• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सहरबजारका हाम्रा छोराछोरी


  •   बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
  • कृष्ण अधिकारी ##
    आजभोलि पहाडतिरका गाउँकागाउँ खाली हुँदै गइरहेका छन् । सिरानघरे माइलाबा, लौसिबोटे धामीबा, टिमिलारुखे पण्डितबाका घरमा बुढाबुढी मात्र छन् । लौसिबोटे धामीबाका छ भाइ छोरा र तीन बहिनी छोरी अहिले सबै तितरबितर छन् । दुई भाइका परिवार पोर्चुगल छन् ।

    Advertisement

    “माइलो छोरा परार साल बुहारी लिन आएको, त्यसपछि आएको छैन । जेठो गएको आठ वर्ष भयो । बुहारी उतै मगायो । अब त्यहाँबाट युके हो कि कहाँ जाने रे ! आउछु त भन्छ तर आएकै छैन ठुला” धामिनीआमाले बेलिविस्तार सुनाइन् ।

    “दुई भाइ काठमाडौँ, एउटा कतार र एक जना बम्बई छन् रे छोराहरू ! छोरी जेठी अमेरिका र अरू दुई बहिनी चितवन छन् रे ! नातीनातिना २१ जना ! यति धेरै सन्तानका धनी भएर पनि के गर्छस् ठुला ? यहाँ घराँ दुइटा बुढाबुढीमात्र छौँ । अलि अस्ति त यी बुढालाई कालले टिपेर लान्छ कि जस्तो लागेको थियो । यो कोरोना हो कि केजाति बिमार आएको छ अरे बाबु ! मलाई त डर लागेको थियो । काठमान्डूबाट कान्छो छोरो आएर पोखरा लगेर ल्याएपछि ठिक भयो बाबु । बुढा ८१ का भए, दरै रहेछन्” धामिनीआमाले सबै सुनाइन् ।
    पहाडमा बाँकी रहेका सबै बुढाबुढीका कथा यस्तै छन् जहाँतहिँका ।

    माझघरे मिठेदाइको छोरा कोरिया गएको चार वर्ष भयो । बुहारी छोरो पढाउन भनेर पोखरा गएर बसेकी छिन् । डाँडाघरे जेठाबाको माइलो छोरो जापान छ । पोहोर आएर विवाह गरेर बुहारी छोडेर गयो । अहिले जापानी भाषा सिक्ने भनेर बुहारी काठमाडौँ गएर बसेकी छन् । गाउँघरमा युवायुवती कोही छैनन् । सबैका घरका कथा यस्तै छन् ।

    दुई महिनापहिले गुल्मीबाट पोखरा आएर एउटा कारखानामा काम गर्ने रामबहादुरले शनिवारको दिन आफ्नो कोठामा मलाई खाना खान डाके । उनी औद्योगिक क्षेत्रको एक कारखानामा काम गर्छन् । १४ हजार तलब, ओटी पर्दा १८÷१९ हजार पाउँदा रहेछन् । दुईवटा छोरालाई सामान्य बोर्डिङमा पढाउँदा र महिनाको सात हजार कोठा भाडा तिर्दा आफ्नो कमाइले मात्र नपुगेर बुढीले पनि लेबर काम गर्दिरहिछिन् ।

    उनले छोरालाई सम्झाइदिन भनेर मलाई बोलाएका रहेछन् । छोरा एक जना १२ कक्षा र अर्को ९ कक्षामा पढ्दा रहेछन् । जेठोलाई पढ्न चाहियो भनेर बल्लतल्ल १८ हजारको सामसुङ मोबाइल ल्याइदिएका रहेछन् । कान्छोले पनि चाहियो भनेर झगडा गर्दै छ भन्दै थिए । छोराहरू सामाजिक भएनन् रे !

    “यो वर्ष त झन् पढाइ नै नहुँदा दिनभरि कि टिभी कि मोबाइलमा खेलिरहन्छन् सर । बाहिर वरपर पनि गर्दैनन् । यिनले घाम नदेखेको कति भइसक्यो । भनेर पनि टेर्न छाडे, के गर्नु ? कति भन्नु ? पिर पो लाग्न थाल्यो । यिनका लागि भनेर हामीले त राम्ररी पढ्न पाइएन ।

    छोराहरूलाई राम्रो पढाइदिनुप¥यो भनेर यहाँ आएर बुढाबुढीले यतिका दुःख गरिराखेका छौँ । यिनै बिग्रन्छन् कि भन्ने पिर भयो सर” भन्दै थिए रामबहादुर ।

    मैले सागर र रोशनलाई नजिकै बोलाएँ । बल्ल बल्ल मेरो नजिक आए । नमस्ते गर सरलाई भनेपछि नमस्ते गरे । टाँठै रहेछन् बाबुहरू । उनीहरूको पढाइका बारेमा मैले सोधेँ । ठुलोले आइटी र सानोले साइन्स पढ्ने बताए ।

    केही समयपहिले रामेछापका मेरा पुराना साथीसँग एउटा अन्तरक्रिया कार्यक्रममा भेट भयो । घरपरिवारका बारेमा कुरा भयो । उनका दुई छोराछोरी । बुढाबुढीले किराना पसल गरेर काठमाडौँमा धानिएका । छोराले म्यानेजमेन्ट लिएर ब्याचलर र छोरीले कक्षा १२ पढ्दै गरेको बताए ।

    उनी भन्दै थिए– “छोराछोरीसँग त कुरै हुँदैन । आआफ्नो कोठामा हुन्छन् । छुट्टीका दिनमा त उस्तै परे आज घाम परे कि अस्ताए ? उनीहरूलाई थाहा नै हुँदैन । कोठाबाट निस्कने भए पो…? ल्यापटप र मोबाइलमा दिनभरि भुलिरहन्छन् भन्दै थिए ।

    सहरबजारमा बस्ने आमाबाबु प्रायःको यहीँ खाले समान प्रकारको दुःखेसो सुनिन्छ । पहिले पहिले झैँ पाँचसात वटा बच्चा कसैले पनि बनाउनै छाडे । पहिले पहिले गाउँघरमा आटोपिठो जे छ, त्यही खाएर हुर्केबढेजस्तो भए पो… ? आजकल त तिनलाई हुर्काउन र पढाउनका लागि खर्चकै डर छ । अब त छोरा होस् वा छोरी, दुई वटाबाहेक जन्माउनै छाडे । धेरै केटाकेटी हुँदा गाली गर्ने, दुईचार थप्पड लगाउने गर्दा पनि बच्चाहरू केही झैँ मान्दैनथे । तर दुई वटा मात्र हुँदा उनीहरूले जे चाहे त्यही बाबाआमाले पु¥याइदिने गर्दा सामान्य गल्ती गर्दैगर्दा पनि केही नभनिने हुँदा कहिलेकहीँ आमाबाबाले केही भन्दा पनि दुःख मान्ने, झर्कने र पचाउनै नसकिने हुँदा रहेछन् । कोही कोही त झन् डिप्रेसनमा पर्ने पनि घटनाले गर्दा किशोर अवस्थाका बच्चासँग अभिभावकको व्यवहार सन्तुलित हुन आवश्यक छ । १४ देखि २० वर्षबिचका बच्चाको उमेरमा हर्मोनको विकास पनि फरक ढङ्गले विकास हुने हुँदा यो अवधि बढी संवेदनशील रहने र उनीहरूलाई बुझाउन पनि बढी मुस्किल हुने बाल मनोविज्ञहरू बताउँछन् ।

    प्रारम्भिक पाठशाला परिवार

    बच्चाहरूको हुर्काइमा परिवारको ढाँचाले पनि धेरै ठुलो महत्त्व राख्दछ । आजकल नेपाली समाजको पनि लगभग पारिवारिक ढाँचा टुक्रिइसकेको छ । आन्तरिक बसाइसराइ, वैदेशिक रोजगार र उतैको बसाइसराइले गर्दा एउटै परिवारका सदस्य पनि कोही कहाँ, कोही कहाँ भएर निकै टाढा भइरहेका छन् ।

    संयुक्त परिवार हुँदा बालबालिकाले परिवारबाट पनि धेरै संस्कार र व्यवहार स्वतः सिक्ने वातावरण बन्थ्यो । हजुर बा, हजुर आमा, ठुला बा, माइला बा, फुपू, ठुलो आमा आदिसँगको मर्यादा र व्यवहारले उनीहरूलाई परिपक्व बनाउनुका साथै बालबालिका आफैलाई एउटा मर्यादाको बन्धनभित्र स्वतः बाँधिएको हुन्थ्यो र त्यसले उनीहरूको हुर्काइलाई धेरै मद्दत पुग्थ्यो ।

    आजकल परिवार भनेको आमा बाबु र छोराछोरी मात्रमा सीमित हुन पुग्यो । गाउँघरमा भने अझै केही फराकिलो छ । छरछिमेकी, वल्लो गाउँ पल्लो गाउँसम्म नै बच्चाहरूले चिनजान गरेका हुन्छन् । तर सहरबजारमा उही आफूले पढ्ने गरेको बोर्डिङस्कुलका आफ्ना कोठाका विद्यार्थी र साँझ फिर्ता आएपछि चारपर्खालभित्र आफू भाडामा बस्ने कोठाभित्रका आफ्नै बाबाआमाबाहेक अरू बाहिरिया कसैसँग भेटघाट हुने अवसर नै छैन विचरा बच्चाहरूलाई । सहरको बसाइँमा निम्न वर्गका साथै मध्यम र निम्नमध्यम परिवारलाई एक जनाको कमाइले मात्र पुग्दैन, आमाबाबु दुवै काममा जानुपर्ने हुन्छ । उनीहरूले आफ्ना बच्चालाई समय नै दिन सक्दैनन् । त्यसैले बच्चाको हुर्काइमै धेरै फरक पर्न जान्छ ।

    चारपर्खालभित्रका कोठामा टिभी, ल्याबटप वा मोबाइल बच्चाका साथी स्वतः हुने नै भए । त्यो अवस्थामा उनीहरूले अन्य नातागोता चिन्ने कुरै भएन । त्यसैले उनीहरूले हजुर बा, हजुर आमा चिन्दैनन्, हिन्दी फिल्मका अमिताभ र हेमामालिनी चिन्दछन् । माइला बा, कान्छा बा चिन्दैनन् । शाहरुख, रणवीर र अजयहरू चिन्दछन् । फुपू , सानी आमा, ठुलीआमा चिन्दैनन् । काजोल, कटरिना र अनुष्काहरू चिन्दछन् ।

    अनि, हामी अभिभावक (आमाबाबु) ले स्कुलको शुल्क, उनीहरूलाई दैनिक आवश्यक पर्ने किताब, कापीकलम, टिफन खर्च पुर्याइदियौँ भने बच्चाप्रतिको सबै जिम्मेवारी पूरा गरेको ठान्दछौँ । आफ्ना बच्चाको अन्य खुबी, व्यवहार र सक्षमता के छ भनेर हामी कहिल्यै जाँच्दैनौँ ।

    बारम्बार उनीहरूलाई अरूको भन्दा राम्रो गरेर ऊ कक्षामा पहिलो दोश्रो हुनुपर्छ भनेर जोड दिइरहेका हुन्छौँ । अरूभन्दा मेरो बच्चा राम्रो हुनुपर्छ भन्ने अभिभावकको स्वाभाविक चाहना हुँदाहुँदै पनि स्वयम् हामीहरू नै उसलाई जान वा अन्जानमा अरू जेसुकै होउन, आफू राम्रो हुनुपर्छ भन्ने स्वार्थी मनोभावना पोषण गराइरहेका छौँ । यसले उसलाई भोलिका दिनमा अरूसँग जोडिएको दायित्वबाट एकलकाँटे र नितान्त व्यक्तिवादी बनाउन सक्छ वा आफू सक्षम हुन सकेन भने हीनताबोधको सिकार हुन सक्छ ।

    सचेत अभिभावकलाई यी कुराको बोध हुँदाहुँदै पनि सहरबजारको व्यस्त जीवनशैलीले उनीहरू बच्चालाई समय दिन सक्दैनन्, न बच्चालाई सम्झाइबुझाइ गर्ने नजिकका अरू कोही हुन्छन् । परिणाम बच्चाहरू क्रमशः आधुनिक विद्युतीय सञ्चार सुविधाको दासी हुँदै गएको अनुभव आज धेरै अभिभावकले बताउने गरेका छन् ।

    आधुनिक सञ्चार सुविधाले मानिसलाई धेरै सुविधा प्रधान गरेसँगै त्यसका खराबी र विकृति पनि सँगै ल्याएर आएको छ । त्यसमध्य साइबर क्राइम आज मुख्य समस्या बनेको छ । साइबर अपराध विज्ञान र प्रविधिसँग जोडिएको अपराध हो । यो कम्प्युटर र इन्टरनेटको प्रयोगबाट गरिन्छ । यो अपराधअन्तर्गत वेबसाइट तथा इमेल ह्याकिङ, चरित्र हत्या, डाटा चोरी, इन्टरनेटमार्फत ब्लाकमेलिङ, इन्टरनेट बैङकिङ, जालसाजी आदि पर्छन् ।

    आजकल सहरबजारमा इन्टरनेटको प्रयोग अनिवार्य भएको छ र गाउँघरमा पनि तीव्र विस्तार भइरहेको छ । नेपालमा पनि यसका प्रयोगकर्ता ह्वात्तै बढेका छन् । इन्टरनेटको प्रयोगले एकातर्फ मानिसलाई जोडेको छ भने सँगै टाढा पनि बनाएको छ ।

    मोबाइल सबैको हात हातमा छ । एउटै परिवार पनि आजकल मुस्किलले खाना खाने बेला बिहान–बेलुका एकसाथ हुन्छन् । नभए सबै आआफ्नो काम सकेर त्यही मोबाइलमा घोप्टो परेका हुन्छन् । आजकल घरमा आमाबाबुले न छोराछोरीलाई पुराना कुरा सुनाउँछन् । न छोराछोरी नै आमाबाबुका कथा सुन्न इच्छुक हुन्छन् । एउटै परिवारका पनि एकर्काका भावना बुझ्न, सुनाउन सक्दैनन् र क्रमशः एकर्काबाट टाढा हुन पुग्छन् । यस्तो अवस्थामा ससाना बच्चालाई ठुलो असर पर्न जान सक्छ । बच्चाहरू जिद्दी गर्ने, एकोहोरो हुने, चिढचिढाउने, सँगीसाथीसँग खेल्न रमाउनेभन्दा पनि मोबाइल, ल्यापटपमा खेलिराख्ने हुन्छ । यस्ता बानीले गर्दा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा पनि धेरै असर गर्ने कुरा डाक्टरले बताउँदै आएका छन् ।

    टिनएजका बच्चाहरू प्रायः कम्प्युटर र इन्टरनेटको सही सदुपयोग कसरी गर्ने भन्ने कुरा नबुझ्ने हुन्छन् । उनीहरूलाई आवश्यक पर्ने कैयौँ पाठकीय सामग्री नेटमा पाइनुका साथै आवश्यक सूचना पनि प्रशस्तै यहाँ भेटिन्छन्, जुन हरेक बच्चालाई आवश्यक छ । यी कुराको सही उपयोग गर्ने हो भने हाम्रा बच्चा आधुनिक दुनियामा सजिलै समायोजित हुन सक्छन् । अनावश्यक कुरामा मोबाइल र कम्प्युटरमा झुन्डिइरहे भने उनीहरूको जीवनलाई यसले बर्बाद पनि गर्न सक्छ । विशेषतः किसोर उमेरका बच्चालाई आमाबाबुले बढी ध्यान पु¥याउनुपर्ने हुन्छ । परिवारमा बढी हकदार बच्चाका लागि आमा नै ठानिने हुँदा र बच्चा आमासँग बढी खुल्ने हुँदा आमाले अझ बढी सजग भएर बच्चालाई ध्यान दिनुपर्ने हुन्छ । यसको मतलब बाबाले बच्चालाई ध्यान दिनुपर्ने जिम्मेवारी हुँदैन भन्ने होइन, उनीहरू वैदेशिक रोजगारी वा अन्य जागिरपेसाले गर्दा नियमित घरपायक नपर्ने हुन सक्छ । उनीहरू परिवारलाई बढी समय दिन सक्दैनन् । त्यसैले आमा बच्चाका लागि प्रारम्भिक शिक्षक नै हुन् ।

    विद्यालय र हाम्रा छोराछोरी

    देशभर आज सरकारी र निजी गरेर ३५ हजार बढी विद्यालय, १० विश्वविद्यालयअन्तर्गतका १,४०० क्याम्पस छन् । निजीबाहेक सरकारी शिक्षाका लागि बर्सेनि खर्बौं रकम विनियोजित हुँदै आएको छ र यो वर्ष पनि कुल बजेटको १०.९३ प्रतिशत अर्थात एक खरब ८० अरबभन्दा बढी रकम शिक्षाक्षेत्रका लागि छुट्याइएको छ । राज्यले यति धेरै लगानी गरेर सञ्चालित रहेका हाम्रा शिक्षालयले देशको कस्तो जनशक्ति निर्माण गरिरहेका छन् ? अर्बौं खर्चेर जागिर पकाइरहेका हाम्रा प्राध्यापक र शिक्षक देशका भावी भविष्य उत्पादन गर्नका लागि कति लगनशीलताका साथ काम गरिरहेका छन् ? यो सबैले अनुभव गरेकै कुरा हो कि केही एकाध प्रतिशत शिक्षालयबाहेक अरू शिक्षालयबाट कोही सन्तुष्ट छैन । त्यसैले त निजी शैक्षिक संस्थाका शैक्षिक पसलले पनि राम्रै व्यापार गर्न पाएका छन् ।

    वास्तवमा आजसम्म पनि राज्यले विद्यार्थीका लागि आवश्यक पर्ने जीवनोपयोगी शिक्षानीति ल्याएकै छैन । कारिन्दा उत्पादन गर्ने, जागिरे मानसिकताको हाम्रो शिक्षानीतिले पढाइ पूरा गरिसकेपछि पनि एउटा विद्यार्थी आफूलाई पूर्ण सक्षम नठानेर कुहिरोको काग झैँ अल्मलिनुपरेको छ र निरास भएर विदेश पलायन हुनुपरेको छ । यो शिक्षा प्राप्त गरेर प्रायः धेरैजसोले आजसम्म यस्तै नियती भोग्दै आएका छन् ।

    विद्यमान देशको राजनीतिक प्रणालीले देशको समग्र अङ्गमा प्रभाव पारेको हुन्छ । हाम्रो देशको अस्थिर राजनीतिक अवस्था, नैतिकता र आदर्शबाट च्यूत मूल्यहीन राजनीतिक गतिविधि, राजनीतिक अपराधीकरण, खरिदविक्री र कमाउधन्दाले गर्दा योग्य र निष्ठावान् व्यक्तित्व पाखा लगाइएका छन् । यो अवस्थाले गर्दा हाम्रो संस्कार र संस्कृति, मूल्यमान्यतामा पनि धेरै गिरावट आएको छ, जसले हाम्रो भावी पुस्ता निर्माण गर्ने शिक्षामा पनि नराम्रो असर पारेको छ ।

    हाम्रो शिक्षामा आज नैतिक मूल्य र सिद्धान्तका बारेमा कुनै पढाइ हुँदैन । न यस विषयमा कुनै पाठ्यक्रम छन्, न कुनै शिक्षालयले यस विषयमा पढाउनुपर्ने कुनै जिम्मेवारी नै ठान्दछ । बोर्डिङ स्कुलले त झन् विद्यार्थीलाई बोक्नै नसक्ने किताबका भारी बोकाउँछन् र ससाना मस्तिष्कलाई अनावश्यक थकाइ लाग्ने गृहकार्य दिएर आफ्नो ड्युटी पूरा गरेको गर्व गर्छन् । यसले हाम्रा बच्चाको सर्वाङ्गीण विकासमा झन बाधा पु¥याइरहेको हुन्छ ।

    उपर्युक्त कैयौँ अवसरबाट बन्चित भविष्यका कर्णधार हाम्रा छोराछोरी सहरबजारका चारपर्खालभित्रका सीमित कोठाभित्र रहेर कसरी सामाजिकीकरण हुन सक्छन् ? उनीहरूले व्यवहार, नैतिक मूल्य र सिद्दान्त कसरी अपनाउँछन् ? यी महत्त्वपूर्ण प्रश्न हाम्राअगाडि छन् ।

    बालमनोविज्ञानलाई कसरी बुझ्ने र उनीहरूप्रति कस्तो व्यवहार गर्ने ? यस विषयमा विद्यालयका साथसाथै अभिभावक धेरै सचेत हुनु जरुरी छ । बालबालिकाप्रति अभिभावकको ध्यान खिच्नका लागि नेपाली भाषामा बालमनोविज्ञान बुझाउने खाले खासै प्रेरणादायी पुस्तक छैनन्, न कुनै संस्थाले नियमित चलाउने मोटिभेसन (प्रेरणा) कक्षा नै छन् । दामोदर न्यौपानेले केही समयपहिले बजारमा ल्याएको “स्कुल बेच्ने बालक” ले बालमनोविज्ञानलाई राम्रोसँग प्रस्तुत गरेको बताइएको छ । त्यस्तै, शरच्चन्द्र बस्तीले “हामी आमाबाबु” भन्ने भारतीय शिक्षाशास्त्री तथा लेखक गिजुभाइद्वारा लिखित पुस्तक “माँ वापों की माथापच्ची” भन्नेलाई नपाली अनुवाद गरेर बजारमा ल्याएका छन् ।

    हिन्दी भाषामा दर्जनौँ व्यक्ति र साधुसन्तले बालमनोविज्ञान बुझ्न र उनीहरूप्रति अपनाउनुपर्ने अभिभावकको व्यवहार र स्वयम् बालबालिकालाई शिक्षा दिने खाले कैयौ प्रेरणादायी भिडियो सार्वजनिक गरेका छन् । त्यसको खोजी गरेर हेर्ने हो भने अभिभावक र बालबालिकालाई पनि धेरै ज्ञान प्राप्त हुने छ । नेपाली भाषामा पनि त्यस खालको पहल हुनु जरुरी छ ।
    अन्त्यमा एक जना प्राध्यापकको निम्न मार्मिक भनाइसहित विषय टुङ्ग्याउन चाहान्छु ।

    सन् १९९३ मा कोलम्बिया विश्वविद्यालयका अध्यक्ष तथा प्राध्यापक माइकल सोवर्नले विश्वविद्यालयबाट अवकाश लिएपछि एक जना पत्रकारले उनीसँग सोधे– “के अझै तपाईंबाट यस विश्वविद्यालयमा गर्न बाँकी रहेको कुनै काम छुटेको छ ?”
    सोवर्नले जवाफ दिए– “हजुर । बस एउटै काम बाँकी रहन गएको छ ।”

    उनले नैतिकशिक्षाको कमी रहेकोतिर इसारा गरे र भने– “एक आम विद्यार्थीलाई यी विषयमा कुनै शिक्षा दिने गरिँदैन । प्रायँजसो शिक्षक यी विषयमा प्रवेशसमेत गर्न डराउँछन् । नैतिक शिक्षा दिने कुरा आमाबाबुको जिम्मामा छोडिदिने गरिन्छ, जसको नतिजा यो हुन्छ कि यो देशका नया पिँढी, जसलाई नैतिक शिक्षा र सिद्धान्तको अत्यधिक धेरै आवश्यकता छ, उनीहरूलाई यो अब पहिलेको भन्दा पनि कम पाइरहेका छन् । सिद्धान्त र नैतिक मूल्य कुनै धर्म होइन । यो सुझबुझपूर्ण राम्रो व्यवहारको सिद्धान्त हो, जसको आवश्यकता एउटा शान्तिप्रिय समाजमा हुन्छ ।”

    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • २.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ३.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ४.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ५.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ६.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ७.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ८.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.