• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतीय सेनामा नेपाली महिलाको भर्ना सार्वभौमिकता र स्वाभिमान विरुद्ध : मसाल


  •   शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भारतीय सेनामा नेपाली महिला भर्ना गर्ने विषयलाई सार्वभौमिकता र स्वाभिमानको विरुद्ध रहेको बताएको छ ।

    Advertisement

    केही दिनअघि काठमाडौँस्थित भारतीय राजदूतावासले भारतीय प्रहरी सेवामा नेपाली महिला भर्ना गर्नेसम्बन्धी सूचना जारी गरेको सन्दर्भमा पार्टीको सो धारणा अभिव्यक्त भएको हो ।

    प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७८ असार ४ गते प्रेसवक्तव्य जारी गर्दै पार्टी सो धारणा सार्वजनिक गरेको हो ।

    वक्तव्यमा बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बेपत्ताको खोजीकार्यलाई तीव्र बनाउँदै पीडित जनतालाई राहत उपलब्ध गराउन पनि सरकारसित माग गरिएको छ ।

    पार्टीले वक्तव्यमा भनेको छ– “हामीले बाढीपहिरो, डुबान वा अन्य प्राकृतिक प्रकोपबाट आउने थप सङ्कटका बारेमा तुरुन्त सतर्कता अपनाएर, जोखिममा रहेका वस्तीको गम्भीर अध्ययन गरेर थप क्षति हुनबाट जोगाउन सरकारको ध्यान गम्भीर रूपले आकर्षित गर्दछौँ ।”

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
    “भारतीय राजदूतावासद्वारा नेपाली महिलालाई भारतीय सेनामा भर्ना गर्ने भनी जारी गरिएको सूचनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । एउटा सार्वभौम र स्वतन्त्र मुलुकले आÇना नागरिकलाई विदेशीको भाडाको सैनिक बनाउनु सार्वभौमिकता र स्वाभिमान विरुद्धको कुरा भएकाले गोर्खा सैनिक भर्तीकेन्द्र वा अरू कसैले पनि नेपालीलाई विदेशीको भाडाको सैनिक बनाउने नीतिको हामीले विरोध गर्दै आएका छौँ । यस सन्दर्भमा भारतीय राजदूतावासले नेपाली महिलालाई भारतीय सेनामा भर्ना गर्नेसम्बन्धी सूचना प्रकाशित भएकोमा हामीले त्यसको विरोध गर्दै नेपाली महिलालाई त्यसरी विदशीको भाडाको सैनिक बनाउने नीतिप्रति हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ र त्यस प्रकारको कार्यमाथि रोक लगाउनुपर्ने आवश्यकतामाथि जोड दिन्छौँ ।

    देशका विभिन्न भागमा बाढीपहिरोबाट व्यापक रूपमा जनधनको क्षति पुगेको छ । उक्त बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति हामीले गम्भीर दुःख प्रकट गर्दछौँ । बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । बेपत्ताको खोजी कार्यलाई तीव्र बनाउनुपर्नेमा जोड दिँदै पीडित जनतालाई आवश्यक राहत उपलब्ध गराउन हामीले सरकारसित माग गर्दछौँ ।

    बाढीपहिरो, डुबान आदि प्राकृतिक प्रकोपबाट बच्नका लागि राज्यस्तरबाट पूर्वतयारीको कार्य गरिएको पाइँदैन । त्यसले गर्दा सम्भावित खतराबारे नागरिक पनि बेखबर रहने गरेको अवस्था छ । हाम्रो देशको भौगोलिक स्वरूप, बाढीपहिरो, डुबान वा अन्य प्रकृतिजन्य प्रकोपको सम्भावनामाथि ध्यान दिएर राज्य वा सरकारले सतर्कता अपनाउन नसक्नु देशका लागि नै गम्भीर समस्या बन्न गएको छ । त्यसले गर्दा बर्सेनि ठुलो जनधनको क्षति हुने गरेको छ । जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नेसम्बन्धी बर्षाैँदेखि जनस्तरबाट आवाज उठ्दै आएको भए पनि सरकारले त्यसप्रति गम्भीर ध्यान दिएको छैन । हामीले बाढीपहिरो, डुबान वा अन्य प्राकृतिक प्रकोपबाट आउने थप सङ्कटका बारेमा तुरुन्त सतर्कता अपनाएर, जोखिममा रहेका वस्तीको गम्भीर अध्ययन गरेर थप क्षति हुनबाट जोगाउन सरकारको ध्यान गम्भीर रूपले आकर्षित गर्दछौँ ।”

    शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.