरमा रही जोखिमयुक्त अवस्थामा रहेर साम्राज्यवादी मुलुकको स्वार्थका लागि आफ्नो रगतको बलिदानी दिएका छन् । विगतमा नेपाली युवाहरू भारतीय नागरिक सेनासरह युद्धमा अग्रमोर्चामा लड्ने, तर सेवासुविधामा दोस्रो दर्जामा रहेको यथार्थ भोग्दै आएका छन् । कुनै पनि कूटनीतिक निकायले आफ्नो देशको सुरक्षा सेनामा खुल्लमखुल्ला अर्को देशको व्यक्तिलाई भर्तीका लागि आह्वान गर्न पाउँछ ? कि नेपाल सरकारसँग यसबारेमा कुनै सम्झौता भएको छ ? यदि त्यसो हो भने सरकारले जनतालाई जानकारी तुरुन्त गराओस् ।

    विभिन्न तथ्याङ्कअनुसार लाखभन्दा बढी भारतीय सेनामा नेपालीहरू कार्यरत भएको देखिन्छ । आफ्ना नागरिकलाई अन्य मुलुकको स्वार्थमा भाडाको सिपाही बनाउनु सम्पूर्ण नेपालीका लागि लज्जास्पद छ । नेपाली शासकवर्गले देशका होनहार युवाहरूको क्षमता, सिप र उर्जालाई मुलुकको विकासमा लगाउनेभन्दा पनि खाडी र अन्य मुलुकमा कमसल र जोखिमयुक्त काममा जर्बजस्ती धकेल्ने कार्य गर्दै आएको छ र पछिल्लो समयमा भारतीय सेनामा तल्लो दर्जामा नेपाली युवा महिलालाई पठाउने षड्यन्त्रस्वरूप यो भर्ना दर्खास्त खुलेको कुरा प्रष्ट छ, जसको संयुक्त महिला सङ्घ सङ्घर्ष समिति घोर भत्र्सना गर्दछ ।

    भारत सरकारसँग भएका असमान सन्धिसम्झौताको पुनरावलोकन गर्दै हाम्रो स्वाधीनता र सार्वभौममाथि धावा बोल्ने सबै असमान सन्धिको खारेजीको माग गर्दछौँ । नेपाली महिलाको सिप, क्षमता र उर्जालाई नेपालमै सदुपयोग गर्ने वातावरणको सुनिश्चितता गर्न माग गर्दछाँै र नेपाली महिलाको भारतीय सेनामा भर्ना आह्वानलाई तुरुन्त बन्द गर्न नेपाल सरकारलाई आह्वान गर्दछौँ ।”

    यो पनि

    भारतीय सेनामा नेपाली महिलाको भर्ना सार्वभौमिकता र स्वाभिमान विरुद्ध : मसाल

    शनिबार, असार ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.