• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जागरण अभियानको मसाल ध्वस्त गर्ने षड्यन्त्र


  •   बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
  • शुक्रराज भण्डारी ##
    नेकपा (मसाल) बाट अनुशासनको कारबाहीमा परी केही समय पहिलादेखि निस्काशितहरूले गठन गरेको राष्ट्रिय जागरण अभियानले नेकपा (मसाल) को विशेष महाधिवेशनका लागि पार्टीभित्र व्यापक रूपमा गुटबन्दी गर्ने र उक्त गुटको जागरण अभियानले बाहिरबाट नेतृत्व गर्ने योजना रहेको भर्चुअल प्रशिक्षण भेलाको कार्यक्रममा त्यसका नेताहरूले बताएका छन् ।

    Advertisement

    एउटा क्रियाशील पार्टीभित्र अन्तर्विरोध हुन्छन् । ती अन्तरविरोधको पार्टीको विधान, लेनिनवादी सङ्गठनात्मक सिद्धान्त, विधि र पद्धतिबमोजिम व्यवस्थापन गरिन्छ । पार्टीसदस्यले विधि र पद्धतिको पालना गरेर नै आफ्ना फरकमत वा अन्तरविरोधको सङ्घर्ष चलाउन पाउँछन् । विधान र सङ्गठनात्मक सिद्धान्तबमोजिम सञ्चालन हुने अन्तरविरोध वा प्रकट गरिने विचारका आधारमा कसैलाई पनि कारबाही हुँदैन र भएको पनि देखिँदैन । सदस्यका अगाडि जहिले पनि दुई वटा विकल्प खुल्ला नै हुन्छन् । ती हुन्– पार्टीको अनुशासनको पालना गरेर पार्टीभित्रै बसेर मतभेद चलाउने वा सो सम्भव नभए विद्रोह गर्ने, अर्को पार्टी बनाउने वा अन्य पार्टीमा जाने । म यही पार्टीको हुँ, मेरो पार्टी यही हो भन्नका लागि पार्टीको विधान, सङ्गठनात्मक सिद्धान्त, निश्चित पद्धति र अनुशासनको पालना गर्नुपर्दछ र आफ्ना फरकमत भएमा विधिअनुसार चलाउनुपर्दछ ।

    तर जागरण अभियानमा संलग्न व्यक्तिले पार्टीको अनुशासन पालन गरेर होइन, उल्लङ्घन गरेर मतभेद सञ्चालन गर्ने बाटो अवलम्बन गर्दै आएका छन्, जसको परिणाम उनीहरू धेरैजसो निस्कासित भइसकेका छन् । अब उनीहरूको योजना र चाहना छ– आफूहरूले जुन बाटो अबलम्बन गर्दै आएका छन्, नेकपा (मसाल) का धेरैभन्दा धेरै नेता–कार्यकर्ता र सदस्यले पनि त्यही गरुन् । त्यही उनीहरूको मनको इच्छा पूरा गर्नका लागि लगातार पार्टीभित्र गुटबन्दी गर्ने, अनेकौँ भ्रम, प्रलोभन वा जे गरेर हुन्छ, धेरैभन्दा धेरै नेता–कार्यकर्ता र सदस्यलाई उनीहरूले सञ्चालन गरेको गुटमा सहभागी गराउने, जुन प्रकारले भए पनि अनुशासन उल्लङ्घन गर्न लगाउने र आफ्नो गुटमा सहभागी बनाउने, यही षड्यन्त्रपूर्ण योजनानुसार जागरण अभियानका नेताहरूले काम गरेको देखिन्छ ।

    जागरण अभियानको आगामी कार्यदिशा नेकपा (मसाल) को विशेष महाधिवेशन बोलाउने वातावरण बनाउने रहेको छ । विशेष महाधिवेशन किन गर्ने ? उनीहरूको तर्क छ– पार्टी दक्षिणपन्थी विसर्जनवादमा गएकाले विशेष महाधिवेशन आयोजना गरेर आठौँ महाधिवेशनका निणर्यको खारेज गरी नयाँ निर्णय गर्नुपर्ने बताएका छन् । विशेष महाधिवेशन कसरी गर्ने ? त्यस सन्दर्भमा उनीहरूको योजना छ ः
    पहिलो– कृष्ण पौडेलले तयार गरेको दस्तावेज पार्टीसंयन्त्र प्रयोग गरी सर्मथक ग्रुपसम्म पठाउने र सबै तहमा त्यसमा व्यापक छलफल चलाई पार्टीभित्र जागरण अभियानको पक्षमा जनमत सृजना गर्ने ।

    दोश्रो– पार्टीभित्र सबै तहमा अन्तरजिल्ला, अन्तरसङ्गठन समानान्तर समिति निर्माण गर्ने, ती समितिमार्फत जागरण अभियानका आन्तरिक गतिविधि सञ्चालन गर्ने ।

    तेश्रो– सकेसम्म जिल्ला पार्टीमा बहुमत सदस्यले जिल्ला पार्टीका बैठकबाट निर्णय गरी सो हुन नसके जति सम्भव हुन्छ, त्यति जनाको, त्यो पनि सम्भव नभए आफू जहाँ छ, त्यहीँबाट एकल भए पनि विशेष महाधिवेशनको मागको निर्णय दबाबस्वरूप केन्द्रमा पठाउने र केन्द्रलाई विशेष महाधिवेशनका लागि बाध्य बनाउने ।

    चौथो– विशेष महाधिवेशन अहिलेको नेतृत्वको नेतृत्वमा गर्ने कुरालाई अस्वीकृत गर्ने र दुबै पक्ष सम्मिलित एउटा कार्यदल निर्माण गरी सोही कार्यदलले विशेष महाधिवेशनका लागि दस्तावेज बनाउनेलगायत विशेष महाधिवेशनसँग सम्बन्धित सबै काम गर्ने ।

    पाचौँ– विशेष महाधिवेशनमा आफूहरू समर्थित सदस्यलाई बढीभन्दा बढी उपस्थित गराउने र आफूहरूले पेस गरेका सबै दस्तावेज पास गराउनुका साथै वर्तमान नेतृत्व विस्थापन गरी नयाँ नेतृत्व चयन गर्ने वा जागरण अभियान पार्टी नेतृत्वमा आउने ।

    यस प्रकारको आगामी रणनीतिअनुसार अहिले उनीहरू, भेला, प्रशिक्षण भेलालगायतका प्रत्यक्ष वा भर्चुअल कार्यक्रम गरिरहेका छन ।

    उनीहरूले अहिले पार्टीलाई दक्षिणपन्थी विसर्जनवादको आरोप लगाएका छन् । के हो, त्यो दक्षिणपन्प्थ विसर्जनवाद भनेको ? पहिलो, उनीहरूको आरोप पार्टीको कार्यदिशा दक्षिणपन्थी भयो भन्ने छ । उनीहरू दक्षिणपन्थी अवसरवादको दिशामा छन् वा पार्टी, एउटा मात्र उदाहरण नै काफी हुने छ† जस्तै– पहिले उनीहरूले एमालेलाई दलाल तथा नोकरशाही पुँजीपति वर्गको पार्टीको विश्लेषण गरी एमाले विरुद्ध सङ्घर्षको स्वरूपलाई प्रधान स्वरूप भएको बताउँदै आएका थिए र पार्टीले नेकपाको सरकारलाई दिएको समर्थनको विरोध गर्दथे । केपी ओली सरकारले पहिलो पटक संसद विघटन गर्दा त्यो कदमलाई प्रतिगामी बताएर विरोध पनि गरेका थिए । जब गण्डकी प्रदेशको प्रकरण अगाडि आयो, कृष्ण थापाको पार्टीसँगको मतभेदको विषय बाहिर आयो, उनीहरूले एउटा वक्तव्यमार्फत आफ्नो एमालेप्रतिको पहिलेको नीतिमा परिवर्तन भएको सार्वजनिक गरे र ओलीको प्रतिगमन सच्चिएको बताए । त्यति मात्र होइन, केपी ओलीको विरुद्ध सञ्चालित काङ्ग्रेस, एमाले, माओवादी, राजमो, जसपासहितको संयुक्त आन्दोलनको विरोध गरे ।

    उनीहरूलाई पहिलेको आफ्नो नीतिमा किन परिवर्तन गर्नुपर्याे ? त्यसको कारण उनीहरूको अवसरवादी नीतिले काम गरेको छ । कृष्ण थापा पृथ्वीसुब्बा गुरुङको पक्षमा भएको कुरा उनीहरूलाई जानकारी थियो । एमालेप्रतिको नीति परिवर्तन नगरी पृथ्वी सुब्बालाई समर्थन गर्ने कुरालाई सही भन्न सकिँदैनथ्यो र कृष्ण थापाको सहानुभुति पनि प्राप्त गर्न सकिँदैनथ्यो । कृष्ण थापाको सहानुभूति प्राप्त गर्न, उहाँलाई पार्टी अनुशासन उल्लङ्घन गर्न पे्ररित गर्न, विभिन्न प्रकरणमा सहभागी बनाउन, पार्टीले कारबाही गरेपछि उनलाई उपयोग गर्न र आफ्नो गुटमा सामेल गर्ने उद्देश्य पूरा गर्नकै लागि आफ्नो नीतिमा परिवर्तन गर्नुपरेको थियो । कृष्ण थापा उनीहरूको गुटमा सामेल हुन्छन् वा हुँदैनन् ? त्यो भविष्यले बताउला ।

    जागरण अभियानका नेताहरूको भनाइ के छ भने “कृष्ण थापा त आफैमा बहुमत पक्षका मान्छे हुन् विगतमा, त्यति हामीप्रति इमान्दार मान्छे पनि होइनन् तर कृष्ण थापाका पछाडि जुन कार्यकर्ता छन्, ती इमान्दार छन्, उनीहरूलाई जसरी भए पनि हाम्रो गुटमा सामेल गर्नुपर्दछ ।”

    यो उनीहरूको उद्देश्य पूरा गर्नकै लागि उनीहरूले कृष्ण थापा र उनका पछाडिका कार्यकर्ताको अनुकूलताका लागि आफ्नो नीतिमा परिवर्तन गर्नुपरेको थियो । यो नै चरम अवसरवादको नमूना हो । अवसरवादले कहिले दक्षिणपन्थी दिशा समाउँछ त कहिले उग्रवामपन्थी । त्यसको कुनै राजनैतिक कार्यदिशा नै हुँदैन । जगत्लाई थाहा छ कि ओलीको कदम प्रतिगमन नै हो । उनीहरू त्यसलाई प्रतिगमन मान्न तयार छैनन् । प्रतिगमनको खतराको कुरा पनि स्वीकार गर्न तयार छैैनन् । तर प्रतिगमनका विरुद्धको आन्दोलनलाई विरोध गर्दछन् । त्यसको उदाहरण हो– गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङको समर्थन र त्यसको विरुद्ध प्रदेशसभामा पाँच दलले गरेको सङ्घर्षको विरोध ।

    प्रतिगमनलाई समर्थन गर्ने र प्रतिगमनका विरुद्धको आन्दोलनलाई कमजोर पार्न सहयोग गर्ने—यो कसरी क्रान्तिकारी कार्यदिशा हुन सक्छ ? तसर्थ नेकपा (मसाल) को होइन, जागरण अभियानको नै राजनैतिक कार्यदिशा दक्षिणपन्थी अवसरवादमा पतन भएको छ ।

    अर्कातर्फ, उनीहरूले पार्टीलाई विसर्जनको बाटोमा गएको भन्ने आरोप लगाएका छन् । माथि मैले प्रस्तुत गरेको केही तथ्यले नै प्रमाणित गर्दछ कि पार्टीभित्र अस्थिर वातावरण बनाउने, हरेक कमिटिमा समानान्तर गुटनिर्माण गर्ने, विभिन्न प्रकारका अन्तरविरोधको सृजना गराउने, अनुशासन उल्लङ्घन गर्न लगाउने, पार्टीभित्र भताभुङ्ग र लथालिङ्गको स्थिति निर्माण गराउने । यी कुरा पर्याप्त छैनन र विसर्जनको बाटोमा को छ ? यसलाई उनीहरूले विसर्जनबाद बताउँदैनन्; किनकि त्यही जगमा उनीहरूले आफ्नो पार्टी निर्माणको सपना देखेका छन् ।

    पार्टीबाट होइन, उनीहरू आफैले पार्टीलाई विसर्जन गराएर आफूहरूले नेतृत्व हत्याउने योजना बनाएका छन र त्यसको माध्यम विशेष महाधिवेशन बोलाउन दबाब दिने योजना बनाएका छन् । तसर्थ पार्टी विसर्जनवादतर्फ गएको होइन, उनीहरू त्यसतर्फ लैजान चाहन्छन् ।

    अहिलेको अवस्थामा उनीहरूको कुटिल प्रकारको चालबाजीलाई रोक्नु नै सिङ्गो कम्युनिस्ट आन्दोलनको रक्षा गर्नु हुने छ ।

    नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने, विसर्जन गर्ने वा समाप्त गर्ने उद्देश्यअनुसार कम्युनिस्ट आन्दोलनभित्रैबाट गम्भीर प्रकारले आक्रमण भइरहेको छ । नेपालको कम्युनिस्ट आन्दोलनमाथिको यो आक्रमण कुनै नौलो कुरा होइन । विश्वभरका साम्राज्यवादी शक्ति, सामन्तबाट, दलाल तथा नोकरशाही पुँजीवाद तथा सबै प्रतिक्रियावादी शक्तिले कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने रणनीतिअनुसार कम्युनिस्ट आन्दोलनमाथि लगातार हमला गरिरहेकै छन् । त्यससँगै कम्युनिस्ट आन्दोलनभित्रबाट पनि दक्षिणपन्थी कोणबाट वा उग्रवामपन्थी कोणबाट हुने सबै प्रकारका हमलाका विरुद्ध दृढतापूर्वक सङ्घर्ष गरेर नै कम्युनिस्ट पार्टी रक्षा हुन सफल भएको हो ।

    पार्टीभित्रका कामरेडलाई बाहिरबाट प्रयोग गरेर बाहयशक्तिको योजनानुसार पार्टीलाई ध्यस्त गर्ने अहिले योजना बनेको छ । उनीहरूले विशेष महाधिवेशनको प्रयोग गरेर, त्यो भनेको नेकपा (मसाल) को विसर्जन गरेर वा त्यो गर्नका लागि हरसम्भव प्रयत्न गर्ने, सो प्रयत्नको सम्भावना रहेसम्म अर्को पार्टी घोषणा पनि नगर्ने, हरसम्भव प्रयत्न गर्दा पनि नेकपा (मसाल) लाई विसर्जन गर्न सम्भव नभएमा मात्र अलग पार्टी बनाउने उनीहरूले घातक र षड्यन्त्रपूर्ण योजना बनाएका छन् ।

    यस सन्दर्भमा उनीहरूले यो पनि बताएका थिए कि “पहिले हामी केन्द्रीय समितिमा चार जना थियौँ । केन्द्रमा हुँदा बाहिर भएका साथीहरूसँग समन्वय गरेर सोहीअनुसारका काम गरेका थियौँ । अहिले धेरै साथीहरू निस्काशन भइसकेका छौँ । अबको काम जोे जहाँ छ, नडराएर त्यहीँबाट पार्टीका विरुद्ध काम गर्ने हो ।”

    यो भनाइबाट पुष्टि हुन्छ कि विगत लामो समयदेखि उनीहरू पार्टीभित्र बसेर खास गरी जागरण अभियानको उद्देश्य पूरा गर्न पार्टी विरोधी काम गरेका थिए । अहिले पनि पार्टीभित्रबाट उनीहरूका पक्षमा काम गर्ने गुट सङ्गठित रूपमै तयार गर्ने उनीहरूको योजना छ । अब यसलाई यसरी पनि बुझ्न सकिन्छ कि विशेष महाधिवेशनको मागको प्रस्ताव आएमा सम्बन्धित सदस्यको विचारअनुसार नभएर जागरण अभियानको योजनानुसार नै आएको बुझ्नुपर्ने स्थिति आएको छ ।

    यस प्रकारको सङ्गिन स्थितिबाट पार्टीलाई बचाउनुपर्ने सबै, नेता–कार्यकर्ता, सदस्य, समर्थक, शुभचिन्तकको जिम्मेवारी र कर्तव्य सृजना भएको छ । इतिहासका हरेक अवस्थामा नेता–कार्यकर्ता, सदस्य, समर्थक, शुभचिन्तकको एकताबद्ध प्रयत्नले नै हरेक टुटफुट, विसर्जनबाट पार्टीलाई बचाउन सफल भएको हाम्रो गौरवपूर्ण इतिहास छ । तसर्थ फुटपरस्त तथा विसर्जनवादको षड्यन्त्र फेरि पनि असफल हुने कुरा निश्चित छ ।

    बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.